मनभित्र उठेका छालहरु
दिमागमा उब्जिएका तरंगहरु..
ब्यक्त नगरिएका भावनाहरु..
वा ब्यक्त गर्न प्रयास गरिदाँ पनि
गुम्सेर र गुम्साएर राख्न खोजेका
पिजँडा भित्रका ब्यथाहरु..
शिर्षक बिनाका कती
अन्त्यहिन कथाहरु..
न्याय नपाएर अदालतको ढोकामा
घच्घच्याइरहेका निर्दोषका लामबद्ध केसहरु..
गाँस, बास र कपासको अभावमा
छट्पटाउदैँ ज्यान गुमाएका
बिचरा! हामी गरीब जनताहरु..
अन्याय र अत्याचारको बिरुद्ध लड्डै
नेताहरुको खिचातानीलाई,
चर्को उपहासको रुपमा आफुलाई उभ्याइ
आफ्नो देश र माटोलाई बचाउन
गरिएका कयौँ नरनारीहरुका प्रयासहरु..
सबै, सबै मिश्रित भावनाले
प्रतिबिम्बित भई आज यो चित्रकार
क्यानभासको दुनियाँमा हराउँदै,
कतै विना रङ त कतै रङ्हरुसँग पोतिदैँ,
शब्दहरुमा ओकल्न नसकेका
हर ती असहय् रेखाहरुलाई
यि मुर्त अनी अमुर्त चित्रहरुमा
मैले ठड्याएकी छु,उतार्ने प्रयास गरेकी छु..
उत्पीडनका एहसासहरुलाई
प्रत्यक कोणहरुमा छरी
उदागं हुने जमर्को गरेकी छु..
स्वतन्त्र नखुलेका किताबका पानाहरु ,
आज रङ र चित्रहरु मार्फत
एउटा छुट्टै परिचय लिई मानिसहरुको भिडमा
खुलाउने र बोल्ने कोसिस गरेकी छु ..
तिमीलाई स्वीकारोक्ती होस् या नहोस्,
तिमीले बुझ या बुझेर पनि बुझपचाउ,
तर आज म सन्तुष्टको सास फेरिरहेकी छु..
गर्हौ अनी निस्सासिएका भावनाहरुलाई पोखी
मन हलुको र आत्म शान्तिको
महसुस गरिरहेकी छु ..
सायद चित्रकारको भावहरु शब्द मा उतार्न तपाइ सफल हुनुभएको छ । :)
हो आशा जी, रंगहरु पोखिनु मनका भावनाहरु बाडिनु जत्तिकै हुन्छ, त्यहि हो आत्मसन्तुष्टि र त हामी लेख्छौं कसैले सुनोस नसुनोस कसैले बुझोस नबुझोस ,तपाइको शव्दहरुको यो चित्र सुन्दर छ ।