शुभकामना नयाँ बर्षको

5

Category:


२००९ लाई बिदा गर्ने क्रममा यो सालको अन्तिम कोशेलीको रुपमा केही लेख्ने प्रयास गर्दैछु। ब्लग तथा फेसबूकका छिमेकी मित्रहरुले भिन्दा भिन्दै रचनाहरुले नौलो अनुभुतिको आभास दिलाउँदै भलाकुसारी गर्ने ईन्टरनेट घरलाई सजाईसक्नु भएको छ र यस्तो देख्दा मलाई पनि इनर्जी नआएको भने होइन तर पनि के लेखुँ भन्ने दुबिधामा अल्झिरहेकी थिएँ। हुन पनि यी दिनहरुमा मैले पहिले झैँ सक्रिय रुपमा उपस्थित हुन सकिरहेकि छैन न त साथीहरुको रचनाहरुमा कुनै रेस्पोन्ड नै सकिरहेकी छु

फुर्सद छैन भनु भने भएकै हो , छ भनु भने आफुले चाहे जसरी समय मिलिरहेकै छैन र अप्डेट गरिरहन पुग्दो खुराकहरु तयार गर्न यहाँको बातावरणसँग त्यति समायोजन गर्न नसकिरहेको अवस्थामा कम लगाव र ध्यानको कमिले गर्दा रचनाहरुमा ह्र्‍ास आईरहेको महसुस मैले पनि गरेकी छु। अझ बिशेष गरी पछील्ला दिनहरु त झन शुन्यमै परिणत भए भन्दा नि फरक नपर्ला। आन्तरिक तथा बार्‍ह्य परिबेशले पनि आफ्नो सिर्जनशील क्षमतालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पारीरहेकै हुँदो रहेछ जुन म आँफैले ब्यक्तिगत रुपमा अनुभव गरेकी छु।

तर पनि आजको बिशेष साँझ, नयाँ बर्षमा उषाको नौलो लाली छर्ने जमर्को गर्दै यही कलम द्वारा नै शुभकामनाका शुभेच्छाहरु यहाँहरु समक्ष बाँड्दै नयाँ यात्रामा पाइलाहरु फड्को मार्दैछु । नव बर्षले सवैमा खुशी र उमंग ल्याओस्, उन्नति र प्रगतिको बाटोमा लकिरहने प्रेरणा मिलिरहोस् ,सवैलाई समानताको धरातलमा हक र अधिकार सहित स्वतन्त्र भई बाँच्ने धरातल मिलोस् अनि हामी सवैलाई रंगिन इन्द्रेणी छरिएको बिशाल आकाश मिलोस् जहाँ सपनाहरु सधैँ जन्मिरहन सकोस्, खेलिरहन सकोस् र आशाहरु सदा जग्मगाईरहोस् र साथै सवैमा भाईचाराको संचार भई एकतामा एउटै बगैँचाभित्र रङिबिरङी फुलहरुको बास्ना छर्दै शान्तसँग बाँच्न सकौँ, रमाउन सकौँ र मिलिजुली खुशीयाली मनाउन सकौँ ।नवबर्ष २०१० सालको यही नै मेरो हार्दिक मगंलमय शुभकामना ...

POEM: During Christmas !!!

2

Category:



Dark nights ,
Stars are sparkling over the sky
playing hide n seeks ..
So cold and wind ,
that whispers into my ears
of gingle bells,carols,gifts and santa clous ..
Winter and snowflakes ,
we always wait eagerly
let people feel cool within internal warmth..
And all the surprises And secrets that you bring
which makes us really exciting ..

I wonder how sweet will it be ,
my sensation leetting me feel with full of bliss
though my feets are shivering bcz of breeze..
But,
I know i'm in peace ..
Lets pray in the X'MAS eve ,
with all faith and respects wholeheartedly
for his kind and kin Mercy ..
to pour his hoiliness ..
to lighten our darkness ..
to bulid a confidence ..
to give us inspiration and courage ..
to create strength and patience ,
to encounter all kinds or trials of troubles ..
No matter what but ,
We do swear Not to give up ..

His Spirit is one ,
One in all ..
The holy cross, he was hanged
for the truth and justice ,
which we've been embracing and will be following the same paths
as long as the universe exists ..
In An Auspicious Moments of X'MAS ,
I wish you all for
Fresh air and pure breathe ,
being far from all those crossed eyed
to be in all knwon as Unity's Thread ..

Finally,
Its time to be together ,
For sharing happiness and cheer ..
A favourite season to make a fun and laugh ,
that will remain through out the life ..
Leaving our past behind ,
Begining of new journey ..
A joyful memories ,
holding love , new hopes and dreams ...

गजल

3

Category:

दु:खभित्रै सुख खोज्ने जीवनको रीत
भन्ज्याङ,चौतारीमै छ जीवनको गीत

हाँसु भन्छु सधैंभरी फक्रिएको फुल सरी
हुन्न रै"छ कोमल त्यो शिशिरको शीत

मलाई छोडि टाढा भाग्छ मन कता कता
यस्लाई भन्थे जीवनको अजम्बरी मीत

सघंर्षमा पाइलाहरु बढ्दै जाँदा खेरि
सजिलो त कहाँ छ र चुम्नलाई त्यो जीत

आशाहरु छन् शिखर झैँ सपना नि उस्तै
यही नै त अडेका छन् सारा जन हीत

मेरो दृष्टिमा

4

Category:



अझै प्रस्ट नदेखिएका चित्रहरु
यी रित्ता पानाहरुमा कोरुँ भन्छु
भावनाका तरेलीहरुलाई सम्बोधन गरी
यही कोरा कागज भित्रै सजाउँ भन्छु
तर फेरी ,
बिम्ब, भाव र प्रतिकको
यावत नियम कानुन र आकार प्रकारको सिमाभित्र
मेरो यो भर्खर पेटभित्र हुर्किदैँ गरेको सन्तान जन्मिन नपाउँदै
सिमाना वारीपारी बाट नै थिचोमिचो भई
गर्भभित्रै मर्ने हो कि भन्ने मेरो कमजोर डरहरुले
स्वतन्त्रतामा एउटा पन्छी जस्तै उड्ने मेरा रहरहरुलाई
कहिलेकाहिँ त्यसै खल्बलाए जस्तो गर्छ ..

फेसबुकमा दर्जनौं रचनाहरु दिनहुँ ओइरो लाग्छन्
ब्लगका भित्ताहरुमा प्रत्यक दिन त्यसैगरी
नयाँ कोशेलीहरु झुण्डिरहेकै हुन्छन् ..
कोही नयाँ युग चेतना बोकी
नौलो शैलीको प्रयोग अनि त्यस्तै आशा र अपेक्षामा
विश्व माझ टक्कर लिने विश्वाश सहित
निर्धक्क छाती फुलाइ अघि बधिरहेका छन् ..
त कोही परम्परागत भावलाई प्राथमिकता दिई
यसैलाई निरन्तरता दिनुपर्छ भन्ने प्रेरणाले उत्प्रेरित भई
आफ्नो मौलिकत नगुमाऔँ भन्ने अनुरोधमा घाँटी सुकाइरहेछन् ।

यिनै पारम्पारिक,आधुनिक र उत्तराधुनिक बिचको
साहित्यिक बिचार , बिमर्श र लक्ष्यको द्वन्दमा
म पिल्सिएको एउटा बिचरा कलिलो अनुहार
ठीक , बेठीकको गणना नगरि निर्दोष बालक झैँ
यसरी नै हावामा बोल्छ यथार्थ
उड्छ मन अघाउन्जेल सिमारहित चारैतिर
पोख्छ दिनका अनुभवहरु हरेक रातको बिसौनीसँग
लेख्छ ज्वलन्त ईतिहासका किताबहरु भोलिका लागि
आलोचना,समालोचना र बिपक्षीहरुको तर्क वितर्क हरुसँग
अनवरत यात्रा जारी राख्छ , एउटा सवल प्रमाण लिएर ..

जसले पचाउँदो शिर्षक नै किन नपाओस्
जसलाई पूर्ण स्वरुप प्रदान गर्न नै किन नहिच्किचाओस्
न त यो कसैले रोकेर रोकिन्छ
न त यो कसैको धम्काइमा डराउँछ
बश,
यो त चुली नै रहन्छ शिखर छुनलाई
चालिएका पाइलाहरुलाई सार्थकता दिलाउनलाई ..
बिचार हरुको भिडमा आगन्तुक आवाजहरुको
अनौठो छाप अनन्त सम्म छोड्नलाइ ..
नेपाली साहित्य फाँटलाई सवैको नजरमा
स्वतन्त्र अगाँली हात्तेमालो गरी उकास्नलाई ।।

जीवनका अनुत्तरित प्रश्नहरु

3

Category:



समयको भुमरी अनि परिस्थितीको खेलहरुमा
जीन्दगीको लडाईं पाइलै पिच्छे गर्नु पर्ने
कहिले अर्काको लागि बाँचिदिनुपर्ने
कहिले आफ्नै लागि मर्नुपर्ने
कहिले यही मनलाई ताल्चा मार्नुपर्ने
त कहिले यसैलाई सम्हाल्दै
सम्झौताका बाटाहरुमा हस्ताक्षर गरि अघि बढ्नुपर्ने
खै जीवनको परिभाषा
यस्तै यस्तै नियतिहरुमा अल्झिदोँ हो

पुरा अर्थ खोज्ने प्रयासमा ,
आशाका दियालोहरुसगैँ
एउटा सुनौलो बिहानीको प्रतिक्षामा
भिन्दा भिन्दै अनुभबहरुले
जीवन बुझ्ने चाहनाहरुलाई अधुँरो पार्दै
त्यो पुरानो जिज्ञासालाई पछाडि पारी
फेरी नव रसले जीवन प्रतिको मोहलाई
अझ रसिलो बनाउँदो हो
हो , म त यही नै हो भन्थे जीवन

तर ,
जीवनले सधैं मागे जस्तो अधिकार कहाँ पाउँदो हो र ?
अधिकतम कोसिस त हाम्रो यसलाइ
बाँच्नु र बचाउँनुकै चक्रमा अघि पछि दौडीरहेको छ
चाहे त्यो आफ्नो माटोबाट टाढा रहेर किन नहोस्
वा मनको इच्छा र अभिलाषालाई गुम्साएर किन नहोस्
चाहे त्यो आफ्नो अस्तित्वलाई छेलमा राखेर किन नहोस्
लक्ष्य र गन्तब्यहरु एकछिनलाई पछाँएर किन नहोस्

उही एक चौथाइ माडको होडबाजीमा
जीवनलाई कहाँ , कहाँ मात्र जोखिदैँन
कसरी पो यसको स्वरुपलाई बदल्दैनौं
कहिले पो यसलाई रणभुमीमा उभ्याइदैनौँ
र पनि यो बिचरा जीवन
एकतमासले आफ्नै तमासा हेरी बस्छ बिना प्रतिकार
धर्यधारणमा मौन प्रतिक्रिया गर्छ आफैसगँ
तैपनी यसलाई सार्थक बनाउने एउटा सिगोँ विश्वाशमा
यधपि जीवनका अन्तिम पलहरुमा पनि
सम्झाउँदै, बल्झाउँदै प्रश्नहरु तेर्‍स्याउँदै सोध्छ -
हे मान्छे ! तैँले मलाई यथार्थमा बुझेकै हो त ?
तेरो आँखाबाट मलाई छर्लगँ देखेकै हो त ?

गजल

2

Category:

जुनी जुनी भरिलाई माया तिमिसगैँ लाएँ
कहिले नछुटिने कसम तिमीसगैँ खाएँ

एक्लास जीवनमा तिमी बहार बनि आयौ
आँखाभरी नअट्ने सपना तिमीसगैँ पाएँ

मन्-मन्दिर , गाउँ शहर सवैतिर चहाँरे
केवल तिम्रै वरिपरी मेरा नयनहरु धाएँ

खै तिमीसँग के छ र जादु त्यस्तो प्रिय ?
हर खुशी तिमी नै,आखिरमा तिमीसगैँ आएँ

तिमीले मलाई आभास गर्यौ कि गरेनौ कुन्नि
आत्मादेखि म तिम्रो मनको बस्ति-बस्तिमा छाएँ

मुस्कानहरु त सधैं फुलिरहुन् गमला भरि
बाधा, पिडा सगैँ बाँड्न तिम्रो हात थमाएँ

ओईलिएको साईनो

5

Category:




जहिले जुन र ताराहरु लुक्छन् आकाशको छात्तीभित्र
चकमन्न अध्याँरोमा
कहाली लाग्दो, निस्सार समयको एउटा पाटो बन्छ ।
ठीक तिमीले मलाई त्यस्तै
औसीँका दिनहरु उपहार दिएर गयौ ।
त्यसैले अचेल म ,
हररात विल्कुल शुन्य सन्नाटाको गोलार्धमा पिल्सिरहेछु ।
प्रत्यक रात रित्तो अझै रित्तो बन्दै गईरहेछु ।
अनी उही औसीँमय गोलार्धमा ,
अमुल्य समयहरु जानी नजानी फ्याँकीरहेछु ।

तर,
आज मलाई त्यो दैनिकि बिरुद्ध हुन मन लाग्यो
म आँफैसँग लडेर आज यो ब्यर्थको गोलार्धभित्र
समाहित हुन दिईरहेकी छैन ।
मैले त मात्र समर्पण गरेकी थिएँ
शरीर दुई भए पनि आत्मा एकै बनेर
जीवनका ओकाली,ओरालीहरु सगैँ हिडौँला भनि
चोखो कसम खाएकी थिएँ
आस्था,भरोसा र त्यागको त्रिबेणीमा
मेरो वर्तमान र भबिष्यहरु बिना सम्झौता
तिम्रै नाममा जोडीदिएकी थिएँ ।

अब ,
तिमी नै भन ,
तिमी प्रति निश्छल भावनामा समर्पित हुनु
र बदलामा पीडा मात्र पाउनु के मैले ठुलो भुल गरेँ र ?
मैले मेरो अस्तित्वलाई तिम्रो स्वाभिमानसँग स्वीकार गर्दा
कँही, कतै कमी देखियो र ?
आँखाहरुमा नकोरिएका सपनाहरु बुन्नु
अनी बाचा, बन्धनभित्र बाँधिने रहरहरुमा
तिम्रो स्वतन्त्रताको हनन पो गरे कि ?
तिम्रो लागि प्रेम सस्तो खेल भएछ भने
मलाई किन यति सार्हो महँगो र गर्हौ भईरहेछ ?

