देउरालीलाई भाकी हजार कसम खाएपछि
बुढासुब्बालाई साक्षी राखी प्रीत लाएपछि
जुनतारालाई हेर्दै मात्र तिम्रै हुन्छु भन्थ्यौ
उजाड भएँ आज म तिमी नभमा हराएपछि
हर्ष अनि आँसुको के मुल्य रहेछ र यहाँ ?
आखिर तिमी क्षितिज पारी नै रमाएपछि
घाम देखे घामै राम्रो तिमीलाई जुन देख्दा जुन
पुरानो मायालाई बिर्सेंर नयाँ आशा पलाएपछि
सपनामा बर्बराए नि बिपनामा पागल भने नि
केवल सम्झनाको डाली मेरो हातमा थमाएपछि
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago

विरही भाव पोखिएको गजल मिठो छ!