4

Category:

एउटा संकल्प
म हिंड्न खोजिरहेकी छु तर कतै बिच बाटोमा आफु हराएजस्तो
म पोखन चाहन्छु आत्मबाटै तर म सकिरहेकी छैन
म आकाशमा खुल्ला सयर गर्ने प्रयास गर्छु
तर चुम्बक झै एकैठाउँ टाँसिरहेजस्तो म चल्नै सक्दिन

म आँफैलाई थाहा छैन के भैरहेको छ मलाई
कसैले अठ्याइरहे जस्तो, कसैले घाँटी निमोठिरहे जस्तो
म आँफैभित्र उकुसमुकुस हुन्छु तर ब्यक्त गर्न असमर्थ छु
म केहीसँग अल्झिरहेजस्तो,कसैको सहाराको पर्खाइमा छु

तर वास्तबमा म आँफैभित्र अल्मलिरहेकी छु
त्यसैले आँफैसँग भित्रभित्रै आफ्नै लागि लँडाइ गरिरहन्छु
म चाहँदिन म त्यही दोभानमा बाँचिरहुँ
म चाहँदिन त्यही त्रीबेणीहरुमा आफुलाई घोचिरहुँ

म निस्किन चाहन्छु त्यो भयाबहबाट
र राख्न चाहन्छु आफुलाई बिशाल आकाशको छातीभित्र
जहाँ म केबल सिमित हुँदिन म भित्रै जसरी म थिएँ
त्यसैले सकिनसकी धकेल्छु आफुलाई सकारात्मक सोचहरुसगैँ
अन्तत बिजयी पनि हुन्छु आशाहरुको नौलो किरणहरुसगैँ

जहाँ म फुल्न सक्छु,फक्रन सक्छु बिस्तारै भएपनि
म पोख्न सक्छु मेरा भावनाहरु स्वतन्त्र रुपले
जसरी चराहरु उड्छन निस्चिन्त आफ्नै वेगमा मनपरी
म बग्न सक्छु अबिरल नदीजस्तै एकैमासमा
जसरी यसको कसैलाई कुनै प्रश्न छैन,गुनासो छैन न त प्रतिकार नै

फेरी पनि मैले घचेटेँ आँफैलाई त्यो कल्पनाको संसारमा
जहाँ सपनाहरुको बास छ, जहाँ सिर्जनाहरुको भण्डार छ
जहाँ म डुबिरहन सकुँ,घोत्लिरहन सकुँ र ब्यक्त गरिरहन सकुँ निरन्तर
लीइ सुन्दर्,सभ्य अनि सन्तुष्टिको पाठहरु अबका बाँकी दिनहरुमा

बिचलित नहुँ म कहिले त्यो अन्धकारको बाटोहरुमा
म हुनेछु मेरो विश्वाशहरुको साथमा हरेक मोडहरुमा
जसरी यसले मलाई साथ दिरहनेछ,
जिउने हिम्मत म भित्र जगाइरहनेछ ।।

2

Category:


तिमी मेरी सपना

तिमी मेरी रातकी कल्पना मात्रै हौ या दिनको पनि,
देख्छु तिमी नै वरिपरी मेरो आँखाको नानीभरी।।
साँच्चै यो मेरो भ्रम मात्र हो या वास्तबिकता,
बुझ्न सक्दिन कहिलेकाही त्यो सपनाको संसारलाई।।

लिएथेँ संकल्प कुनै दिन्,तिम्रो ठाउँमा पुग्छु भनि,
तर भएछु दासी समयको, काँडासरी बाटोभरी।।
भुलिन तैपनी तिमीलाई मात्र संगालिरहे जतन गरी सधैंभरी,
तर यो मेरो ठुलो भुल रहेछ संगाल्नु,बाँधिरहनु आँफैभित्र।।

