सपना मा साँचेकी थिएँ विपनामा आइदियौ
कल्पनालाई छिचोल्दै यथार्थ बनि छाइदियौ
सुटुक्क लुकामारी खेल्ने मेरा रहरहरु सँग
त्यो मन अन्तै नमोडि मै तिर धाइदियौ
संगीतका हजारौँ भिडहरुको बिचमा आज
कहिले नमर्ने अमर पिरतिको गीत गाइदियौ
नौला,नौला उमंग भरी रंगीन इन्द्रेणी जस्तै
यो मनको मझेरीमा माया तिमीले लाइदियौ
भगवान लाई साक्षी राखी स्वीकारेँ तिमीलाई
मुटुको धड्कन बनि तिमीले मलाई नै पाइदियौ
जीवनको अन्तिम घडीसम्म साथ दिन्छु भनी
अँगालोमा बाँधी बाचा र कसमहरु नि खाइदियौ
The Door is Always Open ~ In Moomin World
-
There would be a desperate wait for noon on Saturday, as it would be the
day the Moomin cartoon was to be shown on TV. I remember always being very
eager a...
3 months ago
यसैगरि सबै कुराहरु पुरा हुने भइदिए, कति राम्रो हुने थियो । सुन्दर गजल रहेछ, आशा जी !