किन होला जिबनका हरेक गीतहरु यस्तो
गाउन खोज्दा स्वरले साथ नदिए जस्तो
भन्छन कोही जिन्दगानी कर्कलाको पानीजस्तो
लाग्छ कहिले आँफैलाई जीवन कस्तो कस्तो
छैन केही उल्लास त्यहाँ, चैत्रको हुरी जस्तै
बसन्तको बहार पनि लाग्छ किन सस्तो
लाग्छ सारा संसारले साथ छोडी गए जस्तो
कोइलीले गीत गाउँदा पनि बिश्राम गरे जस्तो
मान्छेहरुको भिड्मा परिचय खोजी रहे जस्तो
खुशीहरु खोज्ने क्रममा आँफैलाई रित्याए जस्तो
मुस्कानमा पनि कता कता पिडा लुके जस्तो
तिम्रो नाममा अझै पनि सपना बुनिरहे जस्तो
बिशाल आँफैभित्र भएरनि अस्तित्व नभए जस्तो
तिमी बिनाको जिबन अन्धकारमा हराए जस्तो
We need a Date: The Return of the Taleju Bhawani Necklace
-
We Cannot wait! We need a DATE for the return of the Taleju Bhawani Necklace
3 weeks ago

Comments (0)
Post a Comment