त्यसैले ,
आज यो मन कठोर भएर उभिएको छ र भन्दैछ,
भो अबदेखि तिमी मलाई बिथोल्न नआउ ।
चर्केको मुटुभित्र झन ब्यथा बढाउन नआउ ।
निर्जिव हुन लागेका भावनाहरु लाई
फेरी ठेस पुर्याउन नआउ ।
आशा र सपनाहरु भुलेको मान्छेलाई
ब्यर्थमा झस्काउन नआउ ।
नयाँ पाइलाहरुको शुरुवातमा तगारो बनि 
मेरो जीवनमा तिमी भुलेर पनि नआउ ।।

आँफैसँग टाढिएको भावनाहरु

3

Category:

मध्यान्न रात अनि सुनसान वातावरणमा
एक्लिएका भावनाहरु
कोठाभित्रका चार भित्ताहरुको साथमा
घडीको टिकटिक आवाजसगैँ बिना गन्तब्य, बिना उदेश्य
कलम आज किन त्यसै त्यसै पौडिन खोज्दैछ ।
तर ,
भावनाहरु कताकता शुन्यतामा सालिन भए जस्तो लाग्छ
आँफै आँफैमा हराए झैँ लाग्छ
कि त बहकिन तयार नै छैनन्
वा मैले बहकाउन सकिरहेकी छैन ।

फेरी, यो बलले गर्ने कुरा पनि त होइन
यो त स्व-स्फुर्त बोल्न सक्नुपर्छ
जसले हरेक पाठकको मन्,मुटु छुन सकोस् ।
भावना, भावना भएर उर्लिनुपर्छ
सिर्जनाका रङहरु लिएर रगिँनुपर्छ
एउटा माहुरीले जसरी फुलबाट रसोस्वादन गर्छ ,
त्यसरी नै रसयुक्त फुल भएर फुल्नुपर्छ
र बगैँचामा बास्ना छर्न सक्नुपर्छ
अनी मानव मस्तिष्कमा ठोक्किने गरी
झट्का लिएर उभिनुपर्छ ।
जसले रचनाकारलाई सन्तुष्टिको आभास दिलाउन सकोस्
र एउटा बिना आकृतिको पृष्‍ठभुमीलाई
मुर्त रुप दिन दिन सकेकोमा थोरै भएपनी
खुशी बाँड्न र बढाउन सकोस् ।

तर ,
यी सवै सवै आजकल
म देखि रिसाए झैँ गर्छन् ,
घुर्की देखाए झैँ गर्छन् ,
म बाट अलग्गिएर बसुँ भने जस्तो पनि गर्छन् ।
शायद समय र परिस्थिती अन्जान बनिदिएर पो हो कि ?
मन जताततै मनपरि तरगिँएर पो हो कि ?
चाहे धेरै दिन नै म बाट बिछोडिएर किन नबसोस्
मनभित्रको ज्वालामुखीलाई भित्रभित्रै गुम्साएर किन नराखोस्
तर केही अफसोच हुने छैन
किनकी , म तिमीबाट कहिल्यै टाढा हुँदिन ।
बरु म कुरुँला र आँफैसँग गुनासो गरिरहुँला
अनी हाम्रो यो भावनात्मक साईनो
जन्म जन्मानन्तर बचाइँ राखुँला ।
जब सम्म रहन्छ भौतिक शरीर ,
तब सम्म अमर पिरती गाँसीरहुँला ।।

गजल

4

Category:

मानिस एउटै तर कृत्रिम रुप लाएको देखेँ
झुटको खेतीमा नतमस्तक भई धाएको देखेँ

गरीब दुखी मेरेको मरै के फरक पर्छ र ?
फकाइ फुल्याइ परिश्रमी हातहरु खाएको देखेँ

रुकुम्,रोल्पा उस्तै गरी चिच्याइरहेछन् सहारामा
बिकासका गीत यहाँ अन्धकारमा गाएको देखेँ

गाँस्,बाँस र कपास बिना छटपटिदैँछन् वस्तीहरु
यता बंगला, गाडी बिलासिता झन् छाएको देखेँ

मेहेनती काँधहरुले पाएनन् अटुट साथहरु
इमान्दारिता बेच्दै खोक्रो सम्मान पाएको देखेँ

गजल

9

Category:

साँचो माया म मेरै माटोलाइ लाउँथे
गीत मिलनको म रोधीँमा नै गाउँथे

आज भएँ सवैदेखि कोसौँ धेरै टाढा
नत्र हिजो जस्तै गाउँबेसी म धाउँथे

हुन्न रै'छ सधैँभरि एक्नासे जीवन
बरु खरले नै घरको छानो म छाउँथे

कसो गरि फर्काउँ म बितेको त्यो पल
हुदोँ हो त चरी झैँ पखेटा हाली आउथेँ

मन त्यहाँ तन यहाँ सम्झना हरपल
आँशु जति झरे नि समिपमा म पाउँथे

खबरदार ... !

3

Category:

मानवता भित्र दानवता खल्बलाएपछि
तुच्छ भावनाले ओतप्रोत भएका
राक्षसी मस्तिस्कहरु
दिउँसै रतन्धो लागेर
अन्धकारमा जिउने धर्तीका भारहरु
जसले फरक छुट्ट्याउन नसक्ने रहेछ
जसले नदेख्ने रहेछ भिन्नता
नारी प्रतिको संवेदना
जो आफ्नै आमा, दिदीबहिनी, साथी र जीवनसाथीको रुपमा
प्रतिक लिएर उभिएकी छे
जहिले ति कामुक आँखाहरु उन्मुक्त भई
एउटा कालो छाँया सहित निर्दोष नारी माथि पर्छ
उ जस्तै मानव तर नारी
जसको एक एक गरिकन अस्तित्व लुटि
कालो ढब्बा लगाइ छोड्छ
उ भित्रको उकुसमुकुस प्यासलाइ मेटाउँछ
एउटा पशुजस्तै बिना संकोच
आफ्नै आत्मलाई गिराएर
शार्रिरीक त्रिश्नाका तरेलीहरु अघाउन्जेल पुरा गर्छ
तब घोर पुरुषार्थ गरे झैँ त्यो पल
उ एकछिन रमाउँछ

अनी फेरी ,
उही नर पिचासहरु कृत्रिमताको मुकुन्डो लगाइ
खिस्स दाँतहरु देखाई आदर्श मान्छे बनि हिडिँरहन्छ
अझ उल्टो लज्जास्पद शब्दहरु पिडितमाथि फ्याँक्दैँ
छाती ठोकी निस्पिर्की बोलिरहन्छ
उपहासका बोलिहरु बारुद झैँ बर्साइरन्छ
अनी उ जान्छे सहारा खोज्दै
धाउँछे न्यायका ढोकाहरु चिच्याउँदैँ
प्रत्यक मान्छेहरुलाई घटना सुनाउदैँ
प्रत्यक पटकका बर्णनहरुमा उ दोहोरि नै रहन्छे
कहिले कसैको सहनाभुतिको पात्र बन्छे
त कहिले कसैको हाँसोको उदाहरण बन्छे

तर ,
त्यो चित्कारले कुनै स्वरुप पाउँदैन
सहानाभुतिका हातहरुले गन्तब्य भेट्टाउँदैन
अदालतका कठघराबाट केही राहत मिल्दैन
आफ्नो इज्जत लुटिनुको कुनै भर्पाइ पाउँदैन
भने ,
कहाँ छ सरकार अनि हक अधिकार ?
कहाँ छ शान्ती सुरक्षा र प्रतिबद्धता ?
कहाँ छ कानुन अनि समानता ?

तर , अब खबरदार !
किनकी ,
एउटा नारीलाई तिमीले बेहोस बनाएर
तिमी आफुलाई पुरुषार्थ ठान्छौं भने
त्यो तिम्रो बिल्कुलै संकुचित सोचाइ मात्र हुनेछ
खुम्चिएको सानो दुलोभित्र बाँचिरहेको
एउटा मुसो जस्तो हुनेछ
त्यसैले , तिमी यो बुझिराख कि ,
नारी कमजोर मात्र छैन
नारी एक्लो मात्र छैन
नारी सहनशील मात्र छैन
नारी कर्तब्यनिष्ठ मात्र छैन


प्रहरीबाट कार्यालयमै सामुहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको घटनालाई आधार बनाएर रचिएको कविता तपाईंहरुको माझ पस्कीएँ , आशा छ सवैलाई स्विकारोक्ती हुनेछ होला भन्दै सुझाब रसल्लाहको अपेक्षामा..

देवकोटा सतबार्षिकी कार्यक्रम र दिपावली साँझ

1

Category:

यो बर्ष महाकवी लक्ष्मी प्रशाद देवकोटाको सतबार्षिकी परेको पुनित उपलक्ष्यमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) इजरायल च्याप्टरले पनि त्रिदिवसीय कार्यक्रम गर्ने योजना गर्‍यो र यसै अनुरुप शुक्रबार साँझ देवकोटाको सम्झना स्वरुप सयवटा दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुरुवात गरियो र दोश्रो दिनमा नेपाली राजदुतावास बाट उपस्थित हुनु भएका प्रमुख, उपप्रमुख र सचिबहरुको उपस्थिती तथा इजराएलमा नेपाली समुदायको हकहितको लागि बिभिन्न उद्देश्यहरु लिई स्थापना भएका संघ संस्थाहरुको प्रतिनिधिको उपस्थितिमा शुरु भएको उक्त दिनको कार्यक्रममा उहाँहरुले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो भने त्यही अवसरमा शुभ दिपावलीको शुभकामना पनि आदान प्रदान गर्नुभएको थियो र कार्यक्रमको दोश्रो चरणमा अनेसास मै सम्न्धित हुनु रहनु भएको कवी, कवयत्री तथा गजलकारहरुले आ-आफ्नो रचना बाचन गर्नुभयको थियो र अन्त्यमा अनेसासकै अध्यक्ष श्री सुनिल संगम दाइबाट त्यो दिनको कार्यक्रम बिसर्जन गरिएको थियो । तेश्रो तथा अन्तिम दिन अनेसासकै हात्तेमालोमा निकालेको "मेरो नेपाल" नामक साहित्यिक पत्रिकाको बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा लोकार्पण गरी त्रिदिवसीय सतबार्षिकी कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो।


अनी हामीलाई नेपाली नारी आवाज संस्थाबाट शनिवार साँझ हुन लागिरहेको दिपावली साँझ र लक्ष्मीपुजा कार्यक्रमको निम्तो आएको थियो त्यसैले हामी सवै एकट्ठा भई त्यहाँ पुग्यौँ। सयौँ नेपालीहरुको उपस्थिती रहेको त्यो खुल्ला लेभिन्स्किको पार्कमा रोमान्चक वातावरण थियो , पुरै चौर खचाखच भरिएका थिए सवैजना कार्यक्रमको तीव्र प्रतिक्षामा थिए भने background नेपाली गीत संगीत बजिरहेकै थियो। केही छिनपछि लक्ष्मीको पुजा आराधना गरि दियोहरु बाली बिस्तारै कार्यक्रमको शुरुवात गरिएको थियो र तिहारको गीतमा नाच र देउँसी भईलो पनि खेलिएको थियो जसले तिहारको तिर्सना मेटाइदिएको थियो भने भारतीयहरुको पनि दिवाली परेको कारण सवै मिलिजुली यो कार्यक्रम आयोजना गरिएको थियो भने बिभिन्न संस्थामा आबद्द भएका इजराएली ब्यक्तिहरुको अतुलनिय सहयोगमा कार्यक्रमले मुर्त रुप पाएको थियो जहाँ थुप्रै इजराएलीहरु पनि कार्यक्रम हेर्नको लागि उपस्थित भएका थिए । रोचक नेपाली नाचहरु सगैँ भारतीयहरुको गुजराती नाच र डाँडिया नाचले कार्यक्रमलाई थप आकर्षण प्रदान गरेको थियो र कार्यक्रम अझ रोमान्चित त त्यँहा निर बन्यो जहाँ इजराएलीहरुले भजन किर्तन गाइरहेका थिए । हामीहरु यहाँ आई डिस्को, क्लबको क्षणिक आनन्दमा आफ्नो धर्म संस्क्रिति भुलिरहेको बेला बिदेशी मान्छेहरुले यती धेरै उत्सुकता जनाएको देख्दा हाम्रो अत्याधुनिक बिचार धारा र जीवनशैली माथि कता कता गिज्यारहे जस्तो भान भयो मलाई तर जस्तो भएपनि कार्यक्रमको अवधिभर रमाइलो गरेर नै मनाइयो अनी साथसाथै लक्ष्मी पूजाको प्रसाद ग्रहण गर्ने अवसर पनि मिलेको थियो, मनमा अति नै सन्तोष लागिरहेको थियो त्यतिबेला, यिनै सम्झनाहरुको कोशेली आज यहाँ तपाईंहरु माझ बाँडेकी छु ।











सम्झौता

0

Category:


जीवनका गोरेटोहरुलाई पछ्याउँदै जाँदा
कति ठोक्कीएँ हुँला यात्राहरुमा
कति लुटिएँ हुँला अन्जान परिस्थितीहरुमा
कति आत्तिएँ हुँला दु:खहरुमा
कति मात्तिएँ हुँला सुखहरुमा
बश अनुभबहरु बटुल्दै गएँ
आफुलाई दाँज्दै गएँ
समयको बनावटसगैँ तिखारिदैँ गएँ
अहँ, यतिले मात्र जीवन भरिदैन रहेछ,
अनि सम्झौता यही निर गर्नु पर्ने रहेछ ।।

मान्छे न हो , फेरी
धेरै सपनाहरु बुनियो आँखाहरुमा
धेरै रहरहरु साँचियो मनमा
धेरै आशाहरु तुनियो मस्तिस्कमा
तर,
थोरै मात्र खुशी पाएँ, धेरै त आँशुमा नै उभ्याएँ
असफलता नै हात परेपनि
निरासताकै टोपी पहिर्‍याउनु परेपनि
जीवन रथ त अगाडि बढाउनै पर्ने
पाइलाहरुलाई जीवन्तता दिनै पर्ने
फेरी सम्झौता त्यही निर गर्नु पर्ने रहेछ ।।

सास रहुन्जेल आश हुन्छ भन्छन्
घोडा चढ्ने मान्छे लड्छ भन्छन्
त्यसैले ,
जति नै लडे पनि
जति नै भाग्यले ठगे पनि
जति नै कर्मले परिक्षा लिए पनि
जति सिथिल अनुभब गरे पनि
फेरी सम्झौता त्यही निर गर्नु पर्ने रहेछ ।।

अर्को नयाँ सम्झौतामा ,
नौला आशाहरु लिई
आत्मबिश्वासलाई नव जीवन दिई
सपनाहरुलाई फेरी सँगालेर
आस्थाहरुलाई फेरी मालामा उनेर
जीवनलाई ठोस आकार दिनुपर्ने
नियति नै रहेछ जीवनको
आखिर सम्झौता नै सहारा रहेछ हरेक नव युगको
हो, अनी फेरी सम्झौता यहीँ निर गर्नु पर्ने रहेछ ।।

तिहार : संक्षिप्त चिनारी र संस्मरण

1

Category:

दशैँले बिदा मागे लगत्तै फेरि तिहारका रमझमहरु घरभित्र भित्रिने तर्खर गर्दैछ। साँचै भन्नुपर्दा दशैँमा भन्दा तिहारमा मलाई बिशेष रमाइलो लाग्छ। चारैतिर दियोको टिलपिल टिलपिल उज्यालो हेरिरहुँ झैँ लाग्ने सुन्दर सजावटसँग एउटा बस्तिलाई पूर्ण सुन्दरता थपिदीए झैँ भान हुन्छ। देउँसी, भईलो जस्ता आफ्नै मौलिक परम्पराले तिहारलाई सुन माथि सुगन्ध थपिदिन्छ अनी गोदावरी,सयपत्री र मखमली फुलहरुले प्रकृतिलाई नै बैँश भरिदिए जस्तो लाग्छ। घरमा आमाले पकाउनु हुँदै गरेको सेलरोटीको बासनाले तिहारको आभास दिलाउँछ र बजारमा धनकी लक्ष्मीलाई पूजा,आराधना गर्न राखिएको सामाग्रीहरु, आफ्नै घरको सिलिङ, झ्याल तथा ढोकाहरुमा सजाउन राखिएका आकर्षित बस्तुहरुको सजावटले तिहारको आगमनलाई बिछट्टै सुन्दर ढगँले प्रस्तुत गरियको हुन्छ। तिहारलाई दिपावली,द्दुतिया, र दिवाली जस्ता पर्यायवाची शब्दहरुबाट पनि चिनिन्छ। तिहार बिशेष गरेर दिदीबहिनी र दाजुभाइबिचको पर्व पनि भनिन्छ किनकी यसको आस्था र विश्वाश अनुसार दिदीबहिनिहरुले आफ्ना दाजुभाइहरुलाइ सप्तरङी टिका लगाइ उनिहरुको उन्नति र प्रगति अनी सु-स्वास्थ्यको कामना गर्दछन् र कहिले नओइलिने मखमली फुलको माला पहिर्‍याइ दिर्घायुको कामना गर्दछन भने दाजुभाइहरुले जीवनमा कहिले दु:ख,कष्टहरुसँग झेल्न नपरोस् भनि कतिले घरको संघारमा गई ओखर फुटाउने गर्छन्।

