चन्द्रमा छुने आकाक्षाँहरु
मनको फुलवारीमा ढकमक्क फक्रन्छन्, फुल्छन्
विश्वाशमा घाम,पानी,शीत र वतास सँग
उ लड्न तयार हुन्छ ।
कल्पनाहरुले सागर भर्छ ..
आशाहरुले मिलन चुम्छ ..
धर्ती र आकाशको काखमा
सप्तरगीँ इन्द्रेणी सजाउँछ ..
मानौँ ति पलका खुशीहरुले
पूर्ण जीवनको आभास दिलाइरहेको छ ।
तर अजर, अमर खुशी कहाँ ?
थाहा छ बगैँचालाई ,
फुलहरु एकदिन झरेर जान्छ , मरेर जान्छ ।
फेरी,
नव ऋतुहरुको आगमनसगैं
फरक फरक सुवासहरु बोकी ,
सदावहार सुशोभित बनाइरहेकै हुन्छ बगैँचालाई।
पक्रनु , फुल्नु, ओईलिनु र झर्नु त सव
नियति हो फुलहरुको ।
वसन्त वहार मात्र कदापी हुन सक्दैन
शास्वत सत्य बगैँचाको ।
त्यसैले म भन्छु ,
बगैँचा जीवन हो ,
फुलहरु यसको श्रिगाँर ।।
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago
