बिष हो माया तर किन पिउँछ मान्छे
थाहा छैन पिरती किन लाउँछ मान्छे
धोका त हुनु सक्थ्यो एकदिन तर
आस्थाका दियोहरु निभाउनु थियो
साउनको झरीमा एक्लै रुनुपर्दा यहाँ
एक्लो पनलाई साथी बनाउनु थियो
फाटेको मनलाई किन सिउँछ मान्छे
जीवनको तमासा किन जिउँछ मान्छे
के थाहा उसलाई अर्थ यो मायाको
जो बिचैमा साथ छोडि जान्छ भने
दुई मुटुको मिलन के थाहा जसलाई
जो धड्कनको चाल बुझ्दैन भने
टुटेका आशा किन सँगाल्दछ मान्छे
जिउन सपना किन अगाँल्दछ मान्छे ।
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago

खै, किन उत्तर भेट्न कठिन छ !
गीत मिठो छ आशा जी ,
तर यी हरफहरुले चाहि बिछट्टै मन छोए
फाटेको मनलाई किन सिउँछ मान्छे
जीवनको तमासा किन जिउँछ मान्छे
wow, aasha g really great job . nice geet .
यो जिन्दगी यस्तै छ, मान्छेको मन यस्तै छ। जिन्दगीका धेरै 'किन' हरुको चित्तबुझ्दो जवाफ छैन।
साह्रै राम्रो लाग्यो आशाको यो गीत।