मध्यान्न रात अनि सुनसान वातावरणमा
एक्लिएका भावनाहरु
कोठाभित्रका चार भित्ताहरुको साथमा
घडीको टिकटिक आवाजसगैँ बिना गन्तब्य, बिना उदेश्य
कलम आज किन त्यसै त्यसै पौडिन खोज्दैछ ।
तर ,
भावनाहरु कताकता शुन्यतामा सालिन भए जस्तो लाग्छ
आँफै आँफैमा हराए झैँ लाग्छ
कि त बहकिन तयार नै छैनन्
वा मैले बहकाउन सकिरहेकी छैन ।
फेरी, यो बलले गर्ने कुरा पनि त होइन
यो त स्व-स्फुर्त बोल्न सक्नुपर्छ
जसले हरेक पाठकको मन्,मुटु छुन सकोस् ।
भावना, भावना भएर उर्लिनुपर्छ
सिर्जनाका रङहरु लिएर रगिँनुपर्छ
एउटा माहुरीले जसरी फुलबाट रसोस्वादन गर्छ ,
त्यसरी नै रसयुक्त फुल भएर फुल्नुपर्छ
र बगैँचामा बास्ना छर्न सक्नुपर्छ
अनी मानव मस्तिष्कमा ठोक्किने गरी
झट्का लिएर उभिनुपर्छ ।
जसले रचनाकारलाई सन्तुष्टिको आभास दिलाउन सकोस्
र एउटा बिना आकृतिको पृष्ठभुमीलाई
मुर्त रुप दिन दिन सकेकोमा थोरै भएपनी
खुशी बाँड्न र बढाउन सकोस् ।
तर ,
यी सवै सवै आजकल
म देखि रिसाए झैँ गर्छन् ,
घुर्की देखाए झैँ गर्छन् ,
म बाट अलग्गिएर बसुँ भने जस्तो पनि गर्छन् ।
शायद समय र परिस्थिती अन्जान बनिदिएर पो हो कि ?
मन जताततै मनपरि तरगिँएर पो हो कि ?
चाहे धेरै दिन नै म बाट बिछोडिएर किन नबसोस्
मनभित्रको ज्वालामुखीलाई भित्रभित्रै गुम्साएर किन नराखोस्
तर केही अफसोच हुने छैन
किनकी , म तिमीबाट कहिल्यै टाढा हुँदिन ।
बरु म कुरुँला र आँफैसँग गुनासो गरिरहुँला
अनी हाम्रो यो भावनात्मक साईनो
जन्म जन्मानन्तर बचाइँ राखुँला ।
जब सम्म रहन्छ भौतिक शरीर ,
तब सम्म अमर पिरती गाँसीरहुँला ।।
कुन रङको खेलौं होली ?
-
विश्व विद्यालयको डिग्री थन्क्याएर युवाकुरिहेछन् खाडी जाने विमानदेश बनाउने
कसम खाएकाहरू सत्तमा पुगेपछि बेचिरहेछन् इमानकालो छ अँध्यारो छ भविष्य
देशकोछैन सफा ...
2 weeks ago