जिबनका सुख दु:ख साँच्न पाए हुन्थ्यो
अधरमा मुस्कान छरी बाँच्न पाए हुन्थ्यो
धेरै छन् ओकाली ओराली यात्राहरुमा हाम्रो
यसैसँग सुन्दर भबिष्य गाँस्न पाए हुन्थ्यो
हार्नु अनि जित्नु त जिबनको पाटो यहाँ
कमजोर नभइ आँसुमा नि हाँस्न पाए हुन्थ्यो
हिंड्नु छ अझै धेरै लक्ष्य सम्म पुग्न
चुनौतीलाई सामना गर्दै आँट्न पाए हुन्थ्यो
होलान्, आउँलान् थुप्रै संघर्षका मैदानहरु
फल्दै,फुल्दै अनुभबहरु बाँड्न पाए हुन्थ्यो
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago

जिबनका सुख दु:ख साँच्न पाए हुन्थ्यो
अधरमा मुस्कान छरी बाँच्न पाए हुन्थ्यो
आहा, कति आनन्द आउने बैचारीक भावनामा कोरिएको गजल । आशा जी गजलमा राम्रो प्रगति हुदै छ निरन्तरताको कामना ।
धेरै राम्रो गजल, जुन आफ्ना हृदयमा कैद सम्पुर्ण चाहना ब्यक्त गर्नु भएको रहेछ अबस्य पुरा हुनेछ, ईस्वर सदा तपाईको ईच्चा पुरा गरुन।
धन्यबाद।
गजल लेख्न त तपाईं पनि माहिर हुनुहुदो रहेछ नि आशा जी