दशैँले बिदा मागे लगत्तै फेरि तिहारका रमझमहरु घरभित्र भित्रिने तर्खर गर्दैछ। साँचै भन्नुपर्दा दशैँमा भन्दा तिहारमा मलाई बिशेष रमाइलो लाग्छ। चारैतिर दियोको टिलपिल टिलपिल उज्यालो हेरिरहुँ झैँ लाग्ने सुन्दर सजावटसँग एउटा बस्तिलाई पूर्ण सुन्दरता थपिदीए झैँ भान हुन्छ। देउँसी, भईलो जस्ता आफ्नै मौलिक परम्पराले तिहारलाई सुन माथि सुगन्ध थपिदिन्छ अनी गोदावरी,सयपत्री र मखमली फुलहरुले प्रकृतिलाई नै बैँश भरिदिए जस्तो लाग्छ। घरमा आमाले पकाउनु हुँदै गरेको सेलरोटीको बासनाले तिहारको आभास दिलाउँछ र बजारमा धनकी लक्ष्मीलाई पूजा,आराधना गर्न राखिएको सामाग्रीहरु, आफ्नै घरको सिलिङ, झ्याल तथा ढोकाहरुमा सजाउन राखिएका आकर्षित बस्तुहरुको सजावटले तिहारको आगमनलाई बिछट्टै सुन्दर ढगँले प्रस्तुत गरियको हुन्छ। तिहारलाई दिपावली,द्दुतिया, र दिवाली जस्ता पर्यायवाची शब्दहरुबाट पनि चिनिन्छ। तिहार बिशेष गरेर दिदीबहिनी र दाजुभाइबिचको पर्व पनि भनिन्छ किनकी यसको आस्था र विश्वाश अनुसार दिदीबहिनिहरुले आफ्ना दाजुभाइहरुलाइ सप्तरङी टिका लगाइ उनिहरुको उन्नति र प्रगति अनी सु-स्वास्थ्यको कामना गर्दछन् र कहिले नओइलिने मखमली फुलको माला पहिर्याइ दिर्घायुको कामना गर्दछन भने दाजुभाइहरुले जीवनमा कहिले दु:ख,कष्टहरुसँग झेल्न नपरोस् भनि कतिले घरको संघारमा गई ओखर फुटाउने गर्छन्।
पाँच दिन बिशेष तरिकाले मनाइने यो उज्यालोहरुको चाडमा पहिलो दिन कागलाइ पूजा गरिन्छ, दोश्रो दिन कुकुरलाई, तेश्रो दिन गाइलाई पूजा गरिन्छ भने सोही दिनको बेलुकी धुमधाम सित लक्ष्मीपूजा गरिन्छ। घरको छत, आँगन , झ्याल ढोका सबैतिर दियोहरु बाली चारैतिर उज्यालो बनाइन्छ र त्यही साँझदेखी नै देउँसि,भैलो खेल्न सुरु गरिन्छ। भोलिपल्ट गोबर्द्धन पूजा गरेर चौंथो दिनलाई बिदा गरिन्छ भने पाचौँ अर्थात अन्तिम दिन भाईटिका वा भाईपुजा गरेर तिहारलाई बिधिबत रुपमा सम्पन्न गरिन्छ।
ठाउँ, जातिय बिबिधता,रितिरिवाज र संस्कृतिको आधारमा फरक फरक नाम दिई आ-आफ्नै मौलिक तरिकाले मनाय पनि आखिर तिहारको उद्देश्य चाँहि एउटै हो।
यही पर्व नजिकिदैँ गर्दा म आफुलाई पनि अलग राख्न सक्दिन। तीनबर्षको बिछोडपछी फेरी स्वदेशमा गैइ आफ्नो परिवारसँग तिहार मनाउने सौभाग्य मिलेको थियो पोहोर साल, कहिलेदेखि साँचेका सपनाहरु अनि रहरहरु केहि हदसम्म पुरा पनि भए र तिहार निकै हर्षोउल्लास साथ मनाइयो। धेरै समयपछी परिवारका सवै सदस्यहरु भेला भई तिहार मनाउन पाउँदा हामी सवैजना दङ्ग र उत्साहित थियौँ। मनमा त्यसै त्यसै रमाइलो लागेर आयको थियो, घरमा गमलाभरी गोदावरी,सयपत्री जस्ता रङिबिरङी फुलहरुले पुरै घरलाई शुशोभित बनाइ राखेको थियो। ति कलिला बिरुवाहरु फुल बनेर ढकमक्क नफुले सम्म आमाले कति जतन गरेर हुर्काउनु भयो भनेर भन्नुभएको