गजल

4

Category:

तिमी र म,मायाको साथहरु मिठो मिठो
सगैँ बुनेका,पिरतीको बातहरु मिठो मिठो

गन्तब्य त हामी दुबैको एउटै थियो
घुम्तिहरुका ती यादहरु मिठो मिठो

कल्पनामा हराइ भबिष्य उनेथ्यौँ सगैँ
साथै सगाँलेका आशहरु मिठो मिठो

कहिले घुर्क्याइ नबोलि बस्दा तिमी
प्रियतमको कोमल हातहरु मिठो मिठो

तिमी बिना एक्लो हुँदा आज
स्मृतिका पिपल पातहरु मिठो मिठो

एउटै मुटु दुइतिर धड्किदा खेरि
भुलेका ती मातहरु मिठो मिठो

बिचरा ! जाजरकोट..

1

Category:

Photo:News of Nepal
नुन छैन,तेल छैन,छैन जीबनजल
अकालमै म्रुत्युको सिकार भैइरहेछन ती बझौरेहरु..
सरर प्लेनमा दृष्यावलोकन गर्दै भ्रमण गर्छन्
हाम्रा नेता भनौदाहरु..
फेरी ती सोझा,गरिब जनताहरुलाई
उस्तै गरी पहिर्‍याउँछन आश्वासनका मालाहरु..
जब फर्कन्छन कान्तिपुरी नगरी
कानमा तेल हालेजस्तै केही थाहा नपाए झै गर्छन्..

अनि यता हाम्रो स्वास्थ्य मन्त्री चाँही
जर्मनको हावामा सास फेर्दै फुर्सद छैन..
यता जाजरकोटदेखि राजधानीसम्म
चित्कार नै पुग्दैन..
कहिले औषधीको अभाब त
कहिले स्वास्थ्यकर्मीको..
असहाय र बिरामी जनताका सेवकहरु पनि
आफ्नै ज्यानको मोहमा रणभुमिमा डराइ,
सुटुक्क सुरक्षित स्थानतिर सर्छन ..

कठै ती बझौरेहरु! नेपाली हुनुको पिडामा
मनभरी बह बोकी कोही बँसाई सर्दैछन..
कोही आफ्नै भुमिलाई गर्‍हौ मुटुले सलाम गर्दै
छिमेकी मुलुकतिर पलायन हुँदैछन..
खै त देशले के रक्षा गर्न सक्यो र आफ्ना जनताहरुको?
कहिले प्रत्याभुति दिलाउन सक्यो र सुरक्षित भबिष्यको?
त्यति बिघ्न हैजाको महामारी फैलिएर
सबैजसो पश्चीमेलीहरु नराम्रोसित प्रभाबित भैरहँदा पनि
के ठोस पहल गर्न सक्यो र सरकारले ?
त्यो बिकराल माहोललाई मात्र मौन भैइ नियालिरहे..

धिक्कार छ! हाम्रो नेपाल सरकारलाई
ज्यादा त ती कर्तब्यबिमुढ नेताहरुलाई..
जो बस्तुस्थिती जान्दा जान्दै पनि
मानबताको गहिराइबाट अलिकति पनि
माथि उठ्न नसकी बस मुकदर्शक भैइ हेरिरहेछन्,
ती विवस जनताहरुलाई..
जो झिनो आशामा अझै
जीबनदान र आधारभुत आवश्यकताहरुको
शरणार्थी झै भिख माग्दैछन्..

मन

3

Category:

यस्तो गरौँ,उस्तो गरौँ
यहाँ जाउ, त्यँहा जाउ
यी सबै मनका ईशारा..
तर वास्तवमा कसलाई के थाहा ?
कहाँ छ यो मन? कस्तो छ यो मन?
आभास गर्छौ आँफैभित्र,
तर आकार छैन..
छ यो सबैभित्र सधैं ,
तर ठोस पहिचान छैन..
कहिले अनायासै बाटोहरु बिराइदिदाँ
सम्हालिउँ भन्छ..
कहिले नियन्त्रणमा राख्न खोज्दा
थाहै नपाई भागिदिन्छ..
कहिले त्यसै अत्तालिदिन्छ
फेरि एकैछिनमा कहाँ कहाँ उड्न पुग्छ..
कोही पराइलाई एकै पलमा
आफ्नो ठानिदिन्छ..
कसैलाई बर्षौ देखि जाने पनि
पराइ बनाइदिन्छ ..
एक अञ्जुली मुस्कानसगैँ
सारा ब्यथा भुलिदिन सक्छ..
कसैको खुशीको निम्ती
आफुलाई बलिदान गरिदिन सक्छ..
कहिले खुशीहरुको लहरसँग
कल्पनामा रमाउन पुग्छ..
कहिले आँसुहरुको सागरमा
पुरै संसार नै अध्याँरो देख्छ..
गुमाउँदाको पिडामा पनि यो
त्यागको उत्सब मनाउन सक्छ..
कहिले पाउनुको हर्षमा
दोसाँधमा पनि बाँधिन सक्छ..
तर म त अझै अनभिज्ञ नै भएँ,
बुझ्न सकिन रहस्य यो मनको..
जान्न सकिन अर्थ यो मनको..
तपाईंहरु नै भन्नुस् न
के होला यो मन ?
कस्तो होला यो मन ?