शुभकामना नयाँ बर्षको

5

Category:


२००९ लाई बिदा गर्ने क्रममा यो सालको अन्तिम कोशेलीको रुपमा केही लेख्ने प्रयास गर्दैछु। ब्लग तथा फेसबूकका छिमेकी मित्रहरुले भिन्दा भिन्दै रचनाहरुले नौलो अनुभुतिको आभास दिलाउँदै भलाकुसारी गर्ने ईन्टरनेट घरलाई सजाईसक्नु भएको छ र यस्तो देख्दा मलाई पनि इनर्जी नआएको भने होइन तर पनि के लेखुँ भन्ने दुबिधामा अल्झिरहेकी थिएँ। हुन पनि यी दिनहरुमा मैले पहिले झैँ सक्रिय रुपमा उपस्थित हुन सकिरहेकि छैन न त साथीहरुको रचनाहरुमा कुनै रेस्पोन्ड नै सकिरहेकी छु

फुर्सद छैन भनु भने भएकै हो , छ भनु भने आफुले चाहे जसरी समय मिलिरहेकै छैन र अप्डेट गरिरहन पुग्दो खुराकहरु तयार गर्न यहाँको बातावरणसँग त्यति समायोजन गर्न नसकिरहेको अवस्थामा कम लगाव र ध्यानको कमिले गर्दा रचनाहरुमा ह्र्‍ास आईरहेको महसुस मैले पनि गरेकी छु। अझ बिशेष गरी पछील्ला दिनहरु त झन शुन्यमै परिणत भए भन्दा नि फरक नपर्ला। आन्तरिक तथा बार्‍ह्य परिबेशले पनि आफ्नो सिर्जनशील क्षमतालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पारीरहेकै हुँदो रहेछ जुन म आँफैले ब्यक्तिगत रुपमा अनुभव गरेकी छु।

तर पनि आजको बिशेष साँझ, नयाँ बर्षमा उषाको नौलो लाली छर्ने जमर्को गर्दै यही कलम द्वारा नै शुभकामनाका शुभेच्छाहरु यहाँहरु समक्ष बाँड्दै नयाँ यात्रामा पाइलाहरु फड्को मार्दैछु । नव बर्षले सवैमा खुशी र उमंग ल्याओस्, उन्नति र प्रगतिको बाटोमा लकिरहने प्रेरणा मिलिरहोस् ,सवैलाई समानताको धरातलमा हक र अधिकार सहित स्वतन्त्र भई बाँच्ने धरातल मिलोस् अनि हामी सवैलाई रंगिन इन्द्रेणी छरिएको बिशाल आकाश मिलोस् जहाँ सपनाहरु सधैँ जन्मिरहन सकोस्, खेलिरहन सकोस् र आशाहरु सदा जग्मगाईरहोस् र साथै सवैमा भाईचाराको संचार भई एकतामा एउटै बगैँचाभित्र रङिबिरङी फुलहरुको बास्ना छर्दै शान्तसँग बाँच्न सकौँ, रमाउन सकौँ र मिलिजुली खुशीयाली मनाउन सकौँ ।नवबर्ष २०१० सालको यही नै मेरो हार्दिक मगंलमय शुभकामना ...

POEM: During Christmas !!!

2

Category:



Dark nights ,
Stars are sparkling over the sky
playing hide n seeks ..
So cold and wind ,
that whispers into my ears
of gingle bells,carols,gifts and santa clous ..
Winter and snowflakes ,
we always wait eagerly
let people feel cool within internal warmth..
And all the surprises And secrets that you bring
which makes us really exciting ..

I wonder how sweet will it be ,
my sensation leetting me feel with full of bliss
though my feets are shivering bcz of breeze..
But,
I know i'm in peace ..
Lets pray in the X'MAS eve ,
with all faith and respects wholeheartedly
for his kind and kin Mercy ..
to pour his hoiliness ..
to lighten our darkness ..
to bulid a confidence ..
to give us inspiration and courage ..
to create strength and patience ,
to encounter all kinds or trials of troubles ..
No matter what but ,
We do swear Not to give up ..

His Spirit is one ,
One in all ..
The holy cross, he was hanged
for the truth and justice ,
which we've been embracing and will be following the same paths
as long as the universe exists ..
In An Auspicious Moments of X'MAS ,
I wish you all for
Fresh air and pure breathe ,
being far from all those crossed eyed
to be in all knwon as Unity's Thread ..

Finally,
Its time to be together ,
For sharing happiness and cheer ..
A favourite season to make a fun and laugh ,
that will remain through out the life ..
Leaving our past behind ,
Begining of new journey ..
A joyful memories ,
holding love , new hopes and dreams ...

गजल

3

Category:

दु:खभित्रै सुख खोज्ने जीवनको रीत
भन्ज्याङ,चौतारीमै छ जीवनको गीत

हाँसु भन्छु सधैंभरी फक्रिएको फुल सरी
हुन्न रै"छ कोमल त्यो शिशिरको शीत

मलाई छोडि टाढा भाग्छ मन कता कता
यस्लाई भन्थे जीवनको अजम्बरी मीत

सघंर्षमा पाइलाहरु बढ्दै जाँदा खेरि
सजिलो त कहाँ छ र चुम्नलाई त्यो जीत

आशाहरु छन् शिखर झैँ सपना नि उस्तै
यही नै त अडेका छन् सारा जन हीत

मेरो दृष्टिमा

4

Category:



अझै प्रस्ट नदेखिएका चित्रहरु
यी रित्ता पानाहरुमा कोरुँ भन्छु
भावनाका तरेलीहरुलाई सम्बोधन गरी
यही कोरा कागज भित्रै सजाउँ भन्छु
तर फेरी ,
बिम्ब, भाव र प्रतिकको
यावत नियम कानुन र आकार प्रकारको सिमाभित्र
मेरो यो भर्खर पेटभित्र हुर्किदैँ गरेको सन्तान जन्मिन नपाउँदै
सिमाना वारीपारी बाट नै थिचोमिचो भई
गर्भभित्रै मर्ने हो कि भन्ने मेरो कमजोर डरहरुले
स्वतन्त्रतामा एउटा पन्छी जस्तै उड्ने मेरा रहरहरुलाई
कहिलेकाहिँ त्यसै खल्बलाए जस्तो गर्छ ..

फेसबुकमा दर्जनौं रचनाहरु दिनहुँ ओइरो लाग्छन्
ब्लगका भित्ताहरुमा प्रत्यक दिन त्यसैगरी
नयाँ कोशेलीहरु झुण्डिरहेकै हुन्छन् ..
कोही नयाँ युग चेतना बोकी
नौलो शैलीको प्रयोग अनि त्यस्तै आशा र अपेक्षामा
विश्व माझ टक्कर लिने विश्वाश सहित
निर्धक्क छाती फुलाइ अघि बधिरहेका छन् ..
त कोही परम्परागत भावलाई प्राथमिकता दिई
यसैलाई निरन्तरता दिनुपर्छ भन्ने प्रेरणाले उत्प्रेरित भई
आफ्नो मौलिकत नगुमाऔँ भन्ने अनुरोधमा घाँटी सुकाइरहेछन् ।

यिनै पारम्पारिक,आधुनिक र उत्तराधुनिक बिचको
साहित्यिक बिचार , बिमर्श र लक्ष्यको द्वन्दमा
म पिल्सिएको एउटा बिचरा कलिलो अनुहार
ठीक , बेठीकको गणना नगरि निर्दोष बालक झैँ
यसरी नै हावामा बोल्छ यथार्थ
उड्छ मन अघाउन्जेल सिमारहित चारैतिर
पोख्छ दिनका अनुभवहरु हरेक रातको बिसौनीसँग
लेख्छ ज्वलन्त ईतिहासका किताबहरु भोलिका लागि
आलोचना,समालोचना र बिपक्षीहरुको तर्क वितर्क हरुसँग
अनवरत यात्रा जारी राख्छ , एउटा सवल प्रमाण लिएर ..

जसले पचाउँदो शिर्षक नै किन नपाओस्
जसलाई पूर्ण स्वरुप प्रदान गर्न नै किन नहिच्किचाओस्
न त यो कसैले रोकेर रोकिन्छ
न त यो कसैको धम्काइमा डराउँछ
बश,
यो त चुली नै रहन्छ शिखर छुनलाई
चालिएका पाइलाहरुलाई सार्थकता दिलाउनलाई ..
बिचार हरुको भिडमा आगन्तुक आवाजहरुको
अनौठो छाप अनन्त सम्म छोड्नलाइ ..
नेपाली साहित्य फाँटलाई सवैको नजरमा
स्वतन्त्र अगाँली हात्तेमालो गरी उकास्नलाई ।।

जीवनका अनुत्तरित प्रश्नहरु

3

Category:



समयको भुमरी अनि परिस्थितीको खेलहरुमा
जीन्दगीको लडाईं पाइलै पिच्छे गर्नु पर्ने
कहिले अर्काको लागि बाँचिदिनुपर्ने
कहिले आफ्नै लागि मर्नुपर्ने
कहिले यही मनलाई ताल्चा मार्नुपर्ने
त कहिले यसैलाई सम्हाल्दै
सम्झौताका बाटाहरुमा हस्ताक्षर गरि अघि बढ्नुपर्ने
खै जीवनको परिभाषा
यस्तै यस्तै नियतिहरुमा अल्झिदोँ हो

पुरा अर्थ खोज्ने प्रयासमा ,
आशाका दियालोहरुसगैँ
एउटा सुनौलो बिहानीको प्रतिक्षामा
भिन्दा भिन्दै अनुभबहरुले
जीवन बुझ्ने चाहनाहरुलाई अधुँरो पार्दै
त्यो पुरानो जिज्ञासालाई पछाडि पारी
फेरी नव रसले जीवन प्रतिको मोहलाई
अझ रसिलो बनाउँदो हो
हो , म त यही नै हो भन्थे जीवन

तर ,
जीवनले सधैं मागे जस्तो अधिकार कहाँ पाउँदो हो र ?
अधिकतम कोसिस त हाम्रो यसलाइ
बाँच्नु र बचाउँनुकै चक्रमा अघि पछि दौडीरहेको छ
चाहे त्यो आफ्नो माटोबाट टाढा रहेर किन नहोस्
वा मनको इच्छा र अभिलाषालाई गुम्साएर किन नहोस्
चाहे त्यो आफ्नो अस्तित्वलाई छेलमा राखेर किन नहोस्
लक्ष्य र गन्तब्यहरु एकछिनलाई पछाँएर किन नहोस्

उही एक चौथाइ माडको होडबाजीमा
जीवनलाई कहाँ , कहाँ मात्र जोखिदैँन
कसरी पो यसको स्वरुपलाई बदल्दैनौं
कहिले पो यसलाई रणभुमीमा उभ्याइदैनौँ
र पनि यो बिचरा जीवन
एकतमासले आफ्नै तमासा हेरी बस्छ बिना प्रतिकार
धर्यधारणमा मौन प्रतिक्रिया गर्छ आफैसगँ
तैपनी यसलाई सार्थक बनाउने एउटा सिगोँ विश्वाशमा
यधपि जीवनका अन्तिम पलहरुमा पनि
सम्झाउँदै, बल्झाउँदै प्रश्नहरु तेर्‍स्याउँदै सोध्छ -
हे मान्छे ! तैँले मलाई यथार्थमा बुझेकै हो त ?
तेरो आँखाबाट मलाई छर्लगँ देखेकै हो त ?

