बिष हो माया तर किन पिउँछ मान्छे
थाहा छैन पिरती किन लाउँछ मान्छे
धोका त हुनु सक्थ्यो एकदिन तर
आस्थाका दियोहरु निभाउनु थियो
साउनको झरीमा एक्लै रुनुपर्दा यहाँ
एक्लो पनलाई साथी बनाउनु थियो
फाटेको मनलाई किन सिउँछ मान्छे
जीवनको तमासा किन जिउँछ मान्छे
के थाहा उसलाई अर्थ यो मायाको
जो बिचैमा साथ छोडि जान्छ भने
दुई मुटुको मिलन के थाहा जसलाई
जो धड्कनको चाल बुझ्दैन भने
टुटेका आशा किन सँगाल्दछ मान्छे
जिउन सपना किन अगाँल्दछ मान्छे ।
रमिते डाँडा र The Tent Town सम्मको झापाको गर्मि छल्ने यात्रा !
-
रमितेडाँडाको हाम्रो रमिता । झापा मोरङका मानिसहरुलाइ गर्मी छल्ने उपयुक्त
ठाँउ । पछिल्लो समयमा पूर्वमा निक्कै भाइरल र प्रसिद्ध हुदै गैरहेको एक सुन्दर
आन्तरिक...
2 days ago