पाँच दिन बिशेष तरिकाले मनाइने यो उज्यालोहरुको चाडमा पहिलो दिन कागलाइ पूजा गरिन्छ, दोश्रो दिन कुकुरलाई, तेश्रो दिन गाइलाई पूजा गरिन्छ भने सोही दिनको बेलुकी धुमधाम सित लक्ष्मीपूजा गरिन्छ। घरको छत, आँगन , झ्याल ढोका सबैतिर दियोहरु बाली चारैतिर उज्यालो बनाइन्छ र त्यही साँझदेखी नै देउँसि,भैलो खेल्न सुरु गरिन्छ। भोलिपल्ट गोबर्द्धन पूजा गरेर चौंथो दिनलाई बिदा गरिन्छ भने पाचौँ अर्थात अन्तिम दिन भाईटिका वा भाईपुजा गरेर तिहारलाई बिधिबत रुपमा सम्पन्न गरिन्छ।
ठाउँ, जातिय बिबिधता,रितिरिवाज र संस्कृतिको आधारमा फरक फरक नाम दिई आ-आफ्नै मौलिक तरिकाले मनाय पनि आखिर तिहारको उद्देश्य चाँहि एउटै हो।
यही पर्व नजिकिदैँ गर्दा म आफुलाई पनि अलग राख्न सक्दिन। तीनबर्षको बिछोडपछी फेरी स्वदेशमा गैइ आफ्नो परिवारसँग तिहार मनाउने सौभाग्य मिलेको थियो पोहोर साल, कहिलेदेखि साँचेका सपनाहरु अनि रहरहरु केहि हदसम्म पुरा पनि भए र तिहार निकै हर्षोउल्लास साथ मनाइयो। धेरै समयपछी परिवारका सवै सदस्यहरु भेला भई तिहार मनाउन पाउँदा हामी सवैजना दङ्ग र उत्साहित थियौँ। मनमा त्यसै त्यसै रमाइलो लागेर आयको थियो, घरमा गमलाभरी गोदावरी,सयपत्री जस्ता रङिबिरङी फुलहरुले पुरै घरलाई शुशोभित बनाइ राखेको थियो। ति कलिला बिरुवाहरु फुल बनेर ढकमक्क नफुले सम्म आमाले कति जतन गरेर हुर्काउनु भयो भनेर भन्नुभएको थियो र अहिले पनि मनै लोभिने गरेर आँखा अगाडि नाचिरहेका छन्। मैले फोनमा सोधेकी थिएँ उहाँलाई , यसपाली पनि त्यसरी नै फुलहरु फुलाउनु भयो होला है भन्दै तर उँहा त यति दुखि भयर भन्नुभयो , फुलहरु त फुलेका छन् तर मनमा उल्लास छैन,हर्ष छैन। तिमीहरु यति टाढा छौ, जे भयपनि यहाँ अपुरो हुन्छ, तिमीहरु बिना सवै अधुँरा लाग्छन्। पोहोर पो तिमीहरु थियौँ, जोश जाँगर थियो अनि सवैतिर झलमल्ल थियो, यसपाली त सवै रित्तो रित्तो भए झैँ लागेको छ। एकै सासमा एकैचोटि आमाले कति धेरै गुनासोहरु पोख्नुभयो। हुन पनि आमाको मन न हो रमाइलो लागोस् पनि कसरी तर हामी पनि त कँहा खुशी छौँ र परदेशमा। यस्तै चाडपर्वहरुमा त उहाँहरुको अनुपस्थितिमा पानी बिनाको माछा जस्तै हुन्छौँ, बिरानो मुलुकमा झन उराठिन्छौँ, बाटो बिराएर रणभुल्लमा परेको एउटा निर्दोष बालक जस्तै तर यी सवै पिडाहरु ओकलेर उहाँहरुलाई झन दुखी बनाउन को साटो आफुलाई सम्हालेर हाँसी हाँसी यस्तो उस्तो भनेर राहत दिने प्रयत्न गर्छु ता की उहाँहरुलाई मन राख्ने बाटो मिलोस् । शायद यो सवैमा लागु नहुन सक्छ, मैले मेरो आफ्नै नितान्त ब्यक्तिगत भावनाहरु र व्यबहारहरु शब्दमा पोखिरहेकी छु यस्तै गरी -

शरद ऋतुको मधुर मौसममा
पर्वहरुको उन्मादले
हिला, मैला बातावरणलाई
मिठा रस भरिरहेको बेला
मेरी आमा
परदेशी सन्तानहरुको पर्खाइमा
दिन रात औलाहरु भाँची
आशा र मिलनका दियोहरु बाल्दै
मनको दैलो उघारै राखी
पलपल जागै बस्दी हुँन्
खबर केही नआउँदा,
आँखाले देख्न नपाउँदा
सुक्क सुक्क गर्दै
पछ्यौरीले मुख छोपी एक्लै
बेदनाका आँसुहरु कति झार्दी हुँन् ..

यिनै संस्मरणका मिठा सम्झनाहरुलाई तितो यथार्थसँग तुलना गर्दै तिहारको माहोलमा दाजु तपाईंलाई पनि अति धेरै सम्झेकी छु। तपाईं त्यो मरुभुमिमा कर्तब्यपथको यात्रामा हिडिरहनु भएको छ होला म पनि यहाँ आफ्नो कर्मभुमिमा लडिरहेकी छु। मलाई विश्वाश छ तपाईं हाम्रो यो चाडमा त्यो कोसौं दुरी टाढाबाट पनि तपाईंले हामीलाई बेजोड सम्झिरहनु भएको छ । गएको साल हामीले कति धेरै रमाइलो गरेको,तपाइको स्मरणमा आज पनि ताजै छ होला। मेरो यसपालिको तिहार त यिनै सम्झनाका लागि खिचेका तस्विरहरुको सहारामै बित्ने भयो। आमासँग कुरा गरेकी थिएँ, आवाज सुन्दा साँचै नरमाइलो लाग्यो। उहाँलाई त केही झैँ पनि लागेको छैन रे, दशैँ गयो अब तिहार आउँदैछ झन बिरक्त लाग्दैछ भन्नुभयो। मैले त सम्झाउने प्रयास गरेँ र कुरो अन्तैतिर मोडाएँ र फोन राखेपछी बिछोडका आँसुहरुसँग एकैछिन आफुलाई पगालेँ। तपाईंलाई पनि त्यस्तै हुन्छ होला है त्यहाँ ? के गर्नु भाग्य भनौँ या कर्मको खेलमा पौडिडैँ जादाँ एउटै परिवार पनि चारैतिर छरिएर अलग्गिएर बस्नुपरेको छ। त्यो पछाडिको आफ्नै बाध्यता, विवसता र लक्ष्यहरु त छन् नै तरपनि कतिबेला आफ्नोहरुसँग टाढियर बस्नुपर्दाको पिडाले मन कटक्क खाँदो रहेछ तर जे भएपनि आशा त अझै मरेको छैन, संघर्षरत यात्रामा कहिलेकाहिँ बिछोडिनु परेपनि भोलिको उज्जवल भबिष्यको परीकल्पनासगैँ आजका झिना,मसिना त्यागहरुलाई सम्झेर चित्त बुझाउने बाटो हामी सवैले रोज्नुपर्छ। आखिर ढिलोचाँडो एकदिन त हामी आफ्नै जन्मभुमिमा फर्केर त जान्छौँ नै त्यसपछि हाम्रो मिलनका दिनहरुमा बिछोडका शब्दहरु जोडीने छैनन् भन्ने पूर्ण आशा लिएकी छु। तपाईं पनि आफ्नो लक्ष्यसम्मा पुग्न निरन्तर पाइलाहरु अघि बढाइ रहनुहोला। आज यो सानो लेख मार्फत नै तपाईंलाई सम्झेर शुभ दिपावलीको अबसरमा शुभकामनाकका शुभेच्छाहरुसगैँ तपाइको उत्तरोत्तर प्रगति, सु-स्वास्थ्य र दिर्घायुको कामना गरेकी छु। सप्तरङी टिकाहरु लगाइदिन नपाए पनि सप्तरङी इन्द्रेणी झैँ रङ फिजाएर जीवनमा नौला उमगंहरु छर्न सक्नुहोला भनि प्रार्थना गरेकी छु , मखमली फुलका मालाहरु पहिर्‍याइदिन नपाए पनि मखमली फुल झैँ दिगो भइरहनु र दीपावलीको दीप जस्तै रोशनी छरेर अध्याँरोलाइ छोपी सधैं उज्यालोतिर तपाईंका खुट्टाहरु लम्किरहोस् र तपाइका हर इच्छा अनी लक्ष्यहरु चाँडै नै पुरा होउन् भन्ने कामना गर्दछु। पोहोर साल जस्तै सगैँ बसेर हाँस्दै, रमाउँदै सवै एकै ठाउँ जम्मा भई खाना खान नपाएर त के भयो र ? यसपाली आमाले बगैँचा भरी रोप्नुभएको फुलहरुले तपाईंको गलामा मुस्कुराउने संयोग नपाएर के भयो र ? तर एकदिन ति सवै कुराहरुले सार्थकता पाउनेछ भन्ने मेरो बलियो अभिलाषाका साथ फेरी पनि परदेशी बहिनीको तर्फबाट परदेशी दाजुलाई तिहारको धेरै धेरै सम्झन्,माया र शुभकामनाका शब्दहरु उपहार स्वरुप टक्र्‍याउँदै यो सालको तिहार यसै गरी भावनामा बहेर मनाउन वाध्य छु म ...

गोदावरी, सयपत्री बगैँचाभरी फुले
मखमली त झन् गमला भरी झुले

आफु त यहाँ परदेशमा एक्लै राजै
दशैँ न तिहार सधैं काममा नै भुलेँ

नझारे नि आँसु आमा! बाले है दियो
सपनिमै आँगन्,दलान चारैतिर डुलेँ

सधैं हिडिरहनु शिखरको बाटो दाजै
जीवन भरी सप्तरङी टिका झैँ खुले

बाधा, पिडा ओखरमा फुटाउनेछु मैले
कामना,प्रार्थना अबिरल मनभित्रै तुलेँ






जीवनका अबिस्मरणीय पलहरु

1

Category:

परदेश हिंडेको पनि दिन्,हप्ता,महिना र बर्ष गन्दै तीन बर्ष बितिसकेछ।शुरुका दिनहरुमा निकै सम्स्याहरुसँग झेल्नु परेपनि बिस्तारै यहाँको माहोलसँग घुमफिर हुँदै जाँदा कहिले कामको सिलसिलामा ब्यस्त हुँदा वा कहिले आफ्नो ब्यक्तिगत जीवनको चाँजोपाँजो मिलाउदाँ मिलाउदै यति लामो समय बितिसकेछन्। आफ्नो देश्,घरपरिवार र साथीहरुको याद नआएको त होइन पुर्वको दिनहरुमा पनि तर त्यो समय एकदमै छटपटी छुटिरहेको थियो। प्रतिक्षाका सिमारेखाहरु थाकिसकेका थिए, धर्यधारण गर्ने शक्तिमा कमि हुँदै आइरहेको थियो, कारण केही समय भएपनि बिरानो मुलुकलाई सलाम गरेर धेरैपछि आफन्तहरु बिच खुशीहरु साटासाट गरी आफुलाई जीवन्त बनाइराख्नुपर्ने थियो। पहिले नै सोचेकी थिएँ यसपालि छुट्टी लिएर दशैँ, तिहार नेपालमा मनाउन जानुपर्ला भनेर तर दुर्भाग्यबश दशैँमा चाँही जान सकिएन तर तिहारमा जान निधो भयो, लगभग तीन हप्ताको छुट्टीमा। कम खुशी थिईन म त्यतिखेर यधपि बिदा थोरै मिलेपनि लामो समय पछीको भेटघाट अनी मिलनका दिनहरु सम्झेर मन त्यसै फुरुगँ भएको थियो। म अझै राम्ररी सम्झिन्छु पल पल बिताउन मुस्किल परेको थियो त्यतिखेर मलाई, लाग्थ्यो घडीका सुईहरु पनि बिश्राम गरी गरी चलिरहेछन्। न त रातमा मस्त निद्रा लाग्थ्यो यदी लागिहाले पनि सपनामा आफ्नै घरतिर डुलिरहेको हुन्थें,कहिले प्लेनमा उडीरहेको त कहिले साथीहरुसँग गुनासो पोखिरहेको, थुप्रै थुप्रै तर्कनाहरु आइरहन्थे मनमा। ज्यादै गार्‍हो भईरहेको थियो त्यो दिन कुर्नलाई जहिले म नेपालको लागि उड्ने तयारीमा थिएँ, अन्तत त्यो दिन पनि आयो रातको १२ बजे को flight मा Ethiopia को बाटो हुँदै उडियो। म पहिले नै सुसुचित थिये कि यात्रामा नेपालीहरु बिरलै भेटिन्छन् किनकी धेरै जसो नेपालीहरु खाडी मुलुक हुँदै जान्छन् तर मेरो ठीक बिपरित थियो। एक किसिमको उत्सुकताले मनमा डेरा जमाइरहेको थियो भने अर्को तिर आँखाभरी उही मिलनका क्षणहरु वरिपरी घुमिरहन्थे।
रातको यात्रापछि बिहान सबेरै Ethiopia को राजाधानी Adisababa स्थित Bhole international airpaort मा पुगियो जहाँको system मलाई अति नै उचित लाग्यो किनकी यदी यात्रीको 6 hrs भन्दा बढी transit छ भने उनिहरुलाई lodging and fooding को ब्यवस्था सार्‍है systametic तरिकाले हुँदो रहेछ। अफ्रिका मध्यकै एउटा गरिव देश भएपनि त्यहाँको ब्यवस्थित कार्यप्रणाली देख्दा खुशी लाग्यो सोही rules and regulation अनुसार म आदेशानुसार होटेलमा जान बस कुरी बस्दै थिएँ,त्यही क्रममा एउटा candian महिलासँग भेट भयो। उहाँले पनि बस नै कुरिरहनुभएको त्यही एउटै होटेलमा जान, त्यसपछी चिनापर्ची साटासाट् गरियो र कुराकानी गर्दै होटेल पुगियो, त्यहाँ पुगेपछी हामीलाई रुम दिईयो, ओल्लो ढोका र पल्लो ढोकाको। त्यस्पछी breakfast गर्न सगैँ गयौँ। उहाँ पनि through NGO अफ्रिकन देशहरुमा समाजसेवीको रुपमा काम गर्नुहुदोरहेछ। बसाइ पहिले England अहिले Canada मा भन्दै हुनुहुन्थ्यो, एकदम फरासिलो मित्र, थोरै समयमा नै धेरै कुराको आदानप्रदान गरियो। म यात्रामा एक्लो भएकोमा रत्तिभर दुखी थिईन बरु मन मनले ढुङ्गा खोज्दा देउता मिले झैँ लाग्यो। त्यसपछी हामी lunch मा भेट्ने बाचा सहित रूमतिर लाग्यौँ र केही समयमा सगैँ lunch गरेपछि हामी दुवैको flight बेलुकी ९ बजे पछी भएको हुनाले बाहिर तिर घुम्न जाउँ भन्ने सल्लाह भयो र होटेलको ड्राइभर लिई museaum तिर लाग्यौँ। धेरै नौला कुराको द्र्श्याबलोकन गरियो, एउटा भर्खरको युवकले अंग्रेजीमा एक्-एक बेलिबिस्तार लगाइरहेको थियो, त्यसपछी हामीले उसलाई केही tips दिएर त्यहाँबाट बिदा भयौँ र होटेलको ड्राइभर बाट केही कुराहरुको जानकारी भयो र सोधियो पनि, उहाँबाट नै थाहा भयो Adi sababa को मतलब A new flower जसले आजको Ethiopia लाई संकेत गरिरहेको छ।त्यसपछि होटेलमा फर्केर चियानास्ता गरी बाहिर एकछिन डुल्न गयौँ। त्यो मित्रको यहाँ दोश्रो पटक भ्रमण भएको हुँदा केही अप्ठ्यारो भएन, त्यही मौकामा धेरै कुराहरु हेर्ने मौका पाएँ, त्यहाँको वस्ति, बातावरण , जीवनशैली अनी बिकासका पुर्वाधारहरु विसट्रित रुपले बुझ्न नपाए पनि जति देखियो त्यतिले नै केही हदसम्म त्यो देशको नक्सा अड्कल गर्न सकिन्थ्यो अनी त्यही सानो visit मा सम्झनाको लागि केही सामान किने र हामी फर्कियौँ त्यसपछि dinner पनि सगैँ गरियो र फेरी भेट होला नहोला, सम्झनाको लागि केही फोटोहरु पनि खिचियो। उहाँले खै के भएर हो कुन्नी तर मेरो साथमा मोबाइल भएको कारणले मैले उहाँको mial id note गरेँ अनी अझै सम्झेकी छु, उहाँले भन्दै हुन्हुन्थ्यो फोटोहरु मेल मा सेन्ड गर्नु ईमेल हरु पठाइराख्न हामी internet मा भेट हुँदै गरौँला है तर दु:खको कुरा नेपाल पुगेपछि mobile exchange गरेर चलाऊँदा पछि सोधपुछ गर्दा त त्यो delete भईसकेछ, म साँचै दुखी भएँ त्यो पल किनकी मैले हाम्रो मित्रतालाई त्यतिमै टुग्याउँन पटक्कै चाहेकी थिईन तर त्यो हुन गयो भुलमा। शायद उहाँले मेरो मेल कुरी बस्नु भयो या भएन तर मैले उहाँलाई अझै बिर्सेंकी छैन र कहिले बिर्सन्न पनि मात्र क्षमा प्रार्थी छु।
हामी dinner पछि रूमतिर लाग्यौँ सामानहरु मिलाउन अनी एउटा अधबैँश महिला जो मेरो रूम सफा गर्न आउनुभएको थियो र बेला-बेलामा खाना तयार भयो भनेर आउनु हुन्थ्यो। हामी दुबैले एकअर्कालाई नबुझेपनि साँकेतिक भाषामै उहाँको केही कुरा थाहा पाएँ, ३ छोराछोरी छन्, लोग्ने खाली पिउँछन्, रेखादेख गर्दैनन्। उहाँको अनुहारमा पिडाका भावहरु मैले पढेँ, खै किन हो मन यति नरमाइलो भएर आयो केही दिन मन लागिरहेको थियो तर त्यतिखेर के कारणले दिन सकिन। जब बेलुकी रुमबाट सवै सामानहरु airport मा जान बस कुरी बसेँ। मैले त्यो दुखी महिलाको निम्ती एउटा scarf , बच्चाहरुलाइ केही मिठाइहरु र केही डलर दिई मनलाई सन्तुष्ट दिलाएँ, अरु त म के गर्न सक्थे र आखिर म पनि त उस्तै हुँ तर उनीलाई भेट्न सकिन तल अफिस मा नै उनीलाई दिनुहोला भन्दै बुझाईदिएँ अनी अति मिलनसार canadian साथीलाई अन्तिम अंकमाल गरी धन्यवाद दिदै मेल मा भेटौँला भन्ने विश्वाशमा हामी छुट्टीयौ।
मन एकातिर हर्षित थियो भने केही मात्रामा दुखी पनि थिएँ। त्यसपछि भोलिपल्ट १२ बजे तिर India को दिल्ली स्थित Indira Gandhi Airport मा अवतरण भईयो र केही समयको transit पछी छिट्टै काठमाडौं को लागि उडियो , त्यसको केही समय पछि नै नेपालको मनोरम द्र्श्यहरु अवलोकन गर्ने सुनौलो अबसर मिल्यो । आहा ! कति सुन्दर त्यो हरीयाली, प्राकृतिक छटा अनी मनमोहक हिमाल चुलिहरु बश आँखा नै नचिम्ली बादलले नढाकुन्जेल सम्म अनवरत हेरी नै रहेँ, रमाउदैँ गएँ, धन्य सम्झे आफुलाई मनमनै । धेरैपछिको त्यो तिर्सना बिस्तारै मेटिन थाले जस्तो लाग्यो। बिस्तारै फाट्टफुट्ट घरहरु देखिन थाले, खेतका रहरलाग्द गर्‍हाहरु अनी ठाउँ ठाउँमा साना साना घरहरुले रुमालमा छुप्प छुप्प बुट्टा भरे झैँ लाग्यो। प्लेन बिस्तारै ओर्लिदैँ थियो र अन्तत्गत्वा ३ बर्षपछि माट्रुभुमीमा पहिलो पाइला राखियो धक फुकाएर , पाइलाहरु छिटो छिटो अघी बढ्डै थिए कि साँचेका रहर अनी कल्पनाहरु केही क्षणपछि नै वास्तबिकतामा परिणत हुँदैछ।
केही समयको पर्खाइपछी आफ्नो सामानहरुमा ट्रलिमा राखेर घिसार्दै यी आँखाहरुले परिचित अनुहारहरु खोज्दै थिए। एक्कासी दाइले नानी भनेको आवाज सुने अनी ममिलाई देखेँ। दुवैजनासँग अगाँलोमा बाँधिएँ। आँखाहरुबाट हर्षासुँ खसिरहेको थियो, मन यति तरंगित भएको थियो कि मैले शब्दमा ब्यक्त गर्न सकिन त्यतिखेरका पलहरु बश उहाँको अगाँलोमा बाँधिदा यस्तो सुखानुभति भईरहेको थियो कि मैले धेरैपछि फेरी मात्रुशुलभको भाबहरु पाइरहेको थिएँ, आनन्दको केही सिमा थिएन र सामानहरु राखी बासस्थानतिर हुइकियौँ। कुरा गर्दै बाटोमा आँखाले भ्याउन्जेल हेर्दै थिये। उस्तै सडक, उस्तै पेटीहरु, घरहरु कुनै कुनै अझै उस्तै, बाटोमा गाडीका अब्यबस्थित लामहरु अनी उस्तै ट्राफिक जाम अनी मान्छेहरु को भिड पनि हिजो जस्तै तर अली बढी चहलपहल थियो, रङिचङी फुलहरुले र बत्तिहरुले पसलहरु सिगाँरिएका थिए, हर्षोल्लासको माहोल थियो किनकी त्यो आजकै जस्तो लक्ष्मीपुजाको दिन थियो । घर पुगेर सवैसगँको औपचारिक कुराकानीपछी लागि लक्ष्मीपुजाको तयारीतिर , थकाईको रत्तिभर अनुभब थिएन, म एक किसिमको पूर्णताको महसुस गरिरेहेकी थिएँ। उहाँहरुले सवै तयार गरिसक्नुभएछ पहिले नै तर दीप प्रज्ज्वलन चाँही म बाट नै शुरु भयो। घरको हरेक कुना काप्चाहरु नियालेर हेरेँ। सवै मिलिजुली पूजाआजा गरियो। छरछिमेकका भाईबहिनीहरु देउसिरे भन्दै गाइरहेको सुनिन्थ्यो । हामी सवैजना लामो समयको अन्तरालमा एक हुँदा हर्षले झुमेका थियौँ धेरैपछिको बिछोडपछी निकै रमाइलोका साथ मनायौँ। त्यो दिनको लक्ष्मीपुजा स्मरणमा अझै ताजै  छ अब अर्को भेट नभएसम्म त्यही नै सहारा बन्ने छ परदेशमा । यसपालिको लक्ष्मीपुजा यसरी नै मनाउदैँछु अतितलाई सम्झेर..यही पावन अबसरमा यहाँहरु सवैलाई दीपावलीको हार्दिक मंगलमय शुभकामना...अनी आजकै दिन महाकवि लक्ष्मी प्रसाद देवकोटाको सप्तबार्षिकीको उपलक्ष्यमा पनि उहाँप्रति भावपूर्ण श्रदा सुमन अर्पण गर्दैछु ...
र साथमा यात्राका केही तस्विरहरु ...




तिमी

0

Category:


म आँफैभित्र हराइरहेको बेला
रणभुल्लमा परि बाटो बिलाइरहेको बेला
मेरा खुट्टाहरु लर्खराइरहेको समय
आस्थाहरुको दियो बिस्तारै निभ्दै गर्दा
किनारा जस्तै पन्छिएर बस्न खोज्दा
अनायासै कहाँबाट तिमीसँग भेट भयो
साथीत्वको चोखो नातामा बाँधिएर
हामी हिड्दै थियौं..
तर मन न हो ,
भावनाहरु आपसमा मेल खाँदा
समयसगैँ एकआपसमा नजिकिदैँ जाँदा
थाहै नपाई प्रित बस्दोरहेछ
चाल नै नपाई यो मनले
कसैलाई चाहदोँ रहेछ ।
अनी फेरी भत्किएको सपनाको महलमा
नयाँ उमगँहरु पलाउँदो रहेछ
खुशीहरुसँग जिउने आशा जाग्दो रहेछ
मिलनका कल्पनाहरुसित घनिभुत हुँदै
एउटा बलियो आधार मिल्दो रहेछ बाँच्नलाई ।
तिम्रो अटल विश्वासले
मेरो आत्मबिश्वासमा आयाम थपिदिदाँ
तिम्रो आगमन मेरो जीवनमा
एउटा सुनौलो उपहार जस्तै
भगवानले दिनुभएको आशिर्बाद जस्तै
किनकी,
तिम्रा निश्चल आँखाहरुमा मेरा खुशीहरु लुकेको देखेँ
तिम्रो चोखो स्पर्शमा केवल कोमलता पाएँ
तिम्रो भावनाहरुमा मात्र मेरो प्रतिछायाँ पाएँ
तिम्रो अगाँलोमा बाँधिदा मैले सुरक्षित महसुस गरेँ
तिम्रो विश्वाशमा मैले जिउने आधार भेट्टाएँ
तिम्रो प्रबेशमा मैले पुनर्जीवन पाएँ ..
त्यसैले ,
मैले मेरो मन, मुटु, आत्मा
सवै सवै तिमीलाई अर्पिसकेकी छु
अब म तिम्रो लागि जिउनेछु
हाम्रो लागि बाँच्नेछु
सगैं साँचेका सपनाहरुको निम्ति आँट्नेछु
बिच बाटोमा हाम्रो यात्रा सुरु भए पनि
तिमीसगैँ यो यात्रा नै अन्तिम यात्रा हुनेछ
मेरो जीवन्,खुशि,सपना अनी यथार्थता
केवल तिम्रै नामसँग जोडिनेछ ...

गजल

2

Category:

यात्रा अधुँरो छोड्दिन जति अघि बढे पनि
थाक्दिन कहिल्यै पनि ठाडै उकाली चढे पनि

लक्ष्य धेरै दूर छ अझै बढ्नुछ मैले धेरै अघि
घोडा चढ्न छोड्दिनँ म जति सुकै लडे पनि

सघंर्ष हो जीवन भन्छन्,अनुभब यसको उपलब्धी
पछि कहिले हट्ने छैन डडेलोमै डढे पनि

समयले पर्खंदैन पुग्नु छ लक्ष्य शिखरसम्म
कमजोर मैले बन्नु हुन्न हारमै खुट्टा गढे पनि

बाधा,पिडा आउँछन नै जीवनको रित त्यही
विश्वाश अटल रहनेछ समस्यामै म गडे पनि

गजल

1

Category:

देउरालीलाई भाकी हजार कसम खाएपछि
बुढासुब्बालाई साक्षी राखी प्रीत लाएपछि

जुनतारालाई हेर्दै मात्र तिम्रै हुन्छु भन्थ्यौ
उजाड भएँ आज म तिमी नभमा हराएपछि

हर्ष अनि आँसुको के मुल्य रहेछ र यहाँ ?
आखिर तिमी क्षितिज पारी नै रमाएपछि

घाम देखे घामै राम्रो तिमीलाई जुन देख्दा जुन
पुरानो मायालाई बिर्सेंर नयाँ आशा पलाएपछि

सपनामा बर्बराए नि बिपनामा पागल भने नि
केवल सम्झनाको डाली मेरो हातमा थमाएपछि

गजल

1

Category:

सपना मा साँचेकी थिएँ विपनामा आइदियौ
कल्पनालाई छिचोल्दै यथार्थ बनि छाइदियौ

सुटुक्क लुकामारी खेल्ने मेरा रहरहरु सँग
त्यो मन अन्तै नमोडि मै तिर धाइदियौ

संगीतका हजारौँ भिडहरुको बिचमा आज
कहिले नमर्ने अमर पिरतिको गीत गाइदियौ

नौला,नौला उमंग भरी रंगीन इन्द्रेणी जस्तै
यो मनको मझेरीमा माया तिमीले लाइदियौ

भगवान लाई साक्षी राखी स्वीकारेँ तिमीलाई
मुटुको धड्कन बनि तिमीले मलाई नै पाइदियौ

जीवनको अन्तिम घडीसम्म साथ दिन्छु भनी
अँगालोमा बाँधी बाचा र कसमहरु नि खाइदियौ

दशैँका केही झलकहरु

3

Category:

