यो बर्ष महाकवी लक्ष्मी प्रशाद देवकोटाको सतबार्षिकी परेको पुनित उपलक्ष्यमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) इजरायल च्याप्टरले पनि त्रिदिवसीय कार्यक्रम गर्ने योजना गर्यो र यसै अनुरुप शुक्रबार साँझ देवकोटाको सम्झना स्वरुप सयवटा दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुरुवात गरियो र दोश्रो दिनमा नेपाली राजदुतावास बाट उपस्थित हुनु भएका प्रमुख, उपप्रमुख र सचिबहरुको उपस्थिती तथा इजराएलमा नेपाली समुदायको हकहितको लागि बिभिन्न उद्देश्यहरु लिई स्थापना भएका संघ संस्थाहरुको प्रतिनिधिको उपस्थितिमा शुरु भएको उक्त दिनको कार्यक्रममा उहाँहरुले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो भने त्यही अवसरमा शुभ दिपावलीको शुभकामना पनि आदान प्रदान गर्नुभएको थियो र कार्यक्रमको दोश्रो चरणमा अनेसास मै सम्न्धित हुनु रहनु भएको कवी, कवयत्री तथा गजलकारहरुले आ-आफ्नो रचना बाचन गर्नुभयको थियो र अन्त्यमा अनेसासकै अध्यक्ष श्री सुनिल संगम दाइबाट त्यो दिनको कार्यक्रम बिसर्जन गरिएको थियो । तेश्रो तथा अन्तिम दिन अनेसासकै हात्तेमालोमा निकालेको "मेरो नेपाल" नामक साहित्यिक पत्रिकाको बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा लोकार्पण गरी त्रिदिवसीय सतबार्षिकी कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो।
Asian Highway (AH2) । एसियन हाईवे । [ Vlog ]
-
करिब 1,41,000 km भन्दा बढीको लम्बाई रहेको Asian Highway ले एसियाका ३२
देशहरुलाई जोड्ने’छ ! एसियाली राजमार्गको पहिलो चरणको निर्माण सुरु भएको छ ।यस
आयोजनाअन...
2 days ago
आफैप्रति आनन्द लागेर आयो आज | आशाजी मेरो साहित्य प्रतिको संगत सही रहेछ | बडो राम्रो लाग्यो |