औशीँको मध्यरात
जुन निदाइरहेको बेला
एक नितान्त शुन्य मन
मनभित्रको भ्रम
अनकन्टार वस्तीमा
जुनकिरीको टिलपिल उज्यालो
लाटोकोसेरोको राज
रातको मसानघाट ।।
शिषिरले बसन्त खोजे जस्तो
गजलले बहर रोजे जस्तो
पहाड उक्लिन खोज्ने यो मन
कहिले तलाउमा चुर्लुम्म डुब्न खोज्छ
कहिले चट्टानसँग ठोक्किन पुग्छ
अनी,
तर्सेर ब्युँझिन्छ चेतनामा
जोख्न खोज्छ जीवन तराजुमा ।।
कालरात्रीका केही प्रहरहरु
अझै केही बाँकी नै छन्
सुर्योदयले दिनको
स्वागत त गर्नु नै छ ।
पुर्णिमाका स्वर्णिम रातहरु
घमाइला ती दिनहरु
पोल्टाभरी सगाँलेर, सम्हालेर
भड्किरहेको यो अवशेषमा
सदावहार रगीँन इन्द्रेणी सजाउनु छ ।।
जिबनभरि बिझाईराख ...............
-
किन किन आजकल मलाई मनै छैन लेख्न
फागुको यो अविर दली बिजय पथ देख्न
आफ्नै मुटु भारी हुन्छ सक्या छैन बोक्न
छिया छिया भयो यो मन सक्दिन म रोक्न
१.
अझै तिमी कति स...
21 hours ago


Comments (0)
Post a Comment