देउराली भर्ज्याङ्लाई साक्षी राख्दै
पाखा, पखेराहरुलाई माया मार्दै
तिमी पस्यो मुग्लान पारी ,
मेरो आँखाबाट दुर भैइ यहाँ एक्लै छाडी..
मेलापातमा भुले कहिले म त
गाउँ र बेसीँ गर्दै दिनहरु बिताएँ..
रोधीँ र घाँटुहरुमा तिमीलाई कति सम्झें,
मान्छेहरुको हुलमा पनि आफुलाई नितान्त एक्लो पाएँ..
औंला भाँची भाँची दिनहरु बिताउथेँ,
पिढीँको डिलमा बस्दै तिम्रै बाटो कुरी बस्थेँ,
कति उराठिला हुँदा रहेछन् प्रतिक्षाका दिनहरु..
सार्है पिडादायी हुँदा रहेछन् बिछोडका यी पलहरु..
दिन बिते,हप्ता बिते, बिते कयौं महिनाहरु,
न त पाए पत्र तिम्रो न त कुनै खबर नै..
आँफैले सान्तवना दिदैं मनलाई सम्हाल्दै गएँ..
भोलिको आशमा,अतितका दिनहरुसँग डुबुल्की मार्दै गएँ..
तर कल्पना, कल्पनामै सिमित रहयौ,
आएनन् कुनै मन बुझाउने चिट्ठीहरु..
मेरो माया कुशल नै छौ र तिमी त्यहाँ ?
कतै घोर दु:खमा परेको त छैनौ परदेशमा ?
मेरा आशुँहरुको चित्कारले छोएन होला तिम्रो मुटुमा ?
सोच्छु कतै तिमीले गाउँले माया भुलिदियौ कि ?
भगवानलाई भाकी खाएका कसमहरु तोडिदियौ कि ?
साथै बुनेका सारा सपनाहरु बिर्सिदियौ कि ?
यी सङ्ला खोला नालाहरुलाई भुलि ,
बिदेशी रमझमलाई पो अगाँल्यौ कि ?
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

के गर्नु यस्तै रहेछ जीबन। सबै छ तर कोही छैन जस्तो हुने रहेछ। बाच्नुको खेलमा को कहाँ कसरी हिड्नु पर्ने रहेछ। सायद तपाईलाईनै सम्झेर रोएका पो छनकि उनी। तपाईलाईनै माया गर्न नपाएर तड्पिएका पो छनकि। तपाईले जस्तो कतै आफ्ना कुराहरु राख्न नपाएर बिहोसिमा पो छनकि। चाहेर पनि केहि गर्न नसक्ने पो भएका छनकि उनी। तपाईको मायाको रमझम भन्दा बिदेशी रमझन सायदै आँगाल्लान उनी।।
साह्रै मन छोयो तपाईको कबिताले। धेरै धेरै धन्यवाद हे।।
कविता अति राम्रो लाग्यो आशा जी । तपाइको साहित्यिक यात्राले बाटो फराकिलो बनाउदै गएकोमा म अति नै खुसी छु कामना गर्छु शिखर चुम्न सफल होस छिट्टै ।
"औंला भाँची भाँची दिनहरु बिताउथेँ,
पिढीँको डिलमा बस्दै तिम्रै बाटो कुरी बस्थेँ,
कति उराठिला हुँदा रहेछन् प्रतिक्षाका दिनहरु..
सार्है पिडादायी हुँदा रहेछन् बिछोडका यी पलहरु.."
------------------------
यथार्थ भाव - आशा जी !
यो पनि राम्रो लाग्यो |
आशा जी मान्छेले सोंचे जस्तो कहाँ हुन्छ, देखे जस्तो कहाँ हुन्छ, सपना एउटा अनि बास्तबिक्ता भिन्नै हामी के सोंच्छौ र यात्रा कता लाग्छ। हामी केवल समयको दाषी जिबनभर दासताभित्र रहेर एकपलको जिबन गुमाउनु पर्छ। तपाईंको कबिताले यथार्थ पोखेको छ। धन्यबाद यति भावमय कबिताको लागी।