2005 september 26 को दिनमा धेरै नयाँ आशाहरु र सपनाहरु बोकेर केही समयको लागि नेपालको भुमीलाई हात हल्लाउँदै इजराएलको कर्म क्षेत्रमा उत्रीएँ यो नै जीवनको पहिलो अनुभब थियो बिदेश यात्राको , प्लेन यात्राको त्यसैले होला त्रास, चिन्ता र कौतुहलताले मन खाइरहेको थियो । शायद पहिलोपल्ट नै आफन्तहरुबाट बिछोडियर होला असाध्यै एक्लोपन महसुस भएको थियो तर पनि जीवन यात्रालाई अघि बढाउने क्रममा मनभित्र जे जस्तो भए पनि बाहिरी बातावरणसँग समायोजन गर्न मैले निकै प्रयास गरिरहेकी थिएँ । यसरी नै दु:ख सुख , बिछोड , परदेशी हुनुको पिडा बोध र बिदेशी आँगनमा सँगालेका स्वदेशी र बिदेशी मानिसहरुको बिभिन्न खालका अनुभबहरुलाई स्मरणमा गाँठो पार्दै आज करिब साढे चार बर्षको अवधि पछी फेरी नयाँ गन्तब्यस्थल तिर मेरा पाइलाहरु अघि सरिरहेका छन् । यही परिबेशमा ,रहनसहनमा, बानी व्यबहारमा यति लामो समय सम्म आबद्ध भईरहेकोले होला भौतिक रुपले सधैंभरिको लागि बिदा गर्नलाई मन बिक्षिप्त भईरहेको छ र पनि सत्य कुरा चाँही यही नै हो कि जीवन सदा एउटै बिन्दुमा अड्किरहदैन। जिन्दगी यात्रा हो, समय र परिस्थितिहरु यसका मोडहरु हुँन् र लक्ष्य अनि सपनाहरु यात्रालाई सजिवता दिलाउने तत्वहरु हुँन् । समय परिवर्तनशील छ , मान्छेहरु चेतनशील छन् यही अनुरुप आफ्नो भबिष्यलाई डोर्याउँदै चालिएका पाइलाहरुलाई मुर्त रुप दिन हरपल प्रयास गरिरहेका हुन्छन् । शायद यही नै पाईन्छ मान्छे हुनुको प्रकृति र यसैलाई भनिन्छ अर्थपूर्ण प्रयासमा जीवन जिउनुको सफल चित्रण। यही मान्छेहरुको हुलभित्र म पनि एउटा आधार खोजिरहेको मान्छे जसले कम्तिमा उभिने धरातल पाएकी छे । अब कहाँ , कसरी र के गरेर यात्रा शुरु गर्ने त्यो म मा भर पर्ने कुराहरु हुँन् । इजराएलको बसाइँले मलाई थुप्रै नयाँ कोणहरुबाट जीवन जिउन सिकायो, हिंड्न सिकायो जुन मैले पहिले देख्न असमर्थ थिएँ तव मलाई लाग्यो जब मान्छे चार भित्ता भन्दा बाहिर निस्केर गतिशिल संसारसँग आफुलाई तुलना गर्ने आँट गर्छ त्यसपछी मान्छेहरुले धेरै सम्भावित बाटाहरु भेट्टाउन सक्षम हुन सक्छन् जहाँ उसले बिना सिमारेखा पूर्ण स्वतन्त्रतामा आफ्नो संसारलाई रंगिन बनाउन तल्लिन रहन्छन् । तर यहाँ आएर कति पाएँ, कति गुमाएँ त्यसमा कुनै गुनासो छैन मेरो तर इजराएल प्रबेशले मेरो जीवनमा महत्वपूर्ण ठाउँ राख्छ ।मलाई त बश लाग्दैछ मेरो जीवन बल्ल शुरु हुँदैछ संघर्षका श्रेणीहरु बन्दै नै छन् , अनुभबका बगेल्टिहरुसँग खेल्ने दिनहरु निर्माणाधीन छन् , जोखिमका चुनौतिहरुसगँ जुध्दै आफ्नो लक्ष्य र उदेश्यहरुलाई निरन्तरता दिने मौकाहरु सिर्जित हुँदै छन् । जीवनमा दोश्रो पल्ट नयाँ देश, भिन्न माहोल, फरक बातावरणसँग आफुलाई कतिको अनुकुल राख्दै यात्रालाई निरन्तरता दिन सक्छु या सक्दिन त्यो भोलिको दिनले बताउने नै छ मात्र यो विश्वाश छ कि चाहे जे जस्तो आँधी बेहरी किन नआओस्, घुम्तिहरुमा जति नै काँडाहरु बनेर बाटाहरुलाइ कठिन किन नबनाओस् तर म जीवनको परिक्षा दिन आशा,भरोसा र कर्म सहित सधैभरि तत्पर रहनेछु। भगवानसँग यही नै प्रार्थना छ , मलाई धर्य धारण दिने शक्ती दिनुहोस्, हरेक आरोह अबरोहसँग लड्ने सामर्थ्य दिनुहोस्। अन्तमा यहाँसम्म आईपुग्न मलाई प्रेरित गर्नुहुने इजराएलकै भुल्नै नसकिने व्यक्तिहरु र मेरा केही बिशेष मित्रहरु धन्यवादका पात्रहरु हुनुहुन्छ साथै मेरा सम्पूर्ण परिवार र चिरपरिचित साथीहरुमा म धेरै नै आभारी छु। उहाँहरुले म प्रति लागाउनुभएको गुन मैले शायदै अक्षरमा सिमित गर्न सक्छु इजराएलको भुमीलाई बिदा गर्दै विश्वको अर्को कुनाबाट छिट्टै नै भेट्ने बाचा सहित यहाँहरुलाइ अन्तिम कोशेलीको रुपमा सुम्पिदैँ सलोम इजराएल ...
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