दशैँ आयो भन्दा भन्दै आजभोलि गर्दै पुर्णिमाको दिन पनि नजिकिदैछ र अर्को बर्षको लागि थाँति राखेर ठिक एक बर्षपछि भेट हुने बाचा राख्दै बिदा हुनलाई संघारमा कुरी बसेको छ। नेपालमा हुँदा त आफ्नो परिवार, आफन्तहरुसगँ मनाइन्थ्यो । खै किन हो त्यतिखेर धेरै लगाव चाँही थिएन शायद नजिकको तिर्थ हेला भन्छन्, यही उक्ती चरितार्थ भयो होला त्यो समय किनकी हामी मान्छे जब घर आँगनदेखि टाढा हुन्छौ, आफ्नो परिवार्,आफन्त र साथीभाईको स्नेह र मित्रतादेखि दुर हुन्छौ अनी आफ्नो मौलिकता र संस्कृती देखि कोसौँ टाढा हुन्छौ हो, त्यतिखेर हामीलाई सवै कुराको यति धेरै महत्व लागेर आउँदो रहेछ, त्यतिखेर नै अनुभब गरिदोँ रहेछ, बिछोड के हो ? माया, ममता के हो ? आफ्नो जन्मभुमीदेखि टाढा हुनुको पिडा के को ? झन् त्यो माथि यस्तै दशैँ, तिहार जस्ता चाडपर्वहरु आइदिने हो भने साँचै मुटुमा एक किसिमको भक्कानो उठेर आउँछ, मनको आकाशमा चारैतिर कालो बादलले ढाकी विवशताका हुरीहरु आँसु बनि आँखाबाट कति सजिलै झर्छन्। कोलाहलमा पनि आफु नितान्त एक्लो भए झैँ हुन्छ र जताततै शुन्यताहरुले आफुलाई खाइरहे जस्तो हुन्छ मानौं संसारको सवैभन्दा दुखी प्राणी म नै हुँ, मलाई मात्र सन्तापहरुले घेरिरहेको छ, यस्तो चाडबाडको बेलामा परिवार,आफन्त र साथीभाईहरुसँग रमाइलो गर्नुको सट्टा यो मरुभुमीमा त्यही एउटा पेट पाल्नको लागि एक्लै संघर्ष गर्नुपर्ने म कस्तो अभागि मान्छे ? किन मलाई भगवानले खुशीहरुको भाग लगाइ दिएनन् ? किन मलाई आफ्नोपन देखी यति धेरै दुर बनाइदिए ? ... यस्तै यस्तै प्रश्नहरुको अन्तरद्वन्दमा फेरि वास्तविकतालाइ पनि त कहाँ भुल्न सकिन्छ र ? आखिर चाहेका ति सवै खुशीहरु र मनोकांक्षाहरु आज नै पुरा नभए पनि पोलिरहेको मनलाई शितलता छर्न आँफै नै अघि सरि भिभिन्न बाटोहरु खोजी जानी नजानी, सकी नसकी एकछिन भएपनी मल्हम पट्टी बाँध्ने उपायहरु त हामीले खोजी नै रहनु पर्छ बिरानो मुलुकमा पनि ।

ढुङ्गा खोज्दा देउता मिल्यो भने झैँ मलाई पनि सानो घरेलु निमन्त्रणा आइपुग्यो ल है यसपाली त दशैँ सवै मिलिजुली यहाँ पार्कमा मनाउनुपर्छ भन्ने खबर सुनियो र हत्तपत मैले त भन्दिहाले भईहाल्छ नि धेरै राम्रो, म त बिल्कुल राजी छु बरु के के गर्नुपर्छ भनी हाल्नुस् भने । अहिले त मैले काम गर्ने ठाउँमा थुप्रै नयाँ दिदिबहिनीहरु र दाजुभाइहरु आउनुभएको छ, हामी सवै मिलेर मनाउने हो भने शायद दशैँ तिहारको झझल्को धेरै नै कम हुन्छ होला। पहिलेको जस्तो अवस्था छैन अब, शुरुशुरुमा एकजना नेपाली भेट्न पनि कति मुस्किल पर्थ्यो काम गर्ने ठाउँतिर अहिले त जहिँतहीँ नेपालीहरु सजिलै भेटिन्छन्, उतिधेरै न्यास्रो लाग्दैन जस्तो लाग्छ मलाइ ।
अन्त्यमा सवै जनाको सल्लाहमा पार्कमा दिउँसो टिका ग्रहण गरी खाना खाने निर्णय भयो । कोही छुट्टीमा जानुभएकोले उपस्थित हुन सक्नुभएन त कोही आफ्नै भिभिन्न कारणबश हामीसँग सामेल हुन सक्नुभएन , नरमाइलो त लाग्यो नै तैपनी जति जम्मा भयौँ रमाइलो गरेर नै समय बितायौँ। सवै भन्दा ठुलो दिदीको हातबाट टिका ग्रहण गर्ने अवसर मिल्यो र नेपालमै जस्तो सेलरोटी,चिउरा, अचार, तरकारी, खसीको मासु जस्ता परिकारहरु सबै भेला भई खान पाउँदा हामी सवै यति खुशी देखिन्थ्यौँ कि त्यतिखेरको बातावरण नै एउटा संगीतमय बनेको थियो, हाँसो र मुस्कानका गुन्जायमान धुनहरु चारैतिर छरपस्त छरिएको थियो र केही समयको लागि मानौं हामी नेपालमा आफ्नै परिवार माझ छौँ , सवै दु:ख पिडाहरु बिर्सिएर दशैँको तिर्सना मेटाउने एउटा सुन्दर माहोल बन्यो यसपाली पार्कको दशैँ ।

यस्तै रमाइला क्षणहरुलाई जीवनभरी संगालिरहन तस्विरहरु खिच्न पनि पछी परिन र यि मध्य केही रमाइला तस्विरहरु तपाईंहरु माझ बाँडेकी छु। यस्तै रमाइला क्षणहरु सधैं सधैं आईरहोस्, परदेशमै भएपनि समय र परिस्थितिले साथ दिएसम्म मिलिजुली बसौँ, दु:ख सुखहरु आपसमा बाडौँ र एकर्काको सहारा बन्न सकौं र बनौँ भन्ने मेरो कामना र प्रार्थना सहित नमरी बाँचे कालैले साँचे अर्को दशैँको प्रतिक्षामा अहिलेलाइ बिदा !










शुभकामना

3

Category:



वडादशैँ २०६६ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली जन, यहाँ पाल्नुहुने प्रत्यक जान तथा अन्जान मित्रहरु र सवै पाठक अनी शुभचिन्तकहरु प्रति आभार ब्यक्त गर्दै सु-स्वास्थ्य, दिर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।
बिजयादशमीको आगमनसगैँ हर घर,आँगनमा खुशीहरु छाओस्, सुख र सन्तोषको बास होस् अनी मनमुटाव्,रिसराग र इर्ष्या भावनाहरु सधैंको लागि नाश होस् भन्ने कामना मेरो,तपाइँको र हामी सवैको एउटै छ । देवी भगवतीले सवैको रक्षा गरुन्, हरेक दु:ख कष्टसँग र आरोह अवरोहसँग लड्ने शक्ति प्रदान गरुन् र आ-आफ्नो लक्ष्यसम्म पुग्न निरन्तर साथ दिउन् भन्ने कामना र विश्वाश सहित विरानो मुलुकबाट आफ्नो घरपरिवार, आफन्त र साथीभाइहरुलाइ चाहना,विवसता र सम्झनारुलाई अगाँली यो शिशु गजल तपाईंहरु माझ पस्केकी छु ।

बिरानो छ वस्ती अझै विरानै छ ठाउँ
परदेशको आँगनमा वरै छैन कुनै गाउँ

यता कहिले उता फुरफुर भई हिड्थे
आज एक्लै परदेशमा कहाँ म धाउँ

मिठा मिठा परिकार्,आमाको हातबाट
एकान्तमा ब्यन्जन यहाँ कसरी म खाउँ

कागलाई बेल पाक्यो हर्ष न बिस्मात
कस्लाई बाँडु पिडा आज कहाँ भन्न जाउँ

फाटेका मनको चोली केले अब सिउने?
सान्तवनाको मल्हम कहिले सम्म लाउँ

यस्तै रहेछ रीत भनी हार खाएँ अब
टाढाबाटै भएनि आमा आशिर्बाद पाउँ

यसैसगैँ एउटा सानो शुभकामना सन्देश पनि टाँसीदिएँ है त ,

रमाइलो गरौँ तर सस्तो होडबाजीको
पछी कहिल्यै नलागौँ
चाडको आगमनसगैँ विकृति र बिसंगति
हरुलाइ भुलेर नि नअगालौँ
परम्परा र संस्कृती जगेर्नाको नाममा
अन्धा रितिरिवाजहरुलाइ निरन्तरता नदिऔँ
समयको परिवर्तनसगैँ आफ्नो
ब्यक्तित्व विकाशमा जोड दिऔँ
संकुचित विचारहरुलाई त्यागी
स्वच्छ भावनहरुको निर्माण गरौँ
सिद्दान्तमा मात्र सिमित नराखी अर्जेको ज्ञानलाई
व्यबहारमा पनि उतार्ने प्रयास गरौँ

गजल

1

Category:

यो मनको चौतारीमा त्यो मन पनि साँटु कि ?
शुन्यताको सन्नाटामा मधुरता छर्न आँटु कि ?

आत्मा त अर्पिसकेँ तर ब्यक्त गर्न सक्दिन म
नयाँ यात्राको लागि पुराना ब्यथाहरु फाँटु कि ?

थाहा पायौ कसरी प्रिय तिम्रै प्रतिक्षामा थिएँ
अब मायाको छहारीमा पिपलपातहरु छाँटु कि?

छ्न् जोरिपारी खुट्टा तान्ने,साथिसगीँ वरिपरी
तिमीसँग पिरतीमा भुलिरहन सबैलाई ढाँटु कि?

बिहानीको उषाको लाली जस्तै तिम्रो आगमन
मेरो बाँकी जीवन केवल तिम्रै नाममा गाँसु कि?

विश्वाशको डोरीमा हिडौँला नि हामी साथसाथै
दु:खसुख,आँसु हाँसो सवैसवै तिमीसगैँ भाकुँ कि?

गजल

1

Category:

मान्छेहरु द्वारा मान्छेहरुलाई नै काटाकाट किन होला ?
खोक्रो बिजयको लागि भाईभाइमै हाताहात किन होला ?

सहिद हुन त भइसके देशका लागि अकालमा विचराहरु
फेरी सम्पत्तिकै निम्ती आफन्तमा लातालात किन होला ?

नयाँ नेपाल बनाउँछु भन्दै छुरा घोप्ने नरपिचासहरु हरु हो
जनताको आँखा छली भित्रभित्रै गुपचुप साटासाट किन होला?

संघियताको नाममा देशलाई टुक्र्याउन खोज्ने नेताहरु हो
व्यवहारिक नभै सैदान्तिक संविधानका खाताखात किन होला

कुर्सिकै मोहमा गोहीका आँशु झार्न नहिच्किचाउने तिमीहरु
कुर्सिलाई अँगालोभरी बाँधेपछी नि मातामात किन होला ?

परजिवी झै अर्काको ईशारामा चल्ने लाज पचेकाहरु
गोर्खाली शिर झुकाइ भ्याइनभ्याइ चाटाचाट किन होला?

झझल्को दशैँको

0

Category:


विहानको मन्द पवनसगैं
चरीहरुको चिरचिर चिराहटमा
झिसमिसे उज्यालोमा म झसगँ ब्युझिँन्छु
र मलाई मेरो नेपालको यादले सताउन थाल्छ
आज किन हो किन मेरो मेरो जन्मभुमिको
निकै झझल्को लागि रहेको छ
त्यो पाखा,पखेरा र खेतका गर्‍हाहरु
देउराली,भञ्ज्याङ अनी पाटी पौवाहरु
डाँडा गाउँको माईथान र चौताराहरु
सङ्ला खोला र झरनाहरु साथै घनघनस्या उकालाहरु
त्यो राते गाईको बाँ बाँ र म्याँ म्याँ गर्ने पाठाहरु
कोइलीको मिठो धुनसँग मनमुग्ध हुँदै
भाले बासेका मिर्मिरे विहानीहरु
सगीँहरुसँग मेलापातमा हिंडेका दिनहरु
रोधीँ घरमा निश्चल मित्रता र मायाहरु
साटासाट गरेका ती खुशीका क्षणहरु
घरको आँगन्,दलान र त्यो कुनाको चुल्हो
जहाँ ममताको आभास पाइन्थ्यो ।

हो.. यि सवै सवै मिश्रित भावनाहरुले 
आज म यो एकान्त विहानमा
सम्झनाका सगाँलोहरुसँग रमाइरहेछु ।
समयले कति चाँडै कोल्टो फेरिरहेको
हिजो जस्तै लाग्छ मलाई मेरो देश छोडेको
तर कर्मभुमिमा आफुलाई होम्याउँदै जादाँ
थाहै नपाई बर्षौ बितिसकेछन् ।
मिलनको प्रतिक्षामा दिनहरु त बित्ने नै गर्छन्
उही एउटा सहारा छ, अतितका मिठा यादहरुसँग
भोलिका सुन्दर सपनाहरुलाई अगाँल्दै
आजको वर्तमानलाई फकाइ फुल्याइ स्विकार्नु छ ।

अझै म कल्पनाको संसारमा पौडिरहेछु
कति दसैं आइसकेछन्,
कति तिहारहरुले फड्को मारिसकेछन्
र हेर्दाहेर्दै फेरि यसपालिको दशैँ पनि
प्रत्यक घर,आगँनमा भित्रिसकेछ ।
आज त घटस्थापनाको दिन
सवै जमरा राख्न तरखर गरिरहेका होलान्
तल्लो गाउँमा पहिले झैँ रोटेपिङ हाले होलान्
कति परदेशीहरु रमाउँदै आफ्ना घर फर्के होलान्
डाँडा माथिका घाम भईसकेका आमा बाबाहरु
आफ्नो बिडोँ लाई देखी
सन्तोषको सास फेरे होलान्
पल्लो घरकी भाउजु
मिलनको गीतमा रमाइरहेकी होलीन्
भुन्टे र सान्नानी पनि नयाँ लुगा पाएर
फुरफुर भईरहेका होलान्
एकपटक आउने दशैँमा खुशीयाली बाँड्न
सवैजनाले सक्दो तम्तयारी गरिरहेका होलान्
म चाँही यो क्षितिज पारीबाट
यस्तै यस्तै मनका तरगँहरुलाई
एकाग्रतामा उन्दै कल्पनामै भएपनि
मलाई मिठो अनुभुती दिलाइरहेछ ।

कविता

4

Category:

दशैँ दशैँको आफ्नै महत्व र परिभाषा लिएर आउ
परम्परा र संस्कृती जगेर्नाको जाग्रिति लिएर आउ

चाडपर्वसगैँ भित्रिने विकृति,बिसंगतिहरुलाइ नअगाँलिकन
पारस्परिक मेलमिलाप र एकताको भावना लिएर आउ

धनीका महलहरुमा मात्र सधैं किन रमझम दशैँको ?
प्रत्यक गाउँ,बस्तिमा खुशीयालीको बहार लिएर आउ

हत्या र अपराधको माहोलमा यसपालिको दशैँले
दिगो शान्ती र सुरक्षाको प्रत्याभुती लिएर आउ

राष्ट्रियता र अखण्डतालाई निरन्तर जोगाइरहन
हरेक नेपालीमा अटुट साहस र सामर्थ्य लिएर आउ

अब हामी युवा जनशक्तिको पालो हो देश बनाउने
बिकासको निम्ती ज्ञान र चेतनाको लहर लिएर आउ

वडादशैँको अवसरमा शुभकामनाको सुभेच्छाहरु सगैँ
परिवर्तनको लागि सकारात्मक सोच र बिश्वास लिएर आउ

म चित्रकार

2

Category:


मनभित्र उठेका छालहरु
दिमागमा उब्जिएका तरंगहरु..
ब्यक्त नगरिएका भावनाहरु..
वा ब्यक्त गर्न प्रयास गरिदाँ पनि
गुम्सेर र गुम्साएर राख्न खोजेका
पिजँडा भित्रका ब्यथाहरु..
शिर्षक बिनाका कती
अन्त्यहिन कथाहरु..
न्याय नपाएर अदालतको ढोकामा
घच्घच्याइरहेका निर्दोषका लामबद्ध केसहरु..
गाँस, बास र कपासको अभावमा
छट्पटाउदैँ ज्यान गुमाएका
बिचरा! हामी गरीब जनताहरु..
अन्याय र अत्याचारको बिरुद्ध लड्डै
नेताहरुको खिचातानीलाई,
चर्को उपहासको रुपमा आफुलाई उभ्याइ
आफ्नो देश र माटोलाई बचाउन
गरिएका कयौँ नरनारीहरुका प्रयासहरु..
सबै, सबै मिश्रित भावनाले
प्रतिबिम्बित भई आज यो चित्रकार
क्यानभासको दुनियाँमा हराउँदै,
कतै विना रङ त कतै रङ्हरुसँग पोतिदैँ,
शब्दहरुमा ओकल्न नसकेका
हर ती असहय् रेखाहरुलाई
यि मुर्त अनी अमुर्त चित्रहरुमा
मैले ठड्याएकी छु,उतार्ने प्रयास गरेकी छु..
उत्पीडनका एहसासहरुलाई
प्रत्यक कोणहरुमा छरी
उदागं हुने जमर्को गरेकी छु..
स्वतन्त्र नखुलेका किताबका पानाहरु ,
आज रङ र चित्रहरु मार्फत
एउटा छुट्टै परिचय लिई मानिसहरुको भिडमा
खुलाउने र बोल्ने कोसिस गरेकी छु ..
तिमीलाई स्वीकारोक्ती होस् या नहोस्,
तिमीले बुझ या बुझेर पनि बुझपचाउ,
तर आज म सन्तुष्टको सास फेरिरहेकी छु..
गर्‍हौ अनी निस्सासिएका भावनाहरुलाई पोखी
मन हलुको र आत्म शान्तिको
महसुस गरिरहेकी छु ..

मान्छे

3

Category:

प्रकृतिकै उत्कृष्ट उपहार
सजीवहरुमा सबैभन्दा सर्वश्रेस्ठ
विवेक र शुशिलताले भरिपूर्ण
मानव रुप धारण गरेको
हे मान्छे ! तँ कस्तो भाग्यमानी !
तर खै किन बुझ्दैनन् मान्छेहरुले,
जीवन पछीको मृत्‍यु त
एउटा शास्वत सत्य हो..
भेट्नु र छुट्नु त जीवनको रीत हो..
दु:ख अनी सुख त जैबिक प्रकृया हो..
हार्नु र जित्नु त जीवनभरी
चलिरहने खेल हो..
कस्तो विडम्वना !
सबै कुराको चेतना भईकन पनि
मान्छे त्यसैमा अल्झिरहन्छ..
त्यही भुमरीमा फसिरहन्छ..
यथार्थलाई पर सारी
क्षणिक सुखको निम्ति
हरपल उस्तै गरी तड्पिरहन्छ..
न त्यो भवसागरको दलदलबाट
उ उत्रिन सक्छ..
न त कुनै ठोस वस्तुको पहिचान गरी,
जीवनमा अनन्त खुशी र सुखका
बहारहरु छर्न सक्छ..

त्यसैले हे मान्छे ! तिमी उठ !
तिमी जाग त्यो निन्द्राबाट,
यी सारा सांसारिक मोहबाट माथि उठेर
आफुलाई एकचोटि फर्केर हेर..
मान्छे हुनुको अर्थलाई
निस्वार्थ मनले नियाली हेर..
यो अमुल्य उपहार अनि समयलाइ
जीवनको तमासामा त्यसै खेर नफाल..
भौतिक सुखलाई नअगाँलिकन,
आत्मिक सन्तुष्तिलाई स्विकार्ने प्रयास गर..
हो, त्यँही मान्छेको पूर्ण खुशी छरिएको छ..
हो, त्यँही मान्छे हुनुको परिभाषा लुकेको छ..

गजल

0

Category:

मायाको बगैँचा सुन्दर हुन्छ भनि डुलेकी थिएँ
सुन्दरतामा जीवन बिताउँला भनि झुलेकी थिएँ

नमिल्ने रहेछ खुशी सबैलाई आँखाले देखे जस्तो
प्रेमको प्याला अश्रु धारासगैँ एक्लै घुलेकी थिएँ

हुँदो रहेछ पिरती पनि मुटुको बिझाउने काडाँ
त्यही काडाँलाई फुलमा बदल्छु भनि भुलेकी थिएँ

कसलाई पोखुँ,आफ्नै मान्छे पराइ भईदिएपछी
तरगँ,उमगँ बाडौँला भनि मनभित्र तुलेकी थिएँ

छैन उत्सव कहीँ,कतै मिलनका घडीहरुमा पनि
आत्मा गाँठो पार्दै फुस्रो मुस्कानमा खुलेकी थिएँ

कसमहरु सबै भुलि गए, सपनाहरु सबै उडी गए
बाँकी छैन केही,एक्लोपनलाई आँफैभित्र हुलेकी थिएँ

तीजका सगाँलोहरु

3

Category:

हिन्दूहरुको महान् पर्व हरितालिका तीजको अवसरमा इजराएलमा हुने विभिन्न कार्यक्रमहरुमा सरिक हुने मौका मिल्नु साँचै खुशी र सुखको अनुभुति हो तर बिडम्बना मेरो कामको अवस्था चाँहि अलिक गम्भिर भएको कारणले पछील्लो केही समयदेखि कुनै पनि समारोहरुमा सम्मिलित भई अनुभबहरु बटुल्ने अवसर मिलेकै छैन । चारभित्ता हेरेर ल्यापटप सगैँ पुरै संसार सयर गर्दै आफुलाई सुसुचित गराउनु, भुलाउनु र उस्तै परे फकाउनु नै मेरो दिनचर्या भनौ या मनलाई राहत दिने स्रोत बनिसकेको छ , सत्य भन्नु पर्दा यो मेरो समयसगैँ धेरै नै नजिकको मित्र भईसकेको छ । यसैको मद्दतले मैले धेरै कुराहरु जान्ने, बुझ्ने मौका पाएकी छु र मेरो जीवनमा थुप्रै नौला आयामहरु थपिदिने श्रेय यसलाई नै जान्छ भन्दा अत्युक्त नहोला । शायद यो नभएको भए म त्यतै कतै सिमिततामा अल्झिन्थे होला र झाँगिने मौका पाउँदिन थे होला र आज यहाँ ब्लगको दुनियाँ मार्फत तपाईंहरुसगँ भलाकुसारी गर्ने मिठो अवसर कहाँ मिल्थ्यो होला र ?

कुरो तीज बिशेष तिर नै अघी बढाऔ - नेपाली दिदीबहिनीहरुको संख्या इजराएलमा उच्च नै छ, यसैको हिसाबले भन्नुपर्दा नारीहरुको महान् पर्व तीजको रमझममा पनि उहाँहरुको चहलपहल बढि हुनु स्वभाविक नै हो , यिनै अवस्थाहरुलाई ध्यानमा राख्दै यहाँ रहेका विभिन्न संस्थाहरुले सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी एकअर्कासँग खुशीहरु साटासाट गर्दै एकैछिन भएपनी दु:ख , पिडाहरु भुल्ने बातावरण सिर्जना गर्ने ब्यवस्था मिलाइदिनु सबै नेपालीहरुको निम्ती पक्कै गर्वको कुरा हो भने हरेक बर्ष तीजको अवसरमा कृषि क्षेत्रका नेपाली दाजुभाइहरुको आफ्नै कार्य र समर्पणमा इजराएलमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुलाई दर ख्वाउने निम्तो गर्ने परम्परा सर्‍हानीए छ । परदेशमा एउटा माइतीको रुपमा उभिई आफन्तको आभास दिलाउने महान् प्रयास आफैमा उत्कृष्ट छ र सधैंभरी धन्यवाद तथा आभारको पात्र हुन्हुन्छ ।

साथीहरु सबै भेला भई रातो साडी वा रङिचङी पहिरनहरुमा निकै सजिएर ब्रत बसेर पूजा, आराधना गरी आफ्नै अपार्टमा अथवा कुनै कार्यक्रममा सरिक भई निकै हर्षउल्लास साथ तीज पर्व मनाउनुभयो ।
मेरो पनि आइतवारको दिन केही घण्टा फुर्सद मिलेको थियो, त्यसैले म लगायत दिदी र अरु साथीहरु हुइकियौं उही नेपालीहरु जम्मा हुने ठाउँमा । त्यहाँ पुग्दा त मलाई लाग्यो म कतै नेपालमा नै छु , पार्कभरी नेपालीहरुले भरिएको, सबैजना फुरफुर भई यताउता गरिरहनु भएको र सबैको अनुहारमा एउटा छुट्टै चमकता थियो, रौनकता थियो खुशीको, आनन्दको । त्यही पार्कमा दिदिबहिनीहरु मादल ठोकी तीजका गीतहरु गाएर छमछमी नाचिरहनु भएको द्र्श्य देख्दा मानौ यो नेपालको पशुपतिमा हुने मेला भन्दा कम छैन, त्यसरी नै मेरो पनि मनै लोभियो र छेउमै गई कम्तिमा थपडी बजाएर भएपनी मनलाई केही हदसम्म सान्तवना र सन्तुष्टि दिलाउन सफल भए र साथै केही तस्वीरहरु क्यामेरामा पनि कैद गरेँ अनी ढिलै भएपनि ब्लगको भित्तामा टाँगिहालेँ। उहाँहरुले गीत मार्फत आफुले भोगेका पिडाहरु ब्यक्त गर्नुभएको थियो,  आफ्नो प्राण भन्दा प्यारो श्रीमान्, छोराछोरी तथा सम्पूर्ण परिवारबाट टाढा हुनुको मजबुरीलाई गीतबाट पोख्नुभएको थियो र ब्यंग्यात्मक तरिकाले रोजगारदाता, एजेन्सी तथा दलालहरुलाई पनि गिती शब्दहरुबाट घोचपेच गर्नुभएको थियो ।


आखिर यहाँको बसाइमा तितो अनुभब नगर्नुभएको नेपाली शायद कमै भेटिन्छ होला। भाषागत हिसाबले,आधारभुत ज्ञानको अभाब, आफ्नो अधिकार र कर्तब्यको बारेमा पूर्ण जानकारी नहुनु आदी यसका प्रमुख कारणहरु हुन् जस्तो लाग्छ मलाई । तर जे भएपनी नेपाली दिदिबहिनीहरु साँचिकै महान्, परिश्रमी, सहनशील र आँटिला हुनुहुन्छ। गर्व गरौँ उहाँहरुको साहस प्रति र साथ दिऔँ हरेक दु:ख सुखमा ... अन्त्यमा देवादि देव महादेवले हामी सबैको रक्षा गरुन् र संघर्षसँग लड्ने अटुट शक्ती दिउन् भन्ने प्रार्थना र कामना सहित तीजको लहर गयो बरि लै !

गीत

4

Category:

बिष हो माया तर किन पिउँछ मान्छे
थाहा छैन पिरती किन लाउँछ मान्छे

धोका त हुनु सक्थ्यो एकदिन तर
आस्थाका दियोहरु निभाउनु थियो
साउनको झरीमा एक्लै रुनुपर्दा यहाँ
एक्लो पनलाई साथी बनाउनु थियो

फाटेको मनलाई किन सिउँछ मान्छे
जीवनको तमासा किन जिउँछ मान्छे

के थाहा उसलाई अर्थ यो मायाको
जो बिचैमा साथ छोडि जान्छ भने
दुई मुटुको मिलन के थाहा जसलाई
जो धड्कनको चाल बुझ्दैन भने

टुटेका आशा किन सँगाल्दछ मान्छे
जिउन सपना किन अगाँल्दछ मान्छे ।

जीवन

8

Category:


भयभित आकृतिहरु
बर्षा यामको भेल जस्तै
वेगवान छन्दहरु बोकी
एकोहोरो नियाली रहन्छन्
समयको घुम्तिहरुमा

जिजिविसाहरुको नासो संगै
एउटा बसन्त फुलाउन
कयौ बसन्तहरुको मलामी बन्दा
अन्तर मनको तरेलिमा
स्वप्निल आभासहरु
अस्ताचलित सुर्य सँगै
गोधुलिको स्पर्शले
पश्चिम तिर आँखा तरि
पुर्व फर्की मुस्कुराउछन् ।

गजल

2

Category:

तीज आयो भन्दै सबै फुरफुर भा'छ बरी लै
सिन्दुर्,पोते,चुरा र रातो साडी ला'छ बरी लै

दिदीबहिनी,साथीसँग दर खाई आमाको काखमा
माइतीको आँगनमा छमछम नाची गा'छ बरी लै

छैन माइती लिन आउनलाई न त स्वामी ज्यु नै
मै दुखी कहाँ जाउँ, पिडाले मन खा'छ बरी लै

सारा खोसीए सौभाग्य मेरो,उजाड बनाइदिए मलाई
मनको बह आँसु सगैँ एकान्तले धुई रा'छ बरी लै

वाध्यतामा बाँच्नुपर्ने कस्तो चलन हो यो हाम्रो ?
परिवर्तनको साथ हैन,खोक्रो सान्तवना पा'छ बरी लै

मनै त हो विधुवाको पनि के ले छेक्न सक्छ र ?
कसले बुझ्ने विवशता यो, सोध्न आ'छ बरी लै


विधुवा दिदीबहिनीहरु जो बिभिन्न कारणहरुले गर्दा आफ्ना माइती र श्रीमानहरु गुमाउनु भएको छ, उहाँहरुकै अन्तरमनका भावनाहरुलाई प्रतिनिधित्व गर्दै यो गजलको प्रयास उहाँहरुमा समर्पित गरेकी छु। कसैको भावना प्रति ठेस पुग्न गएमा माफी चाहन्छु ।

परदेशी माया

4

Category:

देउराली भर्‍ज्याङ्लाई साक्षी राख्दै
पाखा, पखेराहरुलाई माया मार्दै
तिमी पस्यो मुग्लान पारी ,
मेरो आँखाबाट दुर भैइ यहाँ एक्लै छाडी..

मेलापातमा भुले कहिले म त
गाउँ र बेसीँ गर्दै दिनहरु बिताएँ..
रोधीँ र घाँटुहरुमा तिमीलाई कति सम्झें,
मान्छेहरुको हुलमा पनि आफुलाई नितान्त एक्लो पाएँ..

औंला भाँची भाँची दिनहरु बिताउथेँ,
पिढीँको डिलमा बस्दै तिम्रै बाटो कुरी बस्थेँ,
कति उराठिला हुँदा रहेछन् प्रतिक्षाका दिनहरु..
सार्‍है पिडादायी हुँदा रहेछन् बिछोडका यी पलहरु..

दिन बिते,हप्ता बिते, बिते कयौं महिनाहरु,
न त पाए पत्र तिम्रो न त कुनै खबर नै..
आँफैले सान्तवना दिदैं मनलाई सम्हाल्दै गएँ..
भोलिको आशमा,अतितका दिनहरुसँग डुबुल्की मार्दै गएँ..

तर कल्पना, कल्पनामै सिमित रहयौ,
आएनन् कुनै मन बुझाउने चिट्ठीहरु..
मेरो माया कुशल नै छौ र तिमी त्यहाँ ?
कतै घोर दु:खमा परेको त छैनौ परदेशमा ?
मेरा आशुँहरुको चित्कारले छोएन होला तिम्रो मुटुमा ?

सोच्छु कतै तिमीले गाउँले माया भुलिदियौ कि ?
भगवानलाई भाकी खाएका कसमहरु तोडिदियौ कि ?
साथै बुनेका सारा सपनाहरु बिर्सिदियौ कि ?
यी सङ्ला खोला नालाहरुलाई भुलि ,
बिदेशी रमझमलाई पो अगाँल्यौ कि ?

गजल

8

Category:

ब्यथाहरु मनमै लुकाइ हाँस्नुपर्छ किन?
खुशीहरुलाई काखा लगाइ बाँच्नुपर्छ किन?

जीवन हो घाम छाँया,मिठो छ भन्दा
मुस्कान थोरै,आँसु धेरै साँच्नुपर्छ किन?

परिस्थितिको दासी भइ सधैँभरी हामी
नचाहदाँ पनि बन्धनलाई बाँध्नुपर्छ किन ?

नजरको दोष भनौ या समयको खेल हाम्रो
अतितको भुललाई बर्तमानमा दाँज्नुपर्छ किन?

जिउनु त पर्छ,मनको बाँधलाई रोक्दै पनि
टुटेफुटेको मनलाई फेरि गाँस्नुपर्छ किन ?

जुन

0

Category:

तिमी जुन...
अँधेरीमा ढकमक्क बलेकी छ्यौ
त्यो सुनसान रातमा,
मन्द शीतल पवनमा..
कहिले बादलहरुको घुम्टोहरुसँग
आफ्नो दिब्य मुहार लुकाउदैँ
कहिले जुनकिरी जस्तै ताराहरुसँग
लुकामारी खेल्दै..
प्रकृतिका चक्रहरुलाई आत्मसात गरी
रात्री आकाशलाई आफ्नै बशमा राख्दै..
सारा अन्धकार धर्तीमा
प्रकाशका किरणहरु छर्दै..
उस्तै गरी हररात चम्किरहेछौ
तिमी जुन...
जो अपार छ आँफैमा
जो निश्चल छ व्यबहारमा
जो एकाकार छ संसारमा
यिनै प्राकृतिक संरचनालाई
पूर्णता दिने क्रममा..
तिमी बिशाल आकाशको छात्तीमा
एक भैइकन पनि सबल छौ
तिमी जुन...
तिमीलाई छुन,तिमी भा ठाउँ पुग्न
तिमीलाई नै दाँज्छन हरेक प्राणी आज
मानब जीवनमा अन्योन्याश्रित
सम्बन्ध गाँसेकी
साथै यो पुरै भौतिक संसारकै
तिमी एउटा अभिन्न अँग
तिमी जुन...

गीत

0

Category:

माया गरी साँचिरहन्छु प्रीतभरी तिमीलाई
मन भित्र बाँधिरहन्छु सधैंभरी तिमीलाई

तिम्रो मोहनी नयन भित्र डुबिरहन पाउँ
जिबनका हरपल तिमी सगैँ रमिरहन पाउँ
मेरा सारा जिबन,आत्मा पनि तिमीलाई
म भित्रका प्यास जति सारा तिमीलाई

सम्हालेकी छु मुटु मेरो,तिमीलाई दिउँला भनि
पर्खेकी छु दिनरात्, तिमिसगैँ साटुँला भनि
म भन्नु नै तिमी हौ, मेरा सबै तिमीलाई
सजाउनु सधैं दिलमा अब,अर्पिदैछु तिमिलाइ

गजल

3

Category:

जिबनका सुख दु:ख साँच्न पाए हुन्थ्यो
अधरमा मुस्कान छरी बाँच्न पाए हुन्थ्यो

धेरै छन् ओकाली ओराली यात्राहरुमा हाम्रो
यसैसँग सुन्दर भबिष्य गाँस्न पाए हुन्थ्यो

हार्नु अनि जित्नु त जिबनको पाटो यहाँ
कमजोर नभइ आँसुमा नि हाँस्न पाए हुन्थ्यो

हिंड्नु छ अझै धेरै लक्ष्य सम्म पुग्न
चुनौतीलाई सामना गर्दै आँट्न पाए हुन्थ्यो

होलान्, आउँलान् थुप्रै संघर्षका मैदानहरु
फल्दै,फुल्दै अनुभबहरु बाँड्न पाए हुन्थ्यो

सपनीमा तिमी

1

Category:

आज राती सपनीमा तिमी सुटुक्क आयौ
मेरो मनोकामनालाई पूर्ण बनाइदियौ..
तीजको पर्व नजिकिदैँ गर्दा ,
आमाको आभास दिलाई फेरी बिलाई गयौ..

म त हरेक रात पर्खने गर्छु तिमीलाई,
पलपल तिम्रै सम्झनामा बिताउने गर्छु..
तिमी त टाढा छौ म देखि धेरै टाढा
तर तिमीलाई म भित्रै हरपल अगाँल्ने प्रयत्न गर्छु..

खै ! आमा किन हो अचेल तिम्रो सम्झनाले,
साह्रै सताउने गर्छ मलाई ..
शायद तिमीले पनि त्यहाँ मलाई
बेजोड सम्झिरहेको हुनुपर्छ..
प्रतिक्षाको घडी हेर्दै,
दिनरात बिताइरहेको हुनुपर्छ..

आमा कहिलेकाही एक्लो भई बहकिदाँ,
तिमी मेरो सामुन्ने नहुँदाको पिडाले झन उराठिन्छु..
तिम्रो माट्रुशुलभ कोमल स्पर्शमा,
आकुल ब्याकुल यो मनलाई
थोरै भएपनि शीतलता दिन चाहन्छु..

म शब्दमा त ब्यक्त गर्न सक्दिन कहिले,
तिम्रो अभाब म मा कति खट्किएको छ भनेर
जब जब म कमजोर हुन्छु, निरास हुन्छु..
तिम्रो ममतामयी काख र प्रेरणादायी साथहरुको,
अनुपस्थितिमा म एकदमै बिचलित हुन्छु..

त्यसैले त म सात समुन्द्र पारी देखि ,
प्रत्यक रात तिमीलाई पुकारीरहन्छु..
यो मेरो तुहिएको, हतासिएको मनलाई
तिम्रै मार्गनिर्देशनमा,
मैले चालेका हरेक पाइलाहरुलाई
सफल गोरेटोहरुमा दोर्‍याउन चाहन्छु..

गजल

1

Category:

नजानि नजानि पनि आज गुन्न मन लाग्यो
नजाने गाउँको बाटो फेरी बुन्न मन लाग्यो

छैन राम्रो,मिठा शब्द न त उस्तै मिल्ने छन्द
तैपनि किन हो खै कनिकुथी तुन्न मन लाग्यो

साहित्य आकाशलाई नै साक्षी राखी आज
बिशुद्ध माटोमा फुल भई फुल्न मन लाग्यो

बालेकी छु विश्वासको दियो, छुनलाई त्यो तारा
छैन दुरी धेरै,आशाका ताराहरु गुन्न मन लाग्यो

सिक्दै जाउँला, लेख्दै जाउँला यसैगरी अब
प्रयास गरे असम्भब छैन चुन्न मन लाग्यो

साँचेकी छु सुख दु:ख, बाँडेकी छु यात्रा
पराई नसम्झे,आफन्त झै सुन्न मन लाग्यो

गल्ती भए माफ पाउँ, सही भए साथ
सधैंजसो मित्रताको माला उन्न मन लाग्यो

गजल

4

Category:

तिमी र म,मायाको साथहरु मिठो मिठो
सगैँ बुनेका,पिरतीको बातहरु मिठो मिठो

गन्तब्य त हामी दुबैको एउटै थियो
घुम्तिहरुका ती यादहरु मिठो मिठो

कल्पनामा हराइ भबिष्य उनेथ्यौँ सगैँ
साथै सगाँलेका आशहरु मिठो मिठो

कहिले घुर्क्याइ नबोलि बस्दा तिमी
प्रियतमको कोमल हातहरु मिठो मिठो

तिमी बिना एक्लो हुँदा आज
स्मृतिका पिपल पातहरु मिठो मिठो

एउटै मुटु दुइतिर धड्किदा खेरि
भुलेका ती मातहरु मिठो मिठो

बिचरा ! जाजरकोट..

1

Category:

Photo:News of Nepal
नुन छैन,तेल छैन,छैन जीबनजल
अकालमै म्रुत्युको सिकार भैइरहेछन ती बझौरेहरु..
सरर प्लेनमा दृष्यावलोकन गर्दै भ्रमण गर्छन्
हाम्रा नेता भनौदाहरु..
फेरी ती सोझा,गरिब जनताहरुलाई
उस्तै गरी पहिर्‍याउँछन आश्वासनका मालाहरु..
जब फर्कन्छन कान्तिपुरी नगरी
कानमा तेल हालेजस्तै केही थाहा नपाए झै गर्छन्..

अनि यता हाम्रो स्वास्थ्य मन्त्री चाँही
जर्मनको हावामा सास फेर्दै फुर्सद छैन..
यता जाजरकोटदेखि राजधानीसम्म
चित्कार नै पुग्दैन..
कहिले औषधीको अभाब त
कहिले स्वास्थ्यकर्मीको..
असहाय र बिरामी जनताका सेवकहरु पनि
आफ्नै ज्यानको मोहमा रणभुमिमा डराइ,
सुटुक्क सुरक्षित स्थानतिर सर्छन ..

कठै ती बझौरेहरु! नेपाली हुनुको पिडामा
मनभरी बह बोकी कोही बँसाई सर्दैछन..
कोही आफ्नै भुमिलाई गर्‍हौ मुटुले सलाम गर्दै
छिमेकी मुलुकतिर पलायन हुँदैछन..
खै त देशले के रक्षा गर्न सक्यो र आफ्ना जनताहरुको?
कहिले प्रत्याभुति दिलाउन सक्यो र सुरक्षित भबिष्यको?
त्यति बिघ्न हैजाको महामारी फैलिएर
सबैजसो पश्चीमेलीहरु नराम्रोसित प्रभाबित भैरहँदा पनि
के ठोस पहल गर्न सक्यो र सरकारले ?
त्यो बिकराल माहोललाई मात्र मौन भैइ नियालिरहे..

धिक्कार छ! हाम्रो नेपाल सरकारलाई
ज्यादा त ती कर्तब्यबिमुढ नेताहरुलाई..
जो बस्तुस्थिती जान्दा जान्दै पनि
मानबताको गहिराइबाट अलिकति पनि
माथि उठ्न नसकी बस मुकदर्शक भैइ हेरिरहेछन्,
ती विवस जनताहरुलाई..
जो झिनो आशामा अझै
जीबनदान र आधारभुत आवश्यकताहरुको
शरणार्थी झै भिख माग्दैछन्..

मन

3

Category:

यस्तो गरौँ,उस्तो गरौँ
यहाँ जाउ, त्यँहा जाउ
यी सबै मनका ईशारा..
तर वास्तवमा कसलाई के थाहा ?
कहाँ छ यो मन? कस्तो छ यो मन?
आभास गर्छौ आँफैभित्र,
तर आकार छैन..
छ यो सबैभित्र सधैं ,
तर ठोस पहिचान छैन..
कहिले अनायासै बाटोहरु बिराइदिदाँ
सम्हालिउँ भन्छ..
कहिले नियन्त्रणमा राख्न खोज्दा
थाहै नपाई भागिदिन्छ..
कहिले त्यसै अत्तालिदिन्छ
फेरि एकैछिनमा कहाँ कहाँ उड्न पुग्छ..
कोही पराइलाई एकै पलमा
आफ्नो ठानिदिन्छ..
कसैलाई बर्षौ देखि जाने पनि
पराइ बनाइदिन्छ ..
एक अञ्जुली मुस्कानसगैँ
सारा ब्यथा भुलिदिन सक्छ..
कसैको खुशीको निम्ती
आफुलाई बलिदान गरिदिन सक्छ..
कहिले खुशीहरुको लहरसँग
कल्पनामा रमाउन पुग्छ..
कहिले आँसुहरुको सागरमा
पुरै संसार नै अध्याँरो देख्छ..
गुमाउँदाको पिडामा पनि यो
त्यागको उत्सब मनाउन सक्छ..
कहिले पाउनुको हर्षमा
दोसाँधमा पनि बाँधिन सक्छ..
तर म त अझै अनभिज्ञ नै भएँ,
बुझ्न सकिन रहस्य यो मनको..
जान्न सकिन अर्थ यो मनको..
तपाईंहरु नै भन्नुस् न
के होला यो मन ?
कस्तो होला यो मन ?

आश्वासन जडित नेताहरुमा समर्पित

4

Category:

फोटो साभार: अन्नपूर्ण पोष्ट

नयाँ नेपाल बनाउँछु भन्थे हाम्रा नेताहरु
आफ्नै धोती स्याहार्न भ्याउने हो,होइन

घाँटी फुल्ने गरी भाषण गर्छन्
बिचरा!देशको मुहार फेरिएको होइन

संबिधान मात्रै नयाँ नयाँ
नियम कानुन माथिकालाई लाग्ने होइन

हुँदो न खाँदोको आश्वासनसँग
सिद्दान्त छन मिठा,व्यबहारमा लागु हुने हो होइन

बजारमा भाउ बढ्या बढै,छुइ साध्य छैन
अर्थमन्त्री हाम्रो फेरिने हो होइन

गरीब, दुखी जनता मरे मरुन्
तिम्रा ब्यञ्जन घट्ने होइन

सिंगारपटार गर्नु बजेटलाई चारैतिरबाट
कतै झुक्किएर चुहिने त होइन

आफ्नो कुर्सी थमाइ हाल्यौ
अब पीर बाँकी केहीको छैन

नाच्,नचाउ आफ्ना जतिलाई
फेरी यो मौका आउने हो होइन

सकेसम्म घुम्नु स्वदेश्,बिदेश
तिम्रो ढुकुटी रित्तिने होइन

साँचो नेता बनि टोपल्नु
तिम्रो टाउको रत्ती दुख्ने होइन

टेबलमुनि लुकामारी खेल्नु
अख्तियारको आँखा पर्ने हो होइन

मरसिडिजमा उफरखुट्टी लाई यात्रा गर्नु
जनताका पसिनाको मुल्य तोकिने हो होइन

तिम्रै छ दिन, गर्नु जति गर आजै
भोलिको दिनमा तिम्रो भर छैन

समुन्द्र र म

7

Category:


तिमी बगिरहेकै छौ निरन्तर-निरन्तर
म किनारमा बसी अबलोकन गरिरहेछु..
कहिले छाल बनि उर्लिन्छ्यौ त
कहिले शान्त भैइ छल्किरहन्छ्यौ..
यो पसिना छुट्ने गर्मीमा पनि
तिमी मन्द पबन बनि शीतलताको आभास दिन्छ्यौ..

म जति दृष्यावलोकन गरिरन्छु तिमीलाई
तिमी उती नै अनन्त,म पुग्न सक्दिन त्यो बिन्दुसम्म..
मात्र केबल कल्पनामा डुबुल्की मार्दै तिमीसँग झुम्न सक्छु..
ढुङ्गा र किनाराहरुसँग मितेरी गाँस्दै तिमी
क्षितिज पारी कहाँ हो कहाँ बगिरहन्छौ उस्तै गरी..
कति आए होलान् बादल,बर्षा र प्रचन्ड घाम
तर ओत लाग्न जान्दैनौ तिमी ..
शिषिरको तुषारो न ग्रिष्मकालीन याम
खै त फरक खोज्न जान्दैनौ तिमी ..

शायद तिमी अनुभब गरिरहेकी छौ
सागर तिम्रो गन्तब्य बनि तिम्रै पर्खाइमा कुरिरहेको छ..
त्यसैले तिमी कसैसँग केही प्रतिकार नगरी
बिना गुनासो र मागहरु बिना नै
हिडिरहन्छौ यात्रामा आदी देखि अनादी सम्म..
झरना,खोला अनि नदीहरुका संगम भै
बिशाल सागरको गहिराइभित्र समाहित हुने उमंगमा..

म उभ्याउन चाहन्छु आफुलाई आज तिमीसँग
र दाँजिरहेछु आँफैलाई मेरो पृष्‍ठभुमिसँग..
म एउटा मान्छे जो सजीबहरुकै सर्बश्रेष्ठ कोटीमा राखिएको छ..
म बग्न सक्दिन तिमी जस्तै अटुट
म अल्झिन्छु,टुक्रिन्छु र कहिलेकाँही त्यसै अलमलिन्छु..
म बन्न सक्दिन तिमी जस्तो अमुर्त र अजर
म प्रतिकार गर्छु र बाँच्नको निम्ती संघर्ष गरिरहन्छु..
तर तिमी मेरो हिम्मत हुन सक्छौ र प्रेरणाको स्रोत पनि
म हिंड्न सकुँ निरन्तर मेरो लक्ष्यसम्म पुग्न
जसरी तिमी एकनास बगिरहन्छौ सागरको मिलनमा..
म रम्न सकुँ र यो जिबनलाई सार्थक बनाउन सकुँ
तिमी जस्तै निष्पक्ष आदर्श एउटा मानबको रुपमा..

टुहुरोको ब्यथाहरु

3

Category:


हे दैब! तिमीले मेरो संसार चुँडाइ लग्यौ किन?
अन्धकारमा धकेलि सबैबाट रित्तो बनाइदियौ किन?
सडक पेटी नै मेरो बासस्थान भयो अब..
फ्यालेका बासी,सडेगलेका खाना नै मेरो आहार भयो अब..
ति फोहोरका डुङँरहरुसँग खेल्दैमा मेरो बालपन गए अब..
जाउँ कहा,कसलाई गुहारुँ? आफु नै लुटिँदा खेरी..
बाल अधिकाराको त के कुरा ?
गुलियो नारा र बिदेशीका डलर मात्रै
रित्याउने भाँडो भएपछि..
अब केबल एउटा धौ बाँकी भयो,
यो जिबनरथ लाई अघी बढाउँ म कसरी ?

पुकारीरहेछु एक्लै यहाँ आकाशमा हेर्दै तिमीलाई
चित्कार तिमीले मेरो सुन्यौ कि सुनेनौ ?
तिम्रो यो तारालाई फुलको थुगाँ बनाउछु भन्थ्यौ,
तर आज तिम्रो अनुपास्थितिमा
कोपिलामै रङहिन भएछु..


तिम्रो ममताको आभासले मलाई सधैं पिरोलिरहन्छ..
तिम्रो काखमा अरु झै लडिबुडी खेल्न मन लाग्छ..
मान्छेहरुले मलाई उपहासको पात्र बनाउँदा कहिले,
म टुक्रिन्छु सिसा जस्तै,
अबिरल बग्दछन आँसुका धाराहरु उस्तै..


त्यसैले आइदेउन तिमी मात्र अन्तिम पटक फेरि,
बाँधिदेउन मलाई तिम्रो न्यानो अगाँलो भरि..
म हेर्न चाहन्छु संसार तिम्रो आँखाबाट..
र फक्रिन चाहन्छु म तिम्रै कोमल स्पर्श,माया र प्रेरणाबाट..
म लम्किन चाहन्छु बिजयपथमा तिम्रै हात्तेमालो बाट..
र पूर्ण बनाउन चाहन्छु आँफैलाई त्यो एक्लोपनबाट..
बिन्ती छ! आइदेउन तिमी मेरो छायाँ बनि फेरि,
म प्रतिक्षारत छु तिम्रै लागि सपनामै भएपनि..

भो नसोध मलाई

9

Category:



भो नसोध मलाई मेरो जन्मभुमिको बारेमा,
भित्रभित्रै कहाली रोइरहेको बेला।।
भो नहाँस तिमी मेरो राष्ट्रियता प्रति,
अखण्डता एक एक भैइ टुक्रिरहेको बेला।।
भो नदेखाउ मलाई चन्द्र सुर्य जडित,
मेरो देशको पहिचान बोकेको झन्डा,
एक्लै रोई आँसुहरुको ढिक्कासँग फर्फराइरहेको बेला।।
भो नझस्काउ मलाई मेरो माट्रुभुमिको बारेमा,
नेपाल आमाको आँसु पुछ्न नसकिरहेको बेला।।
भो नभन मलाई नेपाली एकता र बिजयको बारेमा,
एकीकरणका ईतिहासहरु दिनदिनै बिर्सिरहेको बेला।।
भो नसम्झाउ मलाई हाम्रा वीर सहिदहरुको बारेमा,
उनका रगत र पसिनाहरुको मुल्य खेर गैइरहेको बेला।।
भो नसोध मलाई बुद्ध जन्मेको धर्तीको बारेमा,
अशान्तिको दियो दनदनी बलिरहेको बेला।।
भो नजिस्काउ मलाई हाम्रो सगरमाथाको उचाईसगैँ,
लाजले सानो भैइ शिर झुकाइरहेको बेला।।
भो नसोध मलाई हाम्रो परम्परा र संस्कृतिको बारेमा,
पुर्बीय सभ्यताले बलियो जरा गाडिरहेको बेला।।
भो नसम्झाउ मलाई मेलापात र लाखे नाचहरुको बारेमा,
समयको प्रभाबसगैं लोप भैइरहेको बेला।।
भो नसोध मलाई देशका सक्षम जनसक्ति हरुको बारेमा,
गाउँ,बस्ती,सहर र देश रित्तो भैइरहेको बेला।।
भो बर्णन नगर मलाई राजनीतिज्ञ त कुटनितिज्ञ हरुको बारेमा,
छेपारोको रुप देखाइ सत्रु हँसाइरहेको बेला।।
भो नसुनाउ मलाई हाम्रा खोक्रा नेताहरुको बारेमा,
खुट्टा तान्ने खेलमा लछारिदैँ पछारिदैँ देश लुटिरहेको बेला।।
भो नसोध न मलाई मेरो अस्तित्वको बारेमा,
हाम्री साझा आमाको अस्मितामा ठेस लागिरहेको बेला।।
भो खिल्ला नगर न मेरो माटोको सुबासको बारेमा,
जहाँ सार्बभौमसत्ता अलि अलि गर्दै बेचिरहेको बेला।।
भो सान्त्वना नदेउ मलाई म बेसहारा भएपनि,
एकार्काप्रतिको सदभाब र सहयोगी हातहरु हराइरहेको बेला।।
भो दया नगर्नु है मलाई,म बाट सबै खोसिए पनि,
भित्रै देखि कमजोर भैइ देश दुखिरहेको बेला ।।

2

Category:

म एउटा सोझो हली

म मेरो नाम बाट कहाँ चिनिन्छु र ?
सादर भाब राखी मलाई को बाट बोलाइन्छ र ?
हात मुख जोर्न खर्चिन्छु पसिना म,
रात दिनै अर्काकै धर्तीमा॥
जति दु:ख गरेनि मन खुशी पार्न गार्हो छ साहुको,
धनको धनी भएपनि म त साँचै गरीब छ उनको..
काम चाँही देख्दैनन्,दाममा भने आँखा गाँढेकै छ..
उस्तै हिजो थियो कम्लहरिको कथा,
आज पनि त्यस्तै दासीको ब्यथा सल्बलाइरहेकै छ॥
समाज हुर्किरहेकै छ शोषित बर्गबाट,
जसरी तसरी गरीब निमुखा हरुलाई,
खुट्टा मुनि राख्ने चलन अझै पनि जारी नै छ।

लम्किन्छु हलो ,जुवा र हँसियाका साथ बिहानी घामसगैँ,
र पाथी बोकी फर्किन्छु खरको छानामा,
जुनको उज्यालोसगैं भोलिको आशामा॥
जहान बच्चा पर्खि बस्छन मलाई,
मुख ताकी बस्छन मेरो,पेटको भारी बिसाउनलाई..
म नहुँदो हो त,त्यो माटोको अगेना पनि
सुनसान भैइ टोलाइरहन्थ्यो होला॥
अरु त त्यस्तै भयो,
भोकको तिर्सना पनि पानीले मेटाउदैं,
निदरीको काखमा गुटुमुटु हुन नि धौ-धौ पर्थ्यो होला..
सुनेको छु,देखेको छु मैले पनि संसार,
मानिसहरु भब्य बंगलाहरुमा,
ती बिलासीताका बस्तुहरुसँग रमाइरहेका छन॥
आफुलाई हेर्यौ यतै प्वाल्,उतै प्वाल,
बर्षामा पानी चुहिएर ठाउँ ठाउँमा
कुचिएका भाँडा थाप्नुपर्ने..
जाडोहरुमा ती कठोर शितहरुसगँ,
न्यानो कपडाहरु बिना काँपिरहनु पर्ने॥
अरु बच्चाहरु कापी कलम च्यापी स्कुल जाँदै गर्दा,
कठै! मेरो नानीहरु त्यो भत्केको आँगनको डिलमा बस्दै
टुलुटुलु ओझेल नपरुन्जेल हेरिरहन्छन॥
ति अबोध र निर्दोष बालपनलाई
मैले चाहेर नि सिङार्न नसक्दा,
मेरो मन त्यसै त्यसै भक्कानिन्छ..

गर्न सम्म दु:ख गरेकै छु,घाम्,पानी,जाडो केही नभनि ,
न चोरेको छु,न त कसैलाई ढाँटेर बाँचेको छु..
दिन प्रतिदिनको कथा उस्तै,ब्यथा त्यस्तै
दुई छाक टार्न पनि मलाई यस्तो पिर,
गर्न सक्दिन म पुरा यिनका आधारभुत आवश्यकताहरु..
म सोच्न वाध्य छु अहिले ,
मैले थानेको थिएँ,यिनिहरु मै मेरो सामर्थ्य हुन..
तर मैले कसरी भुले मेरो कटु सत्य?
म एउटा मात्र बिबश हली..
जो बन्चित छ,समानताको आवाजहरुबाट..
जो लुटिएको छ,आफ्नै जिन्दगी,सपना र रहरहरुबाट..
जो कोसौ टाढा छ,सुख,शान्ती र सुनौलो भबिष्यबाट..
जो गरिबिको रेखामुनि जिबन गुजारिरहेको छ..
जो सामन्तीहरुको थिचोमिचोमै पिल्सिरहनु परेको छ..
जो पसिनाको खोला बगाइ एक पाथी चामलकै निम्ती,
सारा जिबन ओझेलमा पार्नु परेकै छ..
र म बाँचिरहन्छु उस्तै गरी अनि मेरा सन्तानहरुले,
मेरै बिडोँ नथामी कहाँ सुख पायो र ?
त्यही बाँच्नु र बचाउनुको पिडामा त अड्किरहनु परेको छ..

परिवर्तनका ढोकाहरु हाम्रो पहुँचमा कहाँ पुग्नु?
अझै आफ्नो पहिचान गुमाउनु छदैँछ..
उज्यालो गोरेटाहरुको सिर्जना कसरी गर्नु ?
म कालो अक्षर भैंसी बराबर जस्तै छु..
नियम कानुनका किताबहरु मलाई के थाहा?
त्यो एकमुठी सास धान्नमा नै म ब्यस्त हुनुपरेको छ..
जिबनस्तर उकास्ने बिभिन्न सैदान्तिक र व्याबहारिक
तरिकाहरुले मलाई कसरी छुन्छ ?
म केबल अरुको सुन्नु र आदेश मान्नुमा नै
कर्तब्यनिष्ठ ठहर्नु परेको छ..
अनि भनन मेरा अनन्त बिरह र बिलौनाहरु सुन्ने कसले?
जो अरुको निम्ती आजको एक्काइसौँ शताब्दीमा,
मात्र एउटा अनपढ,पाखे,झुत्रे गाउँलेको रुपमा चिनेको छ..
त्यसैले म सधैं झै ती निराशाका बादलहरुमा रुम्मलिदैँ,
कहिले चाहेर जिबन बाँच्न चाहन्छु..
र कहिले नचाहेर पनि हाँस्न चाहन्छु..
त्यही खेतका डल्लाहरुसँग..
त्यही हँसिया र कुटो कोदालो हरुसँग..
त्यही गाइगोरुका अपरिचित भाषाहरुसँग..
त्यही एकपाथी चामल पाउने आशासँग..
त्यही परिवारको खाँचो टार्ने सानो सपनासँग..
हो,म एउटा बिल्कुल सोझो हली...


मित्रताको नाममा समर्पित

4

Category:

मैले चाहे भन्दा धेरै,मैले मागे भन्दा ठुलो उपहार हौ तिमी ,
किनकी तिमी मेरो साथी,मेरो मनको साथी जिबनभरी..
जबजब म हड्बडाउँछु,तिमी त्यँहा हुँन्छौ सम्हाल्न मलाई,
मेरा कमजोरीहरु औल्याइदिन र मलाई राहत दिन..
बुझाउन मलाई अनि बाटोहरु देखाइदिन..
तिमी त हौ मेरो भरोसाको प्रतिमुर्ती,
जसरी तिमी हरेक दु:ख सुखमा त्यही हुँन्छौ ..
तिम्रो न्यानो सहानुभुति सहित देखा पर्छौ ..
जहिले म एक्लो महसुस गर्छु,
तिमिले एक्लोपनको आभास हुन दिदैनौ..
जब म थकित भैइ सपनाहरु धमिलो देख्न थाल्छु,
तिमीले सुनौलो आशाहरु जगाइदिन्छौ..
थाहा छैन म कसरी अभिब्यक्त गरुँ आँफैलाई,
तर तिमीले हजारौं बाटोहरु पहिल्याइदिन्छौ..
न त तिमीले मलाई हतास हुने मौका दिन्छौ,
न त निरास भैइ सुन्यमा कतै हराउन दिन्छौ..
तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,
मेरो सफल जिबनको सिढिँहरु बन्न सक्छौ..
तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,
अटल विश्वाश र संजिबनी हुन सक्छौ ..
त्यसैले त म भन्ने गर्छु तिमीलाई,
तिमीबिना शायद म अपुरो छु,अँधुरो हुनेछु..
केबल यस्तै भैरहनु,परिवर्तन नहुनु कहिलेपनि,
म तिमीलाई गुमाउन चाहन्न,
तिमी मेरो प्रत्यक पलहरुको साथी..
भौतिक रुपले हामीलाई अलग्याए पनि,
तिमी त्यही हुनेछौ मेरो आडमा..
तिम्रा न्यानो साथहरु त्यही हुनेछन,
हाम्रो मित्रताको हातहरु कहिले बदलिने छैनन् ..
म साँचै भाग्यमानी ठान्छु आँफैलाई,
तिम्रो आगमन मेरो लागि एउटा छुट्टै पहिचान ..
अपेक्षा गर्छु म तिमीबाट,हर कोणहरुबाट,
तिमी त हौ मेरो पाइला-पाइलाको साथी..
शब्दहरुमा आभार ब्यक्त गर्न सक्दिन म,
मेरो जिबनमा तिमी हुनुको अर्थ..
मात्र एउटा कामना छ अन्तर हृदय बाट नै,
तिमी नै भैइदेउ मेरो जनम्-जनमको साथी..