0

Category:

मनले नबुझेको मन

तिमी सारा जगत रंङिचंगी इन्द्रेणी भएपनि,
म रङहीन भैकन पनि छरिएकी छु।।

तिमीले मेरो अधरहरुलाई कहिले बुझेनौ,
त्यो एक्लोपनलाई आँफैभित्र सम्हालेकी छु।।

गयौ तिमी आफ्नै दुनियाँमा रमाउन एक्लै,
बिछोडका पलहरुलाई माला उनी गाँसेकी छु।।

भावनाहरु क्षतबिक्षेत भैइ कहाली रुँदा जताततै,
पलपल रोईरोई पनि अझै हाँसिरहेकी छु।।

सगैँ बिताएका ती सुन्दर क्षेणहरुको सँगालो,
सम्झनाहरुको दियोसगैँ आँफैलाई जलाएकी छु।।

मुटु यति भारी भई तडपिँदा तिम्रो नाममा,
कनिकुथी शब्दमा ओकल्ने प्रयास गरेकी छु।।

भैगो तिमीले दु:ख नगर मेरो लागि रत्तिपनि,
तिम्रो अनुपस्थितिमा पनि खुशी मनाइरहेकी छु।।

मुस्कुराइरहनु सधैंभरी यसैगरी हर पाइलामा,
तिमीले हाँसेको देखेर म यहाँ बाँचेकी छु।।

खुशीका लहरहरुसित निरन्तर झुमिरहनु,
प्रार्थना तिम्रो लागि भगवानसँग गरेकी छु।।

0

Category:

सैलजा तिमी बाँचिराख
जन्मियौ पूर्वको काख मोरङमा तिमी,
राजनितिक बातावरणमा ओतप्रोत भएकी तिमी,
फलस्वरुप काँङ्रेसको झन्डा समाई अघी बढयो
कहिले छोडिनौ पार्टी जिबनका अन्तिम घडीहरु सम्मपनि,
क्रान्तिकारी काँङ्रेस नेत्री तिमी,
नारीको लागि एतिहासिक उदाहरण पनि तिमी।
जिबन जेलमा बिताएनौ कि, भूमिगत तिमी भएनौ कि,
नौ बर्षे भारत निर्बासनमा तिमी गएनौ कि ? संघर्षको दिनहरु तिमीले काटेनौ कि?
आखिर भयौ पनि सम्मानित मन्त्रि,उपप्रधानमन्त्री पदहरुबाट,
षडएन्त्र र आलोचनाको पात्र पनि भयौ तिमी।
तर तिमी हटिनौ, तिमी डराइनौ,न त गर्‍यो आत्मसमर्पण नै,
गरेउ त केबल पार्टीको निम्ति,देशको निम्ती र जनताको निम्ती।
तर के थाहा थियो र तिमीलाई नै ?
जिबनका तीनबीसका दिनहरु नै यति कठिन हुन्छ भन्ने।
गैइनौ र कहाँ तिमी उपचार गर्न ?
त्यो एकमुठी झिनो सास तिमी भित्रै गाँठो पारिराखन ।
कति लडाईं खेलेयौ होला तिमी, त्यो अल्जाइमर रोगसँग,
तिम्रो आफ्नै जिबनसँग , ती अतितका पानाहरुसँग ।
तर कोही बुझ्न आएनन तिमीलाई, तिम्रा ती त्यागहरुलाई सम्झेर,
आए त केबल ढोङ गर्न,कोही आइपुगे त तिम्रो मृत शरीरमा फुलहरु फ्याँक्न,
कसैले लगाईदिए अबिर, कसैले ओढाईदिए पार्टीका झन्डा,
पूजा गरे, ढोगे र चर्किए तिम्रो अमरताको लागि।
तिमीले केही सुन्यौ र सैलजा ? देख्यौ र कतै तिमीले यो रमिता ?
कठै ! किन भैदिएन यो? जहिले तिमी थियौ यहाँ जिउँदै।
बुझिदिएनन मान्छेहरुले सत्य जिबनको,
तेसैले त ओइरिए सबै, जब छोडेयौ संसार भबसागरको
स्रदाञ्जली तिमीलाई सिर्जिदैछु म,सारा नेपालीको प्रतिनिधित्व गर्दै,
तिम्रो आत्माको चिर शान्तिको कामना गर्दै,
सैलजा तिमी सधैं यसैगरी मरीमरी बाँचिराख है ।
तिम्रा हरेक सिदान्तहरु अर्को नयाँ जन्मको लागि साँचिराख है।।

One Of My Favourite Song !

