बग्दै थिएँ उही लहरमा
खै कहाँबाट आयौ तिमी
मेरो संसारको रुप रेखा बदलिदियो
म आँफै तिमी भित्र बिलिन हुन पुगेछु
थाहै नपाई कति चाँडै मन मुटु चोरी लग्यौ
अब त म जहीँतही तिमी नै देख्छु मात्र तिमी
तिमी नै जिबनको एक मात्र आशा भैदियौ
म भन्नु नै तिमी,त्येसैले त समर्पण भैसकेँ
अझै तिम्रा आँखाहरुमा प्यास्को भाब नमेटिएे जस्तो
तर म तिमी रित्तो चाहँदिन, म सँग भएजति सबै तिमीलाई दिसकेँ
लाग्छ सारा आकाशले हामीलाई हेरेर हाँसिरहेछ
पुरै धर्तीले हामीलाई अगाँलिरहेछ
तिम्रो प्रेममा असीमित समर्पित हुनु
म आँफैमा आशचर्य भैरहेछ
पहाडले साथ देओस या नदेओस
तरहिमालहरु सधैं मुस्कुराइरहनेछ
स्पन्दन गर्न सकुँ यी प्रतेक पलहरुलाई
कामना गर्छु त्यो दुई आत्मा एक भएको क्ष्ण्हरुलाई
स्मरण्मा जोगाइ रहन पाउँ
तिमी मेरो आँखा अगाडि नभएर त के भो
कम्सेकम म सम्झनाको सँगालोहरुसँग मात्र भएपनि त बाँच्न पाउँ
केबल मान्छे मात्र होइन नारी
मानबता पनि गाँसी हेर
फगत क्षणिक शरीर मात्र होइन नारी
आत्मालाई पनि अनुभब गरी हेर
चार भित्ताको मुक दर्शक मात्र होइन नारी
संसारको ढोका खोली हेर
रातको झिलमिल सितारा मात्र होइन नारी
उज्यालो घामको आभास पनि गरी हेर
केबल श्रोता मात्र होइन नारी
उसलाई सुन्ने प्रयास पनि गरी हेर
तिम्रो हेराइमा लिने मात्र होइन नारी
कम्सेकम विश्वाश त गरी हेर
सिकारु मात्र होइन नारी
उसबाट पनि केही सिकी हेर
यात्राको सहयात्री मात्र होइन नारी
उस्को समर्पण पनि सम्झी हेर
सपना अनि कल्पनामा मात्र डुब्ने होइन नारी
एथार्थको डुंगामा त तैरी हेर
प्रतिक्षाको प्रतिक्षार्थी मात्र होइन नारी
सहनशीलताको पाठ पनि सिकी हेर
सिसा मात्र होइन नारी
त्यो भित्रको निस्चलता निस्चिन्त भई हेर
माटोको भाँडो मात्र होइन नारी
ती सुन्दर हातहरुको कला श्रीजना त गरी हेर
एउटा जिनिस मात्र होइन नारी
उभित्रको असिमित गुणहरुलाई पनि नियाली हेर
तिमीसँग मात्र नदाँज नारी
एकपटक प्राकृतिक रचनालाई त फर्केर हेर ।
केबल फुलैफुलले सिगाँरियोस
तिमी हिंड्ने बाटोभरि
पाइला कहिले सिथिल नहोस्
सुरु गरिसकेका यात्राभरि
जुन,ताराले साथ दिओस
तिमी हिँडदा रातभरि
मन कहिले बिचलित नहोस्
बाधा,अड्चनको संघरभरि
मुस्कान सधैं रहिरहोस्
तिम्रो कोमल ओठ्भरि
सुन्दर्,शान्त बिशाल भओस
शरीर भित्रको अमुर्त आत्माभरि
अभिलाषाको गमला फुलिरहोस्
तिमीले रोपेको बगैचाभरि
सारा जगत जग्मगाइरहोस्
तिमीले छरेका ती दीपभरि
कामनाहरु अबिरल भैरहोस्
लम्किदै प्रगतिशिल जिबन सधैंभरि
आशाहरु सधैं जागै रहोस्
यधपि मृत्युको अन्तिम घडीभरि
प्रार्थना सबैमा उही भैरहोस्
छरिएर रहेका नेपाली बिश्बभरि
बिचैमा साथ छोड्नुरहेछ
हातहरु थाम्यो किन
तिम्रो मन्जिल अर्कै रहेछ
मन मन्दिरमा सजायौ किन
फुल भएर फुल्नु रहेछ
काडाँलाई स्वीकारयौ किन
सपना तिम्रो अलग रहेछ
आश्वासन दिलायौ किन
उदेश्ये तिम्रो छुट्टै रहेछ
साथसाथै हिंड्न सिकायौ किन
तिमी चुचुरोमा पुग्नु रहेछ
समथर् जमिनमा छोड्यौ किन
तिम्रो नजरमा म दोषी रहेछु
दुनियाँलाई सुनाउदै हिडयौ किन
अबिश्वास म मा रहेछ
बिश्वासघात पनि त गरयौ किन
म हुनुको अर्थ नरहेछ
भावनाहरुसँग खेलबाड् गरयौ किन
सम्मान गर्न नआउने रहेछ
उपहास पनि गरयौ किन
झुटको खेती तिमीमा रहेछ
सत्येबादी बन्न प्रेरित गरयौ किन
आडम्बरको झोली तिमीसँग रहेछ
फुस्रो बोली बोलयौ किन
मुटु बिनाको मान्छे रहेछ
फेरि आत्मालाई जलायौ किन
"म" हुनुको अहंकार तिमीमा रहेछ
कृतिम रुप देखायौ किन
तