धमिलो आकाश अनी शान्त पवन
कठ्याङ्रिने यो मौसम,
शिषिर ऋतुको आभास
झ्यालका सिसाबाट छर्लङ देखिने
सेताम्मे हिउँका डल्लाहरु ,
घरका छाना, चोक र बगैँचाहरुमा चुलिएका छन्
अझै बर्सिरहेछन् अनवरत फुस फुस
शायद हिउँसँग यसरी पहिलो पटक
साक्षात्कार भएर हुँदी हो,
मन यसै यसै रोमाञ्चित भएर आउँछ
म एकतमासले हेरिरहन्छु लाटोकोसेरो जस्तै
हलिउडका मुभीहरुमा देखिने सुन्दर द्र्श्यहरु
अधरभरी कल्पिएका काल्पनिक तस्विरहरु
आफ्नै अगाडि प्रस्तुत भईरहदाँ
लाग्छ अहिले भर्खर हाम फाल्दै गएर
हिउँकै ओछ्यानमा लुटुपुटु त्यहि खेलिरहुँ र रमिरहुँ
मन न हो ,
आफ्नाहरु सम्झिदिन्छ ,
दु:ख सुखमा , झरी बादलमा
नितान्त एक्लो खुशी हुने प्रयासमा
वेहिसाब दुखी भएको छ यो मन ।।
म गुन्दैछु यहाँ आफैसगँ,
उफ्फ ! यो समय
जिउने हरेक बहाना बोक्दै एक्लै एक्लै
कयौँ डाडाँ काटीसकेछु,
कति समुद्रहरु पार गरिसकेछु
यथार्थको धरातल सम्म आईपुग्दा,
पानी जस्तै रङ्हिन, स्वादहिन ,गन्धहिन म
अत्याधुनिक टेक्नोलोजीको जमानामा
थोत्रो ब्ल्याक एण्ड ह्वेट टि.भी जस्तो म
फगत रित्तो रित्तो उभिन
नहिच्किचाउने बबुरो म
आज र आफुलाई फ्युजन गर्दै जादाँ
एक पछी अर्को उकालो चढन खोज्ने यो मनलाई
फेरी मनले नै माया गर्दै
एउटा असल यात्री हुनुको
धर्म पालना गरिरहेछु ।।
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago
