नसोचेका खुशीहरु, थाहै नपाई झल्किदाँ
हर्षले रोइदिन्छ आँखा यी,आसुँहरु छल्किदाँ
यसै फेरी रोमाञ्चित भईदिन्छन् आशाहरु
भाग्यरुपी समयको खेल्,आँफैतिर ढल्किदाँ
लड्दै,उठ्दै कति हिड्छौ यात्राहरुमा हामी
क्षितिज पारी बिजयका हातहरु टल्किदाँ
दु:खको के गन्ती भो र?संघर्ष न हो जीवन
रम्न फेरी जानेकै छौँ,जिउने कलासँग पल्किदाँ
एउटै रेखामा बाँच्न सकिन्न रहेछ नि सधैं
परिवर्तनका चाहना हरु मन भरी सल्किदाँ
Windows 8 पहिलो प्रयोगका अनुभव । डाउनलोड लिन्क सहित !
-
अबको केही महिनामा आधिकारिक रूपमा सार्वजनिक गरिने तयारी गरिएको माइक्रोसफ्टको
विन्डोज ८ को ‘कन्ज्युमर प्रिभ्यू’ भर्खरै सार्वजनिक भएको छ । अपरेटिङग
सिस्टमको...
12 hours ago


आशा जी को विश्वासमा धेरै पछी रम्ने मौका पाए। गजलको स्वाद मज्जाको छ।
नयाँ बर्ष २०६७ को मंगलमय शुभकामना आशा जी, यो बर्षले तपाइको जीवनमा खुसीका बहारहरु लिएर आवोस मेरो कामना!