चन्द्रमा छुने आकाक्षाँहरु
मनको फुलवारीमा ढकमक्क फक्रन्छन्, फुल्छन्
विश्वाशमा घाम,पानी,शीत र वतास सँग
उ लड्न तयार हुन्छ ।
कल्पनाहरुले सागर भर्छ ..
आशाहरुले मिलन चुम्छ ..
धर्ती र आकाशको काखमा
सप्तरगीँ इन्द्रेणी सजाउँछ ..
मानौँ ति पलका खुशीहरुले
पूर्ण जीवनको आभास दिलाइरहेको छ ।
तर अजर, अमर खुशी कहाँ ?
थाहा छ बगैँचालाई ,
फुलहरु एकदिन झरेर जान्छ , मरेर जान्छ ।
फेरी,
नव ऋतुहरुको आगमनसगैं
फरक फरक सुवासहरु बोकी ,
सदावहार सुशोभित बनाइरहेकै हुन्छ बगैँचालाई।
पक्रनु , फुल्नु, ओईलिनु र झर्नु त सव
नियति हो फुलहरुको ।
वसन्त वहार मात्र कदापी हुन सक्दैन
शास्वत सत्य बगैँचाको ।
त्यसैले म भन्छु ,
बगैँचा जीवन हो ,
फुलहरु यसको श्रिगाँर ।।
कोठेगफ, हल्ला र हावागफ
-
[image: Chatter]त्यसो त गफ, काठमाण्डौले मात्रै हैन, संसारका सबै सहर र सो
सहरका बासिन्दाले गर्छन् । तैपनि काठमाण्डौको गफ भने भिन्दै हुन्छन् । यहाँ
कहिले क...
2 hours ago


निकै उत्कृष्ठ लग्यो !साच्ची जीवन बगैचा हो र फुल त्यसको शृंगार ...
निकै तर्कसंगत कुरा गर्नु भो ! धन्यबाद आशा जी !