मानिस
आकाश बन्न खोज्छ मानिस
आफु उभिएको धर्तीलाई बिर्सन्छ
जुन बन्न खोज्छ मानिस समिपका ताराहरुलाई बिर्सन्छ
हिमाल बन्न खोज्छ मानिस
तराइका फाँटहरुलाई बिर्सन्छ
प्रकृतिको उपहार बन्न खोज्छ मानिस
आफ्नो सुन्दरतालाई बिर्सन्छ
सदाबहार बसन्त बन्न खोज्छ मानिस
सिरिषको आगमनलाई बिर्सन्छ
चौतारी बन्न खोज्छ मानिस
देउराली र भञ्ज्याङलाई बिर्सन्छ
सागर बन्न खोज्छ मानिस
झरना खोलाहरुलाई बिर्सन्छ
सर्बश्रेस्ठ बन्न खोज्छ मानिस
आफुभित्रको मानबीयता बिर्सन्छ
कर्तब्येनिस्ठ बन्न खोज्छ मानिस
इमान्दारिताको पाठ बिर्सन्छ
आदर्श बन्न खोज्छ मानिस्
आफु रित्तो भएको बिर्सन्छ
छुत्तै अस्तित्व बनाउन खोज्छ मानिस
चालेका पाइलाहरुलाई बिर्सन्छ
अबिरल सुख चाहन्छ मानिस
जिबनको उकाली उरालीलाई बिर्सन्छ
कृत्रिम मुस्कान देखाउँछ मानिस
मनभित्रको बेदना साटासाट गर्न बिर्सन्छ
सुन्दर बन्न खोज्छ मानिस
अन्तर रुपलाई बिर्सन्छ
सत्ये बन्न खोज्छ मानिस
झुट्को खेतीमा आफुलाई बिर्सन्छ
महान बन्न खोज्छ मानिस
बुद्धको उपदेशलाई बिर्सन्छ
राम बन्न खोज्छ मानिस
उो भित्रको रावणीयतालाई बिर्सन्छ
अमर बन्न खोज्छ मानिस
अपरिबर्तनीय् प्रकृयालाई बिर्सन्छ
जिबन जिउने होड्बाजीमा मानिस
जिबनको गहिराइ नै बिर्सन्छ
अर्काको खुट्टा तान्ने खेलमा मानिस
आफुले आँफैलाई नै बिर्सन्छ
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

Comments (0)
Post a Comment