जब रातहरु सन्नाटासगैँ ढल्दै जान्छ
तब जलन मुटुको झन बल्दै जान्छ ।।
अतितका तितामिठा सगाँलो हरुमा
एकल साँझ मन बिस्तारै गल्दै जान्छ ।।
स्वतन्त्र फक्रिन दिएनौ त के भयो र?
ऋतु अनुसार फुलहरु फुल्दै जान्छ ।।
बिचैमा साथ छोडि गए पनि मायालु
तैपनि यात्रा त जीवनको चल्दै जान्छ ।।
बामे सर्ने प्रयासमा धेरै चोटि लडेनि
जिउदैँ कयौँ घुम्तिहरु छल्दै जान्छ ।।
मौन
-
किरण्हरुले रङिएकाकुयिरो भित्र लुकेरहराएको मआफै ले आफुलाईखोज्दा खोज्दैकता
कता रुमलिदैतिमीलाई खोज्न पुगेछु
1 week ago