थियो र अहिले पनि मनै लोभिने गरेर आँखा अगाडि नाचिरहेका छन्। मैले फोनमा सोधेकी थिएँ उहाँलाई , यसपाली पनि त्यसरी नै फुलहरु फुलाउनु भयो होला है भन्दै तर उँहा त यति दुखि भयर भन्नुभयो , फुलहरु त फुलेका छन् तर मनमा उल्लास छैन,हर्ष छैन। तिमीहरु यति टाढा छौ, जे भयपनि यहाँ अपुरो हुन्छ, तिमीहरु बिना सवै अधुँरा लाग्छन्। पोहोर पो तिमीहरु थियौँ, जोश जाँगर थियो अनि सवैतिर झलमल्ल थियो, यसपाली त सवै रित्तो रित्तो भए झैँ लागेको छ। एकै सासमा एकैचोटि आमाले कति धेरै गुनासोहरु पोख्नुभयो। हुन पनि आमाको मन न हो रमाइलो लागोस् पनि कसरी तर हामी पनि त कँहा खुशी छौँ र परदेशमा। यस्तै चाडपर्वहरुमा त उहाँहरुको अनुपस्थितिमा पानी बिनाको माछा जस्तै हुन्छौँ, बिरानो मुलुकमा झन उराठिन्छौँ, बाटो बिराएर रणभुल्लमा परेको एउटा निर्दोष बालक जस्तै तर यी सवै पिडाहरु ओकलेर उहाँहरुलाई झन दुखी बनाउन को साटो आफुलाई सम्हालेर हाँसी हाँसी यस्तो उस्तो भनेर राहत दिने प्रयत्न गर्छु ता की उहाँहरुलाई मन राख्ने बाटो मिलोस् । शायद यो सवैमा लागु नहुन सक्छ, मैले मेरो आफ्नै नितान्त ब्यक्तिगत भावनाहरु र व्यबहारहरु शब्दमा पोखिरहेकी छु यस्तै गरी -
शरद ऋतुको मधुर मौसममा
पर्वहरुको उन्मादले
हिला, मैला बातावरणलाई
मिठा रस भरिरहेको बेला
मेरी आमा
परदेशी सन्तानहरुको पर्खाइमा
दिन रात औलाहरु भाँची
आशा र मिलनका दियोहरु बाल्दै
मनको दैलो उघारै राखी
पलपल जागै बस्दी हुँन्
खबर केही नआउँदा,
आँखाले देख्न नपाउँदा
सुक्क सुक्क गर्दै
पछ्यौरीले मुख छोपी एक्लै
बेदनाका आँसुहरु कति झार्दी हुँन् ..
यिनै संस्मरणका मिठा सम्झनाहरुलाई तितो यथार्थसँग तुलना गर्दै तिहारको माहोलमा दाजु तपाईंलाई पनि अति धेरै सम्झेकी छु। तपाईं त्यो मरुभुमिमा कर्तब्यपथको यात्रामा हिडिरहनु भएको छ होला म पनि यहाँ आफ्नो कर्मभुमिमा लडिरहेकी छु। मलाई विश्वाश छ तपाईं हाम्रो यो चाडमा त्यो कोसौं दुरी टाढाबाट पनि तपाईंले हामीलाई बेजोड सम्झिरहनु भएको छ । गएको साल हामीले कति धेरै रमाइलो गरेको,तपाइको स्मरणमा आज पनि ताजै छ होला। मेरो यसपालिको तिहार त यिनै सम्झनाका लागि खिचेका तस्विरहरुको सहारामै बित्ने भयो। आमासँग कुरा गरेकी थिएँ, आवाज सुन्दा साँचै नरमाइलो लाग्यो। उहाँलाई त केही झैँ पनि लागेको छैन रे, दशैँ गयो अब तिहार आउँदैछ झन बिरक्त लाग्दैछ भन्नुभयो। मैले त सम्झाउने प्रयास गरेँ र कुरो अन्तैतिर मोडाएँ र फोन राखेपछी बिछोडका आँसुहरुसँग एकैछिन आफुलाई पगालेँ। तपाईंलाई पनि त्यस्तै हुन्छ होला है त्यहाँ ? के गर्नु भाग्य भनौँ या कर्मको खेलमा पौडिडैँ जादाँ एउटै परिवार पनि चारैतिर छरिएर अलग्गिएर बस्नुपरेको छ। त्यो पछाडिको आफ्नै बाध्यता, विवसता र लक्ष्यहरु त छन् नै तरपनि कतिबेला आफ्नोहरुसँग