खोज्न चाहे खुशी चौतारीमा
मौनतामा अल्झिरहे ।
आँधी बेहरी अनी बर्षा र बादल
आकाशै ढाक्ने कुहिरो
मानौँ म कनिकुथी पदचापहरु नाप्दैछु ।
शुन्यतामा हराउन खोज्ने यि विहानीहरु
उषाका लालीहरुले पछ्याउँदैछन् ।
लाग्छ पहाड, तराईको छात्तीभरी
उकुसमुकुस थुप्रीएको छ
तैपनी सदा,सर्वदा बाँचेकै छ र बचाँएकै छ ।
मैले पनि त देउरालीसँगको कसम
अझै भुलेकी छैन ।
संघर्षमय यि समयका झोँकाहरु
आगो भएर दन्किन्छन् पाइला-पाइलामा
उतारचढावका कयौँ ज्वालामुखीको
लाभाहरु बिच म आँफैलाई खोज्दैछु ।
डराउँदिन म ति बुलन्द आवाजहरु देखी
झस्किन्न म नमिठो सपना देखी
किनकी,
अव समय बदलिसकेको छ ।
कालो वादल हटिसकेको छ ।
निरासाको पर्खाल भत्किसकेको छ ।
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago
