ब्यथाहरु मनमै लुकाइ हाँस्नुपर्छ किन?
खुशीहरुलाई काखा लगाइ बाँच्नुपर्छ किन?
जीवन हो घाम छाँया,मिठो छ भन्दा
मुस्कान थोरै,आँसु धेरै साँच्नुपर्छ किन?
परिस्थितिको दासी भइ सधैँभरी हामी
नचाहदाँ पनि बन्धनलाई बाँध्नुपर्छ किन ?
नजरको दोष भनौ या समयको खेल हाम्रो
अतितको भुललाई बर्तमानमा दाँज्नुपर्छ किन?
जिउनु त पर्छ,मनको बाँधलाई रोक्दै पनि
टुटेफुटेको मनलाई फेरि गाँस्नुपर्छ किन ?
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

जीवन यसरीनै चलाउनु पर्छ सायद आशाजी,दोष न त नजरको हो न त समयको यो त फगत एक सिलसिलाहो हो चलिरहन्छ र चलिरहनेछ। मात्र यसलाई कसरी आत्मसाथ गर्ने हो भन्ने मात्र फरक कुरा हो। जसरी हुन्छ, जे हुन्छ समयलाई लिएर अगाडि बढ्नु पर्छ। शुभकामना निन्तान्तै सुन्दर गजलको लागि र बधाई पनि तपाईको जिवन वोधको लागि।
o ho nikai dami lagyoo malai ta ...........
घाम छाया नै हो जीवन आशा जी कहिले रुनु पर्ने कहिले हास्नु पर्ने - त्यसैले त जीवन को महत्व बढाई रहेको हुन्छ पनि !
राम्रो प्रस्तुति |
गजलहरु तिखारिदै आएका छन् ।
भाव पनि मलिलो लाग्यो यस गजलको ।
तर पहिलो सेर (मतला) मा खुशीहरूलाई 'पाखा' लगाई हो कि ?
राम्रो छ आशा जी गजल लेखाई कोशिस गर्नुहोस जहिले पनि कोशिस ले मात्र मान्छेलाई एउटा राम्रो मान्छे बनाउन सिकाउछ। साहित्य न हुन कहिले लय त कहिले छन्द मिल्न पर्छ रे, मलाई त थाहा छैन र पनि साथीहरुकोलेख रचना हरु यसो पढ्ने गर्छु रमाईलो लाग्छ।
गजलका हरेक हरफमा रहेका सवाल आँफैमा जवाब बनेर रहेका छन ....... जिन्दगीले जिन्दगीलाई सोधेको जस्तो ..
मिठो छ गजल! बेदना र निराशाले भरिएको भएपनि हिम्मत भने हारेको छैन गजलकारको मनले। त्यो भाव राम्रो लाग्यो।
Asha ji Namaskar, hajurka gajal dherai ramra hudai gaeya chhan. Yashri nai jati niraashataa haat lage pani, ashafal bhaya pani himmat harnu hudaina abashya shafat bhainchha... Dherai ramro bhav bokeko chha yo gajal le. Thank you very much for giving us chance to read your such good GAJAL. Please keep it up & wish you best of luck.