केबल फुलैफुलले सिगाँरियोस
तिमी हिंड्ने बाटोभरि
पाइला कहिले सिथिल नहोस्
सुरु गरिसकेका यात्राभरि
जुन,ताराले साथ दिओस
तिमी हिँडदा रातभरि
मन कहिले बिचलित नहोस्
बाधा,अड्चनको संघरभरि
मुस्कान सधैं रहिरहोस्
तिम्रो कोमल ओठ्भरि
सुन्दर्,शान्त बिशाल भओस
शरीर भित्रको अमुर्त आत्माभरि
अभिलाषाको गमला फुलिरहोस्
तिमीले रोपेको बगैचाभरि
सारा जगत जग्मगाइरहोस्
तिमीले छरेका ती दीपभरि
कामनाहरु अबिरल भैरहोस्
लम्किदै प्रगतिशिल जिबन सधैंभरि
आशाहरु सधैं जागै रहोस्
यधपि मृत्युको अन्तिम घडीभरि
प्रार्थना सबैमा उही भैरहोस्
छरिएर रहेका नेपाली बिश्बभरि
Asian Highway (AH2) । एसियन हाईवे । [ Vlog ]
-
करिब 1,41,000 km भन्दा बढीको लम्बाई रहेको Asian Highway ले एसियाका ३२
देशहरुलाई जोड्ने’छ ! एसियाली राजमार्गको पहिलो चरणको निर्माण सुरु भएको छ ।यस
आयोजनाअन...
2 days ago
Comments (0)
Post a Comment