तिमी उज्यालोको प्रतिक सारा धर्तीमा
तिमी बिना अपुरो छ सृस्टि
पृथ्वीमा अँधुरो हुनेछ दृष्टि,
तिमी झलमलाइरहन्छौ केही नभनि
तिमी बलिरहन्छौ आँफैमा निरन्तर।।
बिहानको उषाको लाली भैइ,
छाउछौ चारै जगतमा पुर्वदेखि जहिले
अस्ताउछौ बिस्तारै
जब तिमी ढल्किदै जान्छौ पश्चिमतिर।।
फेरी भोलिपल्ट त्यसै गरी
नयाँ दिन ल्याइदिन्छौ,
मान्छेहरुमा आशाको दियो जलाइदिन्छौ।।
तिम्रो लीला अपरम्पार्,
तिम्रा प्रकाशहरु अमर।।
जति गहिरियो उती नै बुझ्न नसकिने
कस्तो अपार रचना यो।।
बिज्ञान र प्रबिधिले दिनहुँ
नयाँ नयाँ रुपहरु फेरिरहेपनि
तिमी आँफैमा बिशाल छौ युगौदेखि।।
तिमी नहुदोँ हो त
भोलिको अस्तित्व हुँदैन थियो होला,
जिबन रसमा अर्को ईँट थपिने थिएन होला,
आशा,बिश्वास र प्रतिक्षाको
बिरुवाहरु रोपिने थिएनन् होला,
मान्छेहरुमा क्रुरता,अपराधहरु
जन्मिने थिएनन् होला,
जहितही लडाईं,अशान्ति र गोली बारुदहरुको
धुवाँहरु उडदैन थिय होला।।
मानौ तिमी नभए यहाँ,
"अर्को" भन्ने शब्द नै हुने थिएन होला।
भनौ तिमी नभए यहाँ,
संसार यति रोचक र सिर्जनशील हुँदैन थियो होला।।
तर तिमी त्यही छौ,सयौँ बर्षौदेखि
उही रुपमा,उही चालमा
उही ढंगमा, उही कर्ममा
उही आशामा, उही उमगंमा
केही गुनासो छैन त्यँहा,
मनमस्तक भैइ आँफैमा
डढिरहेछौ उस्तै गरी।
उदाइरहेछौ धर्तीमा उही गतिमा
बिना संकोच्,बिना बाधा अडचन।।
शायद तिमी नै होला
त्यो एक मात्र बस्तु,
जसमा कुनै मोह छैन,
जसको कुनै खोट छैन,
जसलाई कुनै ईच्छा छैन,
जो माथि कुनै सन्देह छैन।।
जुन अपरिहार्य छ मानब जीबनमा,
जुन चरम आबश्यकता हो।
जसको अस्तित्व कायम रहिरहनेछ,
निरन्तर निरन्तर।।
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