गजल

2

Category:

जुनी जुनी भरिलाई माया तिमिसगैँ लाएँ
कहिले नछुटिने कसम तिमीसगैँ खाएँ

एक्लास जीवनमा तिमी बहार बनि आयौ
आँखाभरी नअट्ने सपना तिमीसगैँ पाएँ

मन्-मन्दिर , गाउँ शहर सवैतिर चहाँरे
केवल तिम्रै वरिपरी मेरा नयनहरु धाएँ

खै तिमीसँग के छ र जादु त्यस्तो प्रिय ?
हर खुशी तिमी नै,आखिरमा तिमीसगैँ आएँ

तिमीले मलाई आभास गर्यौ कि गरेनौ कुन्नि
आत्मादेखि म तिम्रो मनको बस्ति-बस्तिमा छाएँ

मुस्कानहरु त सधैं फुलिरहुन् गमला भरि
बाधा, पिडा सगैँ बाँड्न तिम्रो हात थमाएँ

ओईलिएको साईनो

5

Category:




जहिले जुन र ताराहरु लुक्छन् आकाशको छात्तीभित्र
चकमन्न अध्याँरोमा
कहाली लाग्दो, निस्सार समयको एउटा पाटो बन्छ ।
ठीक तिमीले मलाई त्यस्तै
औसीँका दिनहरु उपहार दिएर गयौ ।
त्यसैले अचेल म ,
हररात विल्कुल शुन्य सन्नाटाको गोलार्धमा पिल्सिरहेछु ।
प्रत्यक रात रित्तो अझै रित्तो बन्दै गईरहेछु ।
अनी उही औसीँमय गोलार्धमा ,
अमुल्य समयहरु जानी नजानी फ्याँकीरहेछु ।

तर,
आज मलाई त्यो दैनिकि बिरुद्ध हुन मन लाग्यो
म आँफैसँग लडेर आज यो ब्यर्थको गोलार्धभित्र
समाहित हुन दिईरहेकी छैन ।
मैले त मात्र समर्पण गरेकी थिएँ
शरीर दुई भए पनि आत्मा एकै बनेर
जीवनका ओकाली,ओरालीहरु सगैँ हिडौँला भनि
चोखो कसम खाएकी थिएँ
आस्था,भरोसा र त्यागको त्रिबेणीमा
मेरो वर्तमान र भबिष्यहरु बिना सम्झौता
तिम्रै नाममा जोडीदिएकी थिएँ ।

अब ,
तिमी नै भन ,
तिमी प्रति निश्छल भावनामा समर्पित हुनु
र बदलामा पीडा मात्र पाउनु के मैले ठुलो भुल गरेँ र ?
मैले मेरो अस्तित्वलाई तिम्रो स्वाभिमानसँग स्वीकार गर्दा
कँही, कतै कमी देखियो र ?
आँखाहरुमा नकोरिएका सपनाहरु बुन्नु
अनी बाचा, बन्धनभित्र बाँधिने रहरहरुमा
तिम्रो स्वतन्त्रताको हनन पो गरे कि ?
तिम्रो लागि प्रेम सस्तो खेल भएछ भने
मलाई किन यति सार्हो महँगो र गर्हौ भईरहेछ ?

त्यसैले ,
आज यो मन कठोर भएर उभिएको छ र भन्दैछ,
भो अबदेखि तिमी मलाई बिथोल्न नआउ ।
चर्केको मुटुभित्र झन ब्यथा बढाउन नआउ ।
निर्जिव हुन लागेका भावनाहरु लाई
फेरी ठेस पुर्याउन नआउ ।
आशा र सपनाहरु भुलेको मान्छेलाई
ब्यर्थमा झस्काउन नआउ ।
नयाँ पाइलाहरुको शुरुवातमा तगारो बनि 
मेरो जीवनमा तिमी भुलेर पनि नआउ ।।