किनकी तिमी बिनाको यात्रा मेरो सधैं रहयो अँधुरो,
हिडिरहे पनि किन हो जानिन खै केको लागि र कसको लागि।।
आँफैलाई भुले त्यो माहोलमा,बिर्सेंजस्तो जस्तो गरे तिमीलाई,
तर वास्तवमा तिमी त्यही थियौ,मेरो पर्खाइमा कुरिरहेको।।
जब मेरा आँखाहरु खुले,अगाँले तिमीलाई मेरो यात्राभरी,
अठोट गरे अब केबल तिम्रो लागि जिउनेछु जिन्दगीभरी।।
गर्नेछु प्रयास सधैं,मेरा सपनाहरु यथार्थको धरातलमा उतार्न,
हिडुँला पहाडका खोंचहरु,तरुला सयौ नदीहरु किनकी तिमी मेरो मन्जिल।।
तिमी मेरो विश्वाश सपनाको,चाहे तिमी अहिले क्षितिज पारी भएपनि,
म बाँचिरहेको हर प्रहरको प्रमाण हौ तिमी
मैले फेर्ने प्रतेक श्वासहरुको आबश्यकता हौ तिमी।।
त्यसैले तिमी मेरो साथ कहिल्यै नछोड्नु,म देखि टाढा कहिल्यै नभाग्नु,
तिमी मेरो जिउने आधार,मेरा हर पाइलाहरुको सार्थकता।।
लड्नेछु संघर्षका किताबहरुसँग पछी नहटी तिमीलाई पूर्ण बनाउन,
किनकी तिमी मेरी क्षणिक सपनी मात्रै नभइ तिमी त हौ, म हुनुको यथार्थता।।

कबिता

0

Category:


किन होला जिबनका हरेक गीतहरु यस्तो
गाउन खोज्दा स्वरले साथ नदिए जस्तो

भन्छन कोही जिन्दगानी कर्कलाको पानीजस्तो
लाग्छ कहिले आँफैलाई जीवन कस्तो कस्तो

छैन केही उल्लास त्यहाँ, चैत्रको हुरी जस्तै
बसन्तको बहार पनि लाग्छ किन सस्तो

लाग्छ सारा संसारले साथ छोडी गए जस्तो
कोइलीले गीत गाउँदा पनि बिश्राम गरे जस्तो

मान्छेहरुको भिड्मा परिचय खोजी रहे जस्तो
खुशीहरु खोज्ने क्रममा आँफैलाई रित्याए जस्तो

मुस्कानमा पनि कता कता पिडा लुके जस्तो
तिम्रो नाममा अझै पनि सपना बुनिरहे जस्तो

बिशाल आँफैभित्र भएरनि अस्तित्व नभए जस्तो
तिमी बिनाको जिबन अन्धकारमा हराए जस्तो

कबिता

0

Category:

MY LOVE ! ITS YOU FOR ME..

I'm so blessed having you in my life
i can't express your mind blowing and divine love..
Just let me know whenever you lonely and sad
i'll be there to hold your arms..
Let me be the one, to whom you're searching
embrace me within you so you cant let me go..
Just believe me, i'll make you complete
you'll see, i can give you everything that you need..
Touch me once with your all feelings for me
you will feel my heart and soul, which beats always for you..
I'd be lost if i lost you if you ever leave
you know, i sacrificed everything just for you..
Just promise you this, there would be nothing
i wouldn't give mine to you..
My beloved ! i always need you in my life
i'll be waiting here inside my heart..
I wanna let all world to know that
i have someone who loves me more..
Your precious love will be forever with me
i'm always around you, just feel me..
Though we're miles far from eachother
i've fully trust in you and in our true love..

गजल

0

Category:

छोडि जान्छन् एक्लो बनै स्वप्निल आभासहरु
फर्की फेरि कहिले आउँलान् यौवनका ति मधुमासहरु

ओइलिएर झरी रहदा जीवनका पतझरहरु
कती मिठो हुन्थ्यो होला शिरशिरे वतासहरु

बसन्तको माझेरिमा अविश्वास फक्रीइन्दा
कहाँ होलान् मधुवनमा नटुक्रिने विश्वासरु

जीवनको अन्तिम क्षणमा आफन्तहरुले घेरीइन्दा
कस्तो होला मृत्‍यु सगै आउने ति उल्लासहरु ।

0

Category:

मनले नबुझेको मन

तिमी सारा जगत रंङिचंगी इन्द्रेणी भएपनि,
म रङहीन भैकन पनि छरिएकी छु।।

तिमीले मेरो अधरहरुलाई कहिले बुझेनौ,
त्यो एक्लोपनलाई आँफैभित्र सम्हालेकी छु।।

गयौ तिमी आफ्नै दुनियाँमा रमाउन एक्लै,
बिछोडका पलहरुलाई माला उनी गाँसेकी छु।।

भावनाहरु क्षतबिक्षेत भैइ कहाली रुँदा जताततै,
पलपल रोईरोई पनि अझै हाँसिरहेकी छु।।

सगैँ बिताएका ती सुन्दर क्षेणहरुको सँगालो,
सम्झनाहरुको दियोसगैँ आँफैलाई जलाएकी छु।।

मुटु यति भारी भई तडपिँदा तिम्रो नाममा,
कनिकुथी शब्दमा ओकल्ने प्रयास गरेकी छु।।

भैगो तिमीले दु:ख नगर मेरो लागि रत्तिपनि,
तिम्रो अनुपस्थितिमा पनि खुशी मनाइरहेकी छु।।

मुस्कुराइरहनु सधैंभरी यसैगरी हर पाइलामा,
तिमीले हाँसेको देखेर म यहाँ बाँचेकी छु।।

खुशीका लहरहरुसित निरन्तर झुमिरहनु,
प्रार्थना तिम्रो लागि भगवानसँग गरेकी छु।।

0

Category:

सैलजा तिमी बाँचिराख
जन्मियौ पूर्वको काख मोरङमा तिमी,
राजनितिक बातावरणमा ओतप्रोत भएकी तिमी,
फलस्वरुप काँङ्रेसको झन्डा समाई अघी बढयो
कहिले छोडिनौ पार्टी जिबनका अन्तिम घडीहरु सम्मपनि,
क्रान्तिकारी काँङ्रेस नेत्री तिमी,
नारीको लागि एतिहासिक उदाहरण पनि तिमी।
जिबन जेलमा बिताएनौ कि, भूमिगत तिमी भएनौ कि,
नौ बर्षे भारत निर्बासनमा तिमी गएनौ कि ? संघर्षको दिनहरु तिमीले काटेनौ कि?
आखिर भयौ पनि सम्मानित मन्त्रि,उपप्रधानमन्त्री पदहरुबाट,
षडएन्त्र र आलोचनाको पात्र पनि भयौ तिमी।
तर तिमी हटिनौ, तिमी डराइनौ,न त गर्‍यो आत्मसमर्पण नै,
गरेउ त केबल पार्टीको निम्ति,देशको निम्ती र जनताको निम्ती।
तर के थाहा थियो र तिमीलाई नै ?
जिबनका तीनबीसका दिनहरु नै यति कठिन हुन्छ भन्ने।
गैइनौ र कहाँ तिमी उपचार गर्न ?
त्यो एकमुठी झिनो सास तिमी भित्रै गाँठो पारिराखन ।
कति लडाईं खेलेयौ होला तिमी, त्यो अल्जाइमर रोगसँग,
तिम्रो आफ्नै जिबनसँग , ती अतितका पानाहरुसँग ।
तर कोही बुझ्न आएनन तिमीलाई, तिम्रा ती त्यागहरुलाई सम्झेर,
आए त केबल ढोङ गर्न,कोही आइपुगे त तिम्रो मृत शरीरमा फुलहरु फ्याँक्न,
कसैले लगाईदिए अबिर, कसैले ओढाईदिए पार्टीका झन्डा,
पूजा गरे, ढोगे र चर्किए तिम्रो अमरताको लागि।
तिमीले केही सुन्यौ र सैलजा ? देख्यौ र कतै तिमीले यो रमिता ?
कठै ! किन भैदिएन यो? जहिले तिमी थियौ यहाँ जिउँदै।
बुझिदिएनन मान्छेहरुले सत्य जिबनको,
तेसैले त ओइरिए सबै, जब छोडेयौ संसार भबसागरको
स्रदाञ्जली तिमीलाई सिर्जिदैछु म,सारा नेपालीको प्रतिनिधित्व गर्दै,
तिम्रो आत्माको चिर शान्तिको कामना गर्दै,
सैलजा तिमी सधैं यसैगरी मरीमरी बाँचिराख है ।
तिम्रा हरेक सिदान्तहरु अर्को नयाँ जन्मको लागि साँचिराख है।।