जुनी जुनी भरिलाई माया तिमिसगैँ लाएँ
कहिले नछुटिने कसम तिमीसगैँ खाएँ
एक्लास जीवनमा तिमी बहार बनि आयौ
आँखाभरी नअट्ने सपना तिमीसगैँ पाएँ
मन्-मन्दिर , गाउँ शहर सवैतिर चहाँरे
केवल तिम्रै वरिपरी मेरा नयनहरु धाएँ
खै तिमीसँग के छ र जादु त्यस्तो प्रिय ?
हर खुशी तिमी नै,आखिरमा तिमीसगैँ आएँ
तिमीले मलाई आभास गर्यौ कि गरेनौ कुन्नि
आत्मादेखि म तिम्रो मनको बस्ति-बस्तिमा छाएँ
मुस्कानहरु त सधैं फुलिरहुन् गमला भरि
बाधा, पिडा सगैँ बाँड्न तिम्रो हात थमाएँ
मौन
-
किरण्हरुले रङिएकाकुयिरो भित्र लुकेरहराएको मआफै ले आफुलाईखोज्दा खोज्दैकता
कता रुमलिदैतिमीलाई खोज्न पुगेछु
6 days ago

बास्तबमै साह्रै सुन्दर पाए मैले यस गजलमा तपाईको जीवन। कसैले माया गरे पनि नगरे पनि आफूले त हार्नु भएन। तपाई आफू चाहिँ खरो उत्रेको नै पाऐ आशाजी। फेरी आफूले चाहेको को हात नै थाम्न पाएँ पछि अरु के नै छ र।
मुस्कानहरु त सधैं फुलिरहुन् गमला भरि
बाधा, पिडा सगैँ बाँड्न तिम्रो हात थमाएँ
सुन्दर अति सुन्दर लाग्यो माया को भाव!! यसरीनै पोखिरहनु होला।
गजल यस्तै परिवेशको मीठो!! मज्जा आयो पढ्नलाई ।