0

Category:

0

Category:


तिमी मेरो बनिदेउन

म पर्खिबसेकी छु ती घुम्टोहरुलाई,
तिमी बादल बनि आइदेउन..

म रमाउन सक्छु तिम्रो बिशाल छातीमा,
तिमी आकाश बनि आइदेउन..

तिमीभित्र कतै म हराउन चाहन्छु,
तिमी मेरो आँखीझ्याल भएर हेरिदेउन..

म रुझिदिउला बरु तिमीसङै सधैं,
साउनको झरी बनि तिमी आइदेउन..

अबिरल फक्रिरहन सक्छु तिम्रो कोमल स्पर्शमा,
तिम्रो आभास म भित्र रहिरहन देउन..

आशाहरुको प्रतिक्षा गरी बस्छु म,
प्रतेक बिहानीको किरण तिमी बनिदेउन..

सजिदिउला म कान्लासरी तिम्रो लागि,
तिमी खेतका गराहरु बनिदेउन..

गोरेटो बनि म साथ दीरहुँला,
नथाक्ने बाटोहरु तिमी मेरो बनिदेउन..

म कतै कमजोर भएछु भने,
मेरो दरिलो साहस तिमी बनिदेउन..

अन्जानमा म बाट गल्तिहरु हुन गए,
मार्गनिर्देशक तिमी मेरो बनिदेउन..

समर्पिनेछु तिम्रो लागि म सारा,
केबल मेरो आत्मा बनि तिमी आइदेउन..

म सबै स्वीकारनेछु बरु कसम खाई,
मात्र एकपटक त्यो सुन्यपनलाई पढिदेउन..

मायाको निस्चल दुनियाँमा कल्पिरहेछु,
तिम्रो सुन्दर ओठ्हरुबाट गुम्सिएका ती भावनाहरु छरिदेउन..

अभाबहरु सहीदिउँला हाँसी हाँसी,
पवित्र बन्धनको प्रतिमुर्ती तिमी मेरो बनिदेउन..

तिम्रो श्वासहरुको भरमा म बाँचिरहुला,
सदाबहार सहयात्री तिमी मेरो बनिदेउन..

हजार्-हजार जुनी माया तिमीलाई गरिरहुँला,
केबल ढुकढुकी तिमी मेरो बनिदेउन..

म सुन्दर स्वर्गको संसार बनाउँला,
तिमी मेरो मनको भगवान सदैब बनिदेउन..

1

Category:




DEDICATED TO ALL THOSE CHILDERNS WHO LOST THEIR FAMILIES IN WAR...
I really dont know from where to start and where to end,
my endless pain which i feel in my every breathe..
Oh my mom ! you kept me nine months inside your womb,
you gave me life, you gave me everything which i supposed to get..
You gave me birth putting your life in stake but you didn't care,
i grown up by holding your fingers, i was feeded by your hands..
You save me from all the diifficulties even your life was in risk,
the first time in life i uttered a word "mother" and it was you ..
I learnt every single words from you, you taught and inspired me,
everything that i need to know..
I used to do mischiefs but you filled up that space with your sweetness,
when you were with me i was complete and you never let me to feel lack in me..
I was existed bcz you were there for me as my mother,
but when i lost you, i lost my world, my existance and everything..
I felt guilty myself for that injustice coz she didn't die but killed by evil,
i was so helpless, i just watched how she was dying, i heard how she was crying,
She was innocent but all world seems so crueled towards my mother..
i became totally orphan after you left me here all alone,
You were no more there by my side who meant all for me..
when these moments reminds me i just can't stop my emotions,
Everytime my heart is killing,every moment i am missing you..
and mom ! i never found the person like you ..
I watch over the sky and make a wish with each stars,
plz my mom give back to me and hold me one more time,
with all her love, care and affection which she used to do with me..
Oh god ! are you hearing how my misarable herat is crying ?
why this world gave me such an unbearable pain ?
How will i suffer which i will never forget as long as i live ?
Oh my dearest mom ! are you glancing your poor child from the sky ?
who is dying here always in your absence..
I need you mom, i want you, i long for you every single second of my life..
when you were still with me i couldn't show you how much i love you,
But whenever you are now just wanna let you know my love for you is immortal..
i cant explain it in words which never become complete..
But my last wish is, may i could be your child in next birth and forever,
and we will stay together no one will make us separate..

