साँचो माया म मेरै माटोलाइ लाउँथे
गीत मिलनको म रोधीँमा नै गाउँथे
आज भएँ सवैदेखि कोसौँ धेरै टाढा
नत्र हिजो जस्तै गाउँबेसी म धाउँथे
हुन्न रै'छ सधैँभरि एक्नासे जीवन
बरु खरले नै घरको छानो म छाउँथे
कसो गरि फर्काउँ म बितेको त्यो पल
हुदोँ हो त चरी झैँ पखेटा हाली आउथेँ
मन त्यहाँ तन यहाँ सम्झना हरपल
आँशु जति झरे नि समिपमा म पाउँथे
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

वास्तविकता को एकदम नजिक रहेर लेख्नुभएको रहेछ । एकदम राम्रो लाग्यो ! जिवन अनिश्चितताहरु ले घेरिएको हुन्छ, त्यसै भनिएको त होइन नि !
मन छोयो आशाको गजलले! हामी सबैको पिडा बोकेको छ।
Kasto marmik gajal Asha ji....
Tyaha basnu ani afno desh yesari samjhinu...hami yeha basne bhayera...afno desh bata tada tada chau...ani tapai tyah bhayera pani yeti najik...
Bhawana ma dubera yeti ramro abhibekti afai ma sundar cha... :)
on ground reality.......
जीवन भनेकै यस्तै उतारचढाव त हो नि । कहिले कहाँ कहिले कहाँ । सबैको सोचाइको प्रतिनिधित्व गरिदिनुभएछ खुसी लाग्यो मलाई ।
रदिफबिनाको गजल पनि निकै रमाइलो गरी बुन्नुभएको छ । भावको वहाब पनि मन पर्यो ।
छुट्टीएर पनि नजिकै हुन सक्नु यसरी, निकै भाग्यको कुरा हो- भेट्नेलाई पनि, पाउनेलाई पनि ।
गजल-यात्रा जारी रहोस् आशा जी ।
जति टाढा भए पनि बाध्नै पर्छ मन ।
जति सम्झ्यो हृदय उति दुक्छ झन ।
अशाजी गजल सारै मन पर्यो | गायनको लागि यो गजल सारै राम्रो होला जस्तो लाग्छ | सुरुका दुई सेरबाटै गजलले पाठकलाई आफूतिर खैंची सकेको हुन्छ | मलाई अतिनै मन पर्यो |
कसो गरि फर्काउँ म बितेको त्यो पल
हुदोँ हो त चरी झैँ पखेटा हाली आउथेँ
Really nice composition!