मान्छेहरु द्वारा मान्छेहरुलाई नै काटाकाट किन होला ?
खोक्रो बिजयको लागि भाईभाइमै हाताहात किन होला ?
सहिद हुन त भइसके देशका लागि अकालमा विचराहरु
फेरी सम्पत्तिकै निम्ती आफन्तमा लातालात किन होला ?
नयाँ नेपाल बनाउँछु भन्दै छुरा घोप्ने नरपिचासहरु हरु हो
जनताको आँखा छली भित्रभित्रै गुपचुप साटासाट किन होला?
संघियताको नाममा देशलाई टुक्र्याउन खोज्ने नेताहरु हो
व्यवहारिक नभै सैदान्तिक संविधानका खाताखात किन होला
कुर्सिकै मोहमा गोहीका आँशु झार्न नहिच्किचाउने तिमीहरु
कुर्सिलाई अँगालोभरी बाँधेपछी नि मातामात किन होला ?
परजिवी झै अर्काको ईशारामा चल्ने लाज पचेकाहरु
गोर्खाली शिर झुकाइ भ्याइनभ्याइ चाटाचाट किन होला?
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago

यहीं त कहिले बुझ्न सकिएन आशाजी ! राजनीति भन्छन् |