टाढियर बस्नुपर्दाको पिडाले मन कटक्क खाँदो रहेछ तर जे भएपनि आशा त अझै मरेको छैन, संघर्षरत यात्रामा कहिलेकाहिँ बिछोडिनु परेपनि भोलिको उज्जवल भबिष्यको परीकल्पनासगैँ आजका झिना,मसिना त्यागहरुलाई सम्झेर चित्त बुझाउने बाटो हामी सवैले रोज्नुपर्छ। आखिर ढिलोचाँडो एकदिन त हामी आफ्नै जन्मभुमिमा फर्केर त जान्छौँ नै त्यसपछि हाम्रो मिलनका दिनहरुमा बिछोडका शब्दहरु जोडीने छैनन् भन्ने पूर्ण आशा लिएकी छु। तपाईं पनि आफ्नो लक्ष्यसम्मा पुग्न निरन्तर पाइलाहरु अघि बढाइ रहनुहोला। आज यो सानो लेख मार्फत नै तपाईंलाई सम्झेर शुभ दिपावलीको अबसरमा शुभकामनाकका शुभेच्छाहरुसगैँ तपाइको उत्तरोत्तर प्रगति, सु-स्वास्थ्य र दिर्घायुको कामना गरेकी छु। सप्तरङी टिकाहरु लगाइदिन नपाए पनि सप्तरङी इन्द्रेणी झैँ रङ फिजाएर जीवनमा नौला उमगंहरु छर्न सक्नुहोला भनि प्रार्थना गरेकी छु , मखमली फुलका मालाहरु पहिर्याइदिन नपाए पनि मखमली फुल झैँ दिगो भइरहनु र दीपावलीको दीप जस्तै रोशनी छरेर अध्याँरोलाइ छोपी सधैं उज्यालोतिर तपाईंका खुट्टाहरु लम्किरहोस् र तपाइका हर इच्छा अनी लक्ष्यहरु चाँडै नै पुरा होउन् भन्ने कामना गर्दछु। पोहोर साल जस्तै सगैँ बसेर हाँस्दै, रमाउँदै सवै एकै ठाउँ जम्मा भई खाना खान नपाएर त के भयो र ? यसपाली आमाले बगैँचा भरी रोप्नुभएको फुलहरुले तपाईंको गलामा मुस्कुराउने संयोग नपाएर के भयो र ? तर एकदिन ति सवै कुराहरुले सार्थकता पाउनेछ भन्ने मेरो बलियो अभिलाषाका साथ फेरी पनि परदेशी बहिनीको तर्फबाट परदेशी दाजुलाई तिहारको धेरै धेरै सम्झन्,माया र शुभकामनाका शब्दहरु उपहार स्वरुप टक्र्याउँदै यो सालको तिहार यसै गरी भावनामा बहेर मनाउन वाध्य छु म ...
गोदावरी, सयपत्री बगैँचाभरी फुले
मखमली त झन् गमला भरी झुले
आफु त यहाँ परदेशमा एक्लै राजै
दशैँ न तिहार सधैं काममा नै भुलेँ
नझारे नि आँसु आमा! बाले है दियो
सपनिमै आँगन्,दलान चारैतिर डुलेँ
सधैं हिडिरहनु शिखरको बाटो दाजै
जीवन भरी सप्तरङी टिका झैँ खुले
बाधा, पिडा ओखरमा फुटाउनेछु मैले
कामना,प्रार्थना अबिरल मनभित्रै तुलेँ
कुन रङको खेलौं होली ?
-
विश्व विद्यालयको डिग्री थन्क्याएर युवाकुरिहेछन् खाडी जाने विमानदेश बनाउने
कसम खाएकाहरू सत्तमा पुगेपछि बेचिरहेछन् इमानकालो छ अँध्यारो छ भविष्य
देशकोछैन सफा ...
3 weeks ago
सधैं हिडिरहनु शिखरको बाटो दाजै
जीवन भरी सप्तरङी टिका झैँ खुले
देवकोटाको शतबार्षिकी उपलक्ष्यमा प्रकाशित "मेरो नेपाल" प्रति तपाइले पुर्याउनु भएको सहयोगको हार्दिक कदर गर्दै शुभ दिपावलीको अवसरमा हार्दिक मंगलमय कामना व्यक्त गर्दछु । तपाइको लेखको सन्दर्भमा मेरो नेपालमा टाईपिंगबाट हुन गएको गल्ति प्रति भने अझै पनि क्षमाप्रार्थी छु । तपाईका कलमहरु यसरी नै अघि बढी रहुन ।