शुभकामना नयाँ बर्षको

5

Category:


२००९ लाई बिदा गर्ने क्रममा यो सालको अन्तिम कोशेलीको रुपमा केही लेख्ने प्रयास गर्दैछु। ब्लग तथा फेसबूकका छिमेकी मित्रहरुले भिन्दा भिन्दै रचनाहरुले नौलो अनुभुतिको आभास दिलाउँदै भलाकुसारी गर्ने ईन्टरनेट घरलाई सजाईसक्नु भएको छ र यस्तो देख्दा मलाई पनि इनर्जी नआएको भने होइन तर पनि के लेखुँ भन्ने दुबिधामा अल्झिरहेकी थिएँ। हुन पनि यी दिनहरुमा मैले पहिले झैँ सक्रिय रुपमा उपस्थित हुन सकिरहेकि छैन न त साथीहरुको रचनाहरुमा कुनै रेस्पोन्ड नै सकिरहेकी छु

फुर्सद छैन भनु भने भएकै हो , छ भनु भने आफुले चाहे जसरी समय मिलिरहेकै छैन र अप्डेट गरिरहन पुग्दो खुराकहरु तयार गर्न यहाँको बातावरणसँग त्यति समायोजन गर्न नसकिरहेको अवस्थामा कम लगाव र ध्यानको कमिले गर्दा रचनाहरुमा ह्र्‍ास आईरहेको महसुस मैले पनि गरेकी छु। अझ बिशेष गरी पछील्ला दिनहरु त झन शुन्यमै परिणत भए भन्दा नि फरक नपर्ला। आन्तरिक तथा बार्‍ह्य परिबेशले पनि आफ्नो सिर्जनशील क्षमतालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पारीरहेकै हुँदो रहेछ जुन म आँफैले ब्यक्तिगत रुपमा अनुभव गरेकी छु।

तर पनि आजको बिशेष साँझ, नयाँ बर्षमा उषाको नौलो लाली छर्ने जमर्को गर्दै यही कलम द्वारा नै शुभकामनाका शुभेच्छाहरु यहाँहरु समक्ष बाँड्दै नयाँ यात्रामा पाइलाहरु फड्को मार्दैछु । नव बर्षले सवैमा खुशी र उमंग ल्याओस्, उन्नति र प्रगतिको बाटोमा लकिरहने प्रेरणा मिलिरहोस् ,सवैलाई समानताको धरातलमा हक र अधिकार सहित स्वतन्त्र भई बाँच्ने धरातल मिलोस् अनि हामी सवैलाई रंगिन इन्द्रेणी छरिएको बिशाल आकाश मिलोस् जहाँ सपनाहरु सधैँ जन्मिरहन सकोस्, खेलिरहन सकोस् र आशाहरु सदा जग्मगाईरहोस् र साथै सवैमा भाईचाराको संचार भई एकतामा एउटै बगैँचाभित्र रङिबिरङी फुलहरुको बास्ना छर्दै शान्तसँग बाँच्न सकौँ, रमाउन सकौँ र मिलिजुली खुशीयाली मनाउन सकौँ ।नवबर्ष २०१० सालको यही नै मेरो हार्दिक मगंलमय शुभकामना ...