दशैँ दशैँको आफ्नै महत्व र परिभाषा लिएर आउ
परम्परा र संस्कृती जगेर्नाको जाग्रिति लिएर आउ
चाडपर्वसगैँ भित्रिने विकृति,बिसंगतिहरुलाइ नअगाँलिकन
पारस्परिक मेलमिलाप र एकताको भावना लिएर आउ
धनीका महलहरुमा मात्र सधैं किन रमझम दशैँको ?
प्रत्यक गाउँ,बस्तिमा खुशीयालीको बहार लिएर आउ
हत्या र अपराधको माहोलमा यसपालिको दशैँले
दिगो शान्ती र सुरक्षाको प्रत्याभुती लिएर आउ
राष्ट्रियता र अखण्डतालाई निरन्तर जोगाइरहन
हरेक नेपालीमा अटुट साहस र सामर्थ्य लिएर आउ
अब हामी युवा जनशक्तिको पालो हो देश बनाउने
बिकासको निम्ती ज्ञान र चेतनाको लहर लिएर आउ
वडादशैँको अवसरमा शुभकामनाको सुभेच्छाहरु सगैँ
परिवर्तनको लागि सकारात्मक सोच र बिश्वास लिएर आउ
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago

दसैँ साँच्चै यसरी नै आइदिएको भए........
यो विजया दशमी, यस्तै कामना हामी सबैले गरौँ !
अब हामी युवा जनशक्तिको पालो हो देश बनाउने
बिकासको निम्ती ज्ञान र चेतनाको लहर लिएर आउ
गफगाफजीले भने जस्तै साचै दशै आईदिएको भए......
सु-संस्कार र परिवर्तनको आग्रह सँगै बाँड्नु भएको शुभकामना रुपी कवितले यथार्तलाई उनेको छ । मिठो कवितको लागी धन्यबाद आशा
जी ।
मैले पनि यहीबाट दशैको शुभकामना टक्राए है तपाइलाई ।
नामको जस्तै उच्च नबिन आशाहरुले शिखरको चुचुरो चुम्न सफल बनाओस यो दशैको टीका जमरा, माता दुर्गाको कृपा र मान्यजनको आशिर्बादले ।