मजेत्रोभरी छताछुल्ल सपना बोकेर
बटुवा देश, परदेश निस्कन्छ
एक जोडी आँखामा अनेकौँ मनहरुको
अपेक्षित रहरहरु समेतेर ।।
चट्टान फोड्ने र हिमशिखर चढ्ने
अनुपम लक्ष्य अनी आत्म विश्वाशमा
यावत पदचाप कहानीहरु माझ
घनघनस्या उकालीमा उ थाक्दैन ..
मरुभुमीको बाफिलो हावामा उ हतासिदैँन ..
शिषिरको तुषारापातमा उ काप्दैन ..
पराजय हुनुको बिजयमा उ शोक मनाउदैन।।
सजिव्, निर्जिव तत्वहरुसँगको
परिक्षण प्रयोगशालामा
उ सधैँ हाजिर हुन्छ ..
आखिर,
कृया, प्रतिकृया जस्तोसुकै किन नआओस्
अनुभवको सागरमा उ पौडिन चाहान्छ ।।
यो अलौकिक संसारमा
लौकिक पदार्थको ठोस खोजिमा
उ अनवरत हिडिरहन्छ बश हिडि नै रहन्छ ।।
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago
