जीवनका अबिस्मरणीय पलहरु

1

Category:

परदेश हिंडेको पनि दिन्,हप्ता,महिना र बर्ष गन्दै तीन बर्ष बितिसकेछ।शुरुका दिनहरुमा निकै सम्स्याहरुसँग झेल्नु परेपनि बिस्तारै यहाँको माहोलसँग घुमफिर हुँदै जाँदा कहिले कामको सिलसिलामा ब्यस्त हुँदा वा कहिले आफ्नो ब्यक्तिगत जीवनको चाँजोपाँजो मिलाउदाँ मिलाउदै यति लामो समय बितिसकेछन्। आफ्नो देश्,घरपरिवार र साथीहरुको याद नआएको त होइन पुर्वको दिनहरुमा पनि तर त्यो समय एकदमै छटपटी छुटिरहेको थियो। प्रतिक्षाका सिमारेखाहरु थाकिसकेका थिए, धर्यधारण गर्ने शक्तिमा कमि हुँदै आइरहेको थियो, कारण केही समय भएपनि बिरानो मुलुकलाई सलाम गरेर धेरैपछि आफन्तहरु बिच खुशीहरु साटासाट गरी आफुलाई जीवन्त बनाइराख्नुपर्ने थियो। पहिले नै सोचेकी थिएँ यसपालि छुट्टी लिएर दशैँ, तिहार नेपालमा मनाउन जानुपर्ला भनेर तर दुर्भाग्यबश दशैँमा चाँही जान सकिएन तर तिहारमा जान निधो भयो, लगभग तीन हप्ताको छुट्टीमा। कम खुशी थिईन म त्यतिखेर यधपि बिदा थोरै मिलेपनि लामो समय पछीको भेटघाट अनी मिलनका दिनहरु सम्झेर मन त्यसै फुरुगँ भएको थियो। म अझै राम्ररी सम्झिन्छु पल पल बिताउन मुस्किल परेको थियो त्यतिखेर मलाई, लाग्थ्यो घडीका सुईहरु पनि बिश्राम गरी गरी चलिरहेछन्। न त रातमा मस्त निद्रा लाग्थ्यो यदी लागिहाले पनि सपनामा आफ्नै घरतिर डुलिरहेको हुन्थें,कहिले प्लेनमा उडीरहेको त कहिले साथीहरुसँग गुनासो पोखिरहेको, थुप्रै थुप्रै तर्कनाहरु आइरहन्थे मनमा। ज्यादै गार्‍हो भईरहेको थियो त्यो दिन कुर्नलाई जहिले म नेपालको लागि उड्ने तयारीमा थिएँ, अन्तत त्यो दिन पनि आयो रातको १२ बजे को flight मा Ethiopia को बाटो हुँदै उडियो। म पहिले नै सुसुचित थिये कि यात्रामा नेपालीहरु बिरलै भेटिन्छन् किनकी धेरै जसो नेपालीहरु खाडी मुलुक हुँदै जान्छन् तर मेरो ठीक बिपरित थियो। एक किसिमको उत्सुकताले मनमा डेरा जमाइरहेको थियो भने अर्को तिर आँखाभरी उही मिलनका क्षणहरु वरिपरी घुमिरहन्थे।
रातको यात्रापछि बिहान सबेरै Ethiopia को राजाधानी Adisababa स्थित Bhole international airpaort मा पुगियो जहाँको system मलाई अति नै उचित लाग्यो किनकी यदी यात्रीको 6 hrs भन्दा बढी transit छ भने उनिहरुलाई lodging and fooding को ब्यवस्था सार्‍है systametic तरिकाले हुँदो रहेछ। अफ्रिका मध्यकै एउटा गरिव देश भएपनि त्यहाँको ब्यवस्थित कार्यप्रणाली देख्दा खुशी लाग्यो सोही rules and regulation अनुसार म आदेशानुसार होटेलमा जान बस कुरी बस्दै थिएँ,त्यही क्रममा एउटा candian महिलासँग भेट भयो। उहाँले पनि बस नै कुरिरहनुभएको त्यही एउटै होटेलमा जान, त्यसपछी चिनापर्ची साटासाट् गरियो र कुराकानी गर्दै होटेल पुगियो, त्यहाँ पुगेपछी हामीलाई रुम दिईयो, ओल्लो ढोका र पल्लो ढोकाको। त्यस्पछी breakfast गर्न सगैँ गयौँ। उहाँ पनि through NGO अफ्रिकन देशहरुमा समाजसेवीको रुपमा काम गर्नुहुदोरहेछ। बसाइ पहिले England अहिले Canada मा भन्दै हुनुहुन्थ्यो, एकदम फरासिलो मित्र, थोरै समयमा नै धेरै कुराको आदानप्रदान गरियो। म यात्रामा एक्लो भएकोमा रत्तिभर दुखी थिईन बरु मन मनले ढुङ्गा खोज्दा देउता मिले झैँ लाग्यो। त्यसपछी हामी lunch मा भेट्ने बाचा सहित रूमतिर लाग्यौँ र केही समयमा सगैँ lunch गरेपछि हामी दुवैको flight बेलुकी ९ बजे पछी भएको हुनाले बाहिर तिर घुम्न जाउँ भन्ने सल्लाह भयो र होटेलको ड्राइभर लिई museaum तिर लाग्यौँ। धेरै नौला कुराको द्र्श्याबलोकन गरियो, एउटा भर्खरको युवकले अंग्रेजीमा एक्-एक बेलिबिस्तार लगाइरहेको थियो, त्यसपछी हामीले उसलाई केही tips दिएर त्यहाँबाट बिदा भयौँ र होटेलको ड्राइभर बाट केही कुराहरुको जानकारी भयो र सोधियो पनि, उहाँबाट नै थाहा भयो Adi sababa को मतलब A new flower जसले आजको Ethiopia लाई संकेत गरिरहेको छ।त्यसपछि होटेलमा फर्केर चियानास्ता गरी बाहिर एकछिन डुल्न गयौँ। त्यो मित्रको यहाँ दोश्रो पटक भ्रमण भएको हुँदा केही अप्ठ्यारो भएन, त्यही मौकामा धेरै कुराहरु हेर्ने मौका पाएँ, त्यहाँको वस्ति, बातावरण , जीवनशैली अनी बिकासका पुर्वाधारहरु विसट्रित रुपले बुझ्न नपाए पनि जति देखियो त्यतिले नै केही हदसम्म त्यो देशको नक्सा अड्कल गर्न सकिन्थ्यो अनी त्यही सानो visit मा सम्झनाको लागि केही सामान किने र हामी फर्कियौँ त्यसपछि dinner पनि सगैँ गरियो र फेरी भेट होला नहोला, सम्झनाको लागि केही फोटोहरु पनि खिचियो। उहाँले खै के भएर हो कुन्नी तर मेरो साथमा मोबाइल भएको कारणले मैले उहाँको mial id note गरेँ अनी अझै सम्झेकी छु, उहाँले भन्दै हुन्हुन्थ्यो फोटोहरु मेल मा सेन्ड गर्नु ईमेल हरु पठाइराख्न हामी internet मा भेट हुँदै गरौँला है तर दु:खको कुरा नेपाल पुगेपछि mobile exchange गरेर चलाऊँदा पछि सोधपुछ गर्दा त त्यो delete भईसकेछ, म साँचै दुखी भएँ त्यो पल किनकी मैले हाम्रो मित्रतालाई त्यतिमै टुग्याउँन पटक्कै चाहेकी थिईन तर त्यो हुन गयो भुलमा। शायद उहाँले मेरो मेल कुरी बस्नु भयो या भएन तर मैले उहाँलाई अझै बिर्सेंकी छैन र कहिले बिर्सन्न पनि मात्र क्षमा प्रार्थी छु।
हामी dinner पछि रूमतिर लाग्यौँ सामानहरु मिलाउन अनी एउटा अधबैँश महिला जो मेरो रूम सफा गर्न आउनुभएको थियो र बेला-बेलामा खाना तयार भयो भनेर आउनु हुन्थ्यो। हामी दुबैले एकअर्कालाई नबुझेपनि साँकेतिक भाषामै उहाँको केही कुरा थाहा पाएँ, ३ छोराछोरी छन्, लोग्ने खाली पिउँछन्, रेखादेख गर्दैनन्। उहाँको अनुहारमा पिडाका भावहरु मैले पढेँ, खै किन हो मन यति नरमाइलो भएर आयो केही दिन मन लागिरहेको थियो तर त्यतिखेर के कारणले दिन सकिन। जब बेलुकी रुमबाट सवै सामानहरु airport मा जान बस कुरी बसेँ। मैले त्यो दुखी महिलाको निम्ती एउटा scarf , बच्चाहरुलाइ केही मिठाइहरु र केही डलर दिई मनलाई सन्तुष्ट दिलाएँ, अरु त म के गर्न सक्थे र आखिर म पनि त उस्तै हुँ तर उनीलाई भेट्न सकिन तल अफिस मा नै उनीलाई दिनुहोला भन्दै बुझाईदिएँ अनी अति मिलनसार canadian साथीलाई अन्तिम अंकमाल गरी धन्यवाद दिदै मेल मा भेटौँला भन्ने विश्वाशमा हामी छुट्टीयौ।
मन एकातिर हर्षित थियो भने केही मात्रामा दुखी पनि थिएँ। त्यसपछि भोलिपल्ट १२ बजे तिर India को दिल्ली स्थित Indira Gandhi Airport मा अवतरण भईयो र केही समयको transit पछी छिट्टै काठमाडौं को लागि उडियो , त्यसको केही समय पछि नै नेपालको मनोरम द्र्श्यहरु अवलोकन गर्ने सुनौलो अबसर मिल्यो । आहा ! कति सुन्दर त्यो हरीयाली, प्राकृतिक छटा अनी मनमोहक हिमाल चुलिहरु बश आँखा नै नचिम्ली बादलले नढाकुन्जेल सम्म अनवरत हेरी नै रहेँ, रमाउदैँ गएँ, धन्य सम्झे आफुलाई मनमनै । धेरैपछिको त्यो तिर्सना बिस्तारै मेटिन थाले जस्तो लाग्यो। बिस्तारै फाट्टफुट्ट घरहरु देखिन थाले, खेतका रहरलाग्द गर्‍हाहरु अनी ठाउँ ठाउँमा साना साना घरहरुले रुमालमा छुप्प छुप्प बुट्टा भरे झैँ लाग्यो। प्लेन बिस्तारै ओर्लिदैँ थियो र अन्तत्गत्वा ३ बर्षपछि माट्रुभुमीमा पहिलो पाइला राखियो धक फुकाएर , पाइलाहरु छिटो छिटो अघी बढ्डै थिए कि साँचेका रहर अनी कल्पनाहरु केही क्षणपछि नै वास्तबिकतामा परिणत हुँदैछ।
केही समयको पर्खाइपछी आफ्नो सामानहरुमा ट्रलिमा राखेर घिसार्दै यी आँखाहरुले परिचित अनुहारहरु खोज्दै थिए। एक्कासी दाइले नानी भनेको आवाज सुने अनी ममिलाई देखेँ। दुवैजनासँग अगाँलोमा बाँधिएँ। आँखाहरुबाट हर्षासुँ खसिरहेको थियो, मन यति तरंगित भएको थियो कि मैले शब्दमा ब्यक्त गर्न सकिन त्यतिखेरका पलहरु बश उहाँको अगाँलोमा बाँधिदा यस्तो सुखानुभति भईरहेको थियो कि मैले धेरैपछि फेरी मात्रुशुलभको भाबहरु पाइरहेको थिएँ, आनन्दको केही सिमा थिएन र सामानहरु राखी बासस्थानतिर हुइकियौँ। कुरा गर्दै बाटोमा आँखाले भ्याउन्जेल हेर्दै थिये। उस्तै सडक, उस्तै पेटीहरु, घरहरु कुनै कुनै अझै उस्तै, बाटोमा गाडीका अब्यबस्थित लामहरु अनी उस्तै ट्राफिक जाम अनी मान्छेहरु को भिड पनि हिजो जस्तै तर अली बढी चहलपहल थियो, रङिचङी फुलहरुले र बत्तिहरुले पसलहरु सिगाँरिएका थिए, हर्षोल्लासको माहोल थियो किनकी त्यो आजकै जस्तो लक्ष्मीपुजाको दिन थियो । घर पुगेर सवैसगँको औपचारिक कुराकानीपछी लागि लक्ष्मीपुजाको तयारीतिर , थकाईको रत्तिभर अनुभब थिएन, म एक किसिमको पूर्णताको महसुस गरिरेहेकी थिएँ। उहाँहरुले सवै तयार गरिसक्नुभएछ पहिले नै तर दीप प्रज्ज्वलन चाँही म बाट नै शुरु भयो। घरको हरेक कुना काप्चाहरु नियालेर हेरेँ। सवै मिलिजुली पूजाआजा गरियो। छरछिमेकका भाईबहिनीहरु देउसिरे भन्दै गाइरहेको सुनिन्थ्यो । हामी सवैजना लामो समयको अन्तरालमा एक हुँदा हर्षले झुमेका थियौँ धेरैपछिको बिछोडपछी निकै रमाइलोका साथ मनायौँ। त्यो दिनको लक्ष्मीपुजा स्मरणमा अझै ताजै  छ अब अर्को भेट नभएसम्म त्यही नै सहारा बन्ने छ परदेशमा । यसपालिको लक्ष्मीपुजा यसरी नै मनाउदैँछु अतितलाई सम्झेर..यही पावन अबसरमा यहाँहरु सवैलाई दीपावलीको हार्दिक मंगलमय शुभकामना...अनी आजकै दिन महाकवि लक्ष्मी प्रसाद देवकोटाको सप्तबार्षिकीको उपलक्ष्यमा पनि उहाँप्रति भावपूर्ण श्रदा सुमन अर्पण गर्दैछु ...
र साथमा यात्राका केही तस्विरहरु ...