0

Category:



नरोउ
नेपाल आमा

हे नेपाल आमा ! सुनेकी छु तिमी दिनहुँ रुन्छौ रे
तिम्रा सन्तानहरुले तिम्रो पुकार नसुनिदिदाँ
कति लाचार हुँदै हेरेउ होला तिमी
भाईभाईमा आपसी लडाईं भइरहदाँ
तिमी चिरा चिरा भइकन फाटी बाचेउँ होला
तिम्रो छातीमा सधैंजसो आन्दोलनको त्यो चर्को धुवाँ बल्दा
कति मन रोयो होला तिम्रो
तिमीलाई पटक पटक मरेको लास झै जलाईदा
कसरी तिमी छट्पटायौ होला एक्लै
तिम्रो छात्तीमा निरन्तर गोली,बारुद पड्किदा
कसरी सहयौ होला त्यो आमा हुँदाको पीडा
जसले तिम्रै ब्रक्षस्थलमा यसरी लात मारिदिदाँ
किन होला बुझेर पनि नबुझे जस्तो गरे तिम्रा सिदान्तहरु
र भड्किए कोलाहल,आशान्ती अनि अराजकता छर्न
कहाँ गल्ती हुन पुग्यो र तिम्रो भरणपोषण मा
त्यसैले त तम्सिए तिम्रो अस्तित्व चकनाचुर पार्न
कुन चाँही रगत मिसियो होला तिम्रो सन्तानमा
र त हिंडे लाज नमानि तिम्रो बिरुद्दमा
तिमीले पढाएका ती स्वाभिमानको पाठहरु
एउटा कुनामा फ्याँकी
कति
सजिलै मानी चुम्छन् बरु बिदेशीका गोडाहरु
तिम्रो ईतिहासको बहादुर कथाहरु पलटन्नन् अब
पलटिन्छन् त मात्र दस बर्षे युद्दका ती क्रुर चित्रणहरु
देश चलाऊने हरुले पनि कहाँ अङाले र ?
तिम्रा मुल्य
मान्यताहरु
केबल स्वीकारे त आफ्नै स्वार्थका पोकाहरु
बिर्सिदैछन् हिजोका दिनहरुलाई
आश्वासनका ती बोलीहरुलाई

कुर्सीका घोर प्रेममा मग्न भैरहेकाहरु
आँज साचै साकार भए लक्ष्मी प्रसाद देवकोटाका यी शब्दहरु
"मै खाउँ,मै लाउँ सुख सयल वा मोज मै गरु
मै हासुँ, मै नाँच् अरु सबै मरुन दुर्बलहरु "
तर,
अब नरोउ नेपाल आमा
किनकि तिमी गलत हुन सक्दिनौ
तिमीले डोराएका हात हरु झुटो हुन सक्दैनन्
तिम्रा सबै सन्तानहरुले तिम्रो टाउकोमा टेक्न सक्दैनन्
अझै छन् यहाँ तिमीलाई अगाध प्रेम गर्नेहरु
तिम्रो आसुँहरुलाई पुछ्न हरतरह प्रयास गर्नेहरु
तिम्रो दुधका धारा मेटाउन समर्पित भैरहेका छन्
त्यसैले तिमी अझै अलिबेर पर्ख आमा,
तिम्रा कुशल सन्तानहरुले तिमीलाई पूर्ण बनाउन आईरहेछन्
चाहे उनीहरु क्षितिजपारी नै किन नहोस्
तर तिम्रो अस्मिताको लागि उनीहरु लड्दैछन्
आत्माभरि मात्र तिम्रो तस्बिर साँची अघी बढिरहेका छन्
चाहे त्यो शान्तिपूर्ण शब्दबाट होस् या साहित्य बाट
त्यसैले अब तिमी नरोउ नेपाल आमा
किनकि अझै तिम्रा सन्तानहरुले होस् गुमाएका छैनन ।।