सपना मा साँचेकी थिएँ विपनामा आइदियौ
कल्पनालाई छिचोल्दै यथार्थ बनि छाइदियौ
सुटुक्क लुकामारी खेल्ने मेरा रहरहरु सँग
त्यो मन अन्तै नमोडि मै तिर धाइदियौ
संगीतका हजारौँ भिडहरुको बिचमा आज
कहिले नमर्ने अमर पिरतिको गीत गाइदियौ
नौला,नौला उमंग भरी रंगीन इन्द्रेणी जस्तै
यो मनको मझेरीमा माया तिमीले लाइदियौ
भगवान लाई साक्षी राखी स्वीकारेँ तिमीलाई
मुटुको धड्कन बनि तिमीले मलाई नै पाइदियौ
जीवनको अन्तिम घडीसम्म साथ दिन्छु भनी
अँगालोमा बाँधी बाचा र कसमहरु नि खाइदियौ
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

यसैगरि सबै कुराहरु पुरा हुने भइदिए, कति राम्रो हुने थियो । सुन्दर गजल रहेछ, आशा जी !