मेरो दृष्टिमा

4

Category:



अझै प्रस्ट नदेखिएका चित्रहरु
यी रित्ता पानाहरुमा कोरुँ भन्छु
भावनाका तरेलीहरुलाई सम्बोधन गरी
यही कोरा कागज भित्रै सजाउँ भन्छु
तर फेरी ,
बिम्ब, भाव र प्रतिकको
यावत नियम कानुन र आकार प्रकारको सिमाभित्र
मेरो यो भर्खर पेटभित्र हुर्किदैँ गरेको सन्तान जन्मिन नपाउँदै
सिमाना वारीपारी बाट नै थिचोमिचो भई
गर्भभित्रै मर्ने हो कि भन्ने मेरो कमजोर डरहरुले
स्वतन्त्रतामा एउटा पन्छी जस्तै उड्ने मेरा रहरहरुलाई
कहिलेकाहिँ त्यसै खल्बलाए जस्तो गर्छ ..

फेसबुकमा दर्जनौं रचनाहरु दिनहुँ ओइरो लाग्छन्
ब्लगका भित्ताहरुमा प्रत्यक दिन त्यसैगरी
नयाँ कोशेलीहरु झुण्डिरहेकै हुन्छन् ..
कोही नयाँ युग चेतना बोकी
नौलो शैलीको प्रयोग अनि त्यस्तै आशा र अपेक्षामा
विश्व माझ टक्कर लिने विश्वाश सहित
निर्धक्क छाती फुलाइ अघि बधिरहेका छन् ..
त कोही परम्परागत भावलाई प्राथमिकता दिई
यसैलाई निरन्तरता दिनुपर्छ भन्ने प्रेरणाले उत्प्रेरित भई
आफ्नो मौलिकत नगुमाऔँ भन्ने अनुरोधमा घाँटी सुकाइरहेछन् ।

यिनै पारम्पारिक,आधुनिक र उत्तराधुनिक बिचको
साहित्यिक बिचार , बिमर्श र लक्ष्यको द्वन्दमा
म पिल्सिएको एउटा बिचरा कलिलो अनुहार
ठीक , बेठीकको गणना नगरि निर्दोष बालक झैँ
यसरी नै हावामा बोल्छ यथार्थ
उड्छ मन अघाउन्जेल सिमारहित चारैतिर
पोख्छ दिनका अनुभवहरु हरेक रातको बिसौनीसँग
लेख्छ ज्वलन्त ईतिहासका किताबहरु भोलिका लागि
आलोचना,समालोचना र बिपक्षीहरुको तर्क वितर्क हरुसँग
अनवरत यात्रा जारी राख्छ , एउटा सवल प्रमाण लिएर ..

जसले पचाउँदो शिर्षक नै किन नपाओस्
जसलाई पूर्ण स्वरुप प्रदान गर्न नै किन नहिच्किचाओस्
न त यो कसैले रोकेर रोकिन्छ
न त यो कसैको धम्काइमा डराउँछ
बश,
यो त चुली नै रहन्छ शिखर छुनलाई
चालिएका पाइलाहरुलाई सार्थकता दिलाउनलाई ..
बिचार हरुको भिडमा आगन्तुक आवाजहरुको
अनौठो छाप अनन्त सम्म छोड्नलाइ ..
नेपाली साहित्य फाँटलाई सवैको नजरमा
स्वतन्त्र अगाँली हात्तेमालो गरी उकास्नलाई ।।

जीवनका अनुत्तरित प्रश्नहरु

3

Category:



समयको भुमरी अनि परिस्थितीको खेलहरुमा
जीन्दगीको लडाईं पाइलै पिच्छे गर्नु पर्ने
कहिले अर्काको लागि बाँचिदिनुपर्ने
कहिले आफ्नै लागि मर्नुपर्ने
कहिले यही मनलाई ताल्चा मार्नुपर्ने
त कहिले यसैलाई सम्हाल्दै
सम्झौताका बाटाहरुमा हस्ताक्षर गरि अघि बढ्नुपर्ने
खै जीवनको परिभाषा
यस्तै यस्तै नियतिहरुमा अल्झिदोँ हो

पुरा अर्थ खोज्ने प्रयासमा ,
आशाका दियालोहरुसगैँ
एउटा सुनौलो बिहानीको प्रतिक्षामा
भिन्दा भिन्दै अनुभबहरुले
जीवन बुझ्ने चाहनाहरुलाई अधुँरो पार्दै
त्यो पुरानो जिज्ञासालाई पछाडि पारी
फेरी नव रसले जीवन प्रतिको मोहलाई
अझ रसिलो बनाउँदो हो
हो , म त यही नै हो भन्थे जीवन

तर ,
जीवनले सधैं मागे जस्तो अधिकार कहाँ पाउँदो हो र ?
अधिकतम कोसिस त हाम्रो यसलाइ
बाँच्नु र बचाउँनुकै चक्रमा अघि पछि दौडीरहेको छ
चाहे त्यो आफ्नो माटोबाट टाढा रहेर किन नहोस्
वा मनको इच्छा र अभिलाषालाई गुम्साएर किन नहोस्
चाहे त्यो आफ्नो अस्तित्वलाई छेलमा राखेर किन नहोस्
लक्ष्य र गन्तब्यहरु एकछिनलाई पछाँएर किन नहोस्

उही एक चौथाइ माडको होडबाजीमा
जीवनलाई कहाँ , कहाँ मात्र जोखिदैँन
कसरी पो यसको स्वरुपलाई बदल्दैनौं
कहिले पो यसलाई रणभुमीमा उभ्याइदैनौँ
र पनि यो बिचरा जीवन
एकतमासले आफ्नै तमासा हेरी बस्छ बिना प्रतिकार
धर्यधारणमा मौन प्रतिक्रिया गर्छ आफैसगँ
तैपनी यसलाई सार्थक बनाउने एउटा सिगोँ विश्वाशमा
यधपि जीवनका अन्तिम पलहरुमा पनि
सम्झाउँदै, बल्झाउँदै प्रश्नहरु तेर्‍स्याउँदै सोध्छ -
हे मान्छे ! तैँले मलाई यथार्थमा बुझेकै हो त ?
तेरो आँखाबाट मलाई छर्लगँ देखेकै हो त ?