साँचो माया म मेरै माटोलाइ लाउँथे
गीत मिलनको म रोधीँमा नै गाउँथे
आज भएँ सवैदेखि कोसौँ धेरै टाढा
नत्र हिजो जस्तै गाउँबेसी म धाउँथे
हुन्न रै'छ सधैँभरि एक्नासे जीवन
बरु खरले नै घरको छानो म छाउँथे
कसो गरि फर्काउँ म बितेको त्यो पल
हुदोँ हो त चरी झैँ पखेटा हाली आउथेँ
मन त्यहाँ तन यहाँ सम्झना हरपल
आँशु जति झरे नि समिपमा म पाउँथे
Asian Highway (AH2) । एसियन हाईवे । [ Vlog ]
-
करिब 1,41,000 km भन्दा बढीको लम्बाई रहेको Asian Highway ले एसियाका ३२
देशहरुलाई जोड्ने’छ ! एसियाली राजमार्गको पहिलो चरणको निर्माण सुरु भएको छ ।यस
आयोजनाअन...
3 days ago