मानवता भित्र दानवता खल्बलाएपछि
तुच्छ भावनाले ओतप्रोत भएका
राक्षसी मस्तिस्कहरु
दिउँसै रतन्धो लागेर
अन्धकारमा जिउने धर्तीका भारहरु
जसले फरक छुट्ट्याउन नसक्ने रहेछ
जसले नदेख्ने रहेछ भिन्नता
नारी प्रतिको संवेदना
जो आफ्नै आमा, दिदीबहिनी, साथी र जीवनसाथीको रुपमा
प्रतिक लिएर उभिएकी छे
जहिले ति कामुक आँखाहरु उन्मुक्त भई
एउटा कालो छाँया सहित निर्दोष नारी माथि पर्छ
उ जस्तै मानव तर नारी
जसको एक एक गरिकन अस्तित्व लुटि
कालो ढब्बा लगाइ छोड्छ
उ भित्रको उकुसमुकुस प्यासलाइ मेटाउँछ
एउटा पशुजस्तै बिना संकोच
आफ्नै आत्मलाई गिराएर
शार्रिरीक त्रिश्नाका तरेलीहरु अघाउन्जेल पुरा गर्छ
तब घोर पुरुषार्थ गरे झैँ त्यो पल
उ एकछिन रमाउँछ
अनी फेरी ,
उही नर पिचासहरु कृत्रिमताको मुकुन्डो लगाइ
खिस्स दाँतहरु देखाई आदर्श मान्छे बनि हिडिँरहन्छ
अझ उल्टो लज्जास्पद शब्दहरु पिडितमाथि फ्याँक्दैँ
छाती ठोकी निस्पिर्की बोलिरहन्छ
उपहासका बोलिहरु बारुद झैँ बर्साइरन्छ
अनी उ जान्छे सहारा खोज्दै
धाउँछे न्यायका ढोकाहरु चिच्याउँदैँ
प्रत्यक मान्छेहरुलाई घटना सुनाउदैँ
प्रत्यक पटकका बर्णनहरुमा उ दोहोरि नै रहन्छे
कहिले कसैको सहनाभुतिको पात्र बन्छे
त कहिले कसैको हाँसोको उदाहरण बन्छे
तर ,
त्यो चित्कारले कुनै स्वरुप पाउँदैन
सहानाभुतिका हातहरुले गन्तब्य भेट्टाउँदैन
अदालतका कठघराबाट केही राहत मिल्दैन
आफ्नो इज्जत लुटिनुको कुनै भर्पाइ पाउँदैन
भने ,
कहाँ छ सरकार अनि हक अधिकार ?
कहाँ छ शान्ती सुरक्षा र प्रतिबद्धता ?
कहाँ छ कानुन अनि समानता ?
तर , अब खबरदार !
किनकी ,
एउटा नारीलाई तिमीले बेहोस बनाएर
तिमी आफुलाई पुरुषार्थ ठान्छौं भने
त्यो तिम्रो बिल्कुलै संकुचित सोचाइ मात्र हुनेछ
खुम्चिएको सानो दुलोभित्र बाँचिरहेको
एउटा मुसो जस्तो हुनेछ
त्यसैले , तिमी यो बुझिराख कि ,
नारी कमजोर मात्र छैन
नारी एक्लो मात्र छैन
नारी सहनशील मात्र छैन
नारी कर्तब्यनिष्ठ मात्र छैन
प्रहरीबाट कार्यालयमै सामुहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको घटनालाई आधार बनाएर रचिएको कविता तपाईंहरुको माझ पस्कीएँ , आशा छ सवैलाई स्विकारोक्ती हुनेछ होला भन्दै सुझाब रसल्लाहको अपेक्षामा..
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

महिला ससक्तिकरणको विषयमा एउटा लेख लेख्न मन लागिरहेको थियो, तपाईको कविता पढेपछि झनै उर्जा प्राप्त भयो । महिलामाथि हुने यस्ता अवान्छित कृयाकलाप रोक्न महिलाहरूनै सङ्गठित हुनु अझ बढि आवस्यक देख्छु म ।
भएको हिंसा र विभेद अनि घृणित कामलाई खबरदार गर्न कविता मा त सफल हुनुभएको छ । तर बुझ्ने ले नबुझेसम्म अनि कानुनीराज नभएसम्म यस्ता घटनाहरु घटिरहन्छन् ।
Wow damdaar prastutile sajjit garnu bhaeko rahechha shubhakaamanaa aasha jee yasarinai tapaiko kalam cahli rahos,
Thanks