जब रातहरु सन्नाटासगैँ ढल्दै जान्छ
तब जलन मुटुको झन बल्दै जान्छ ।।
अतितका तितामिठा सगाँलो हरुमा
एकल साँझ मन बिस्तारै गल्दै जान्छ ।।
स्वतन्त्र फक्रिन दिएनौ त के भयो र?
ऋतु अनुसार फुलहरु फुल्दै जान्छ ।।
बिचैमा साथ छोडि गए पनि मायालु
तैपनि यात्रा त जीवनको चल्दै जान्छ ।।
बामे सर्ने प्रयासमा धेरै चोटि लडेनि
जिउदैँ कयौँ घुम्तिहरु छल्दै जान्छ ।।
दोस्रो ~ बाह्र बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला । 27 चैत्र 2080 देखी 27
बैसाख 2081 | सुनसरी | धरान |
-
धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा
बाह्रबर्षे महाकुम्भ मेला २०८० चैत २७ देखि आगामी २०८१ वैशाख २८ गतेसम्म
सञ्चालन भैरहेछ...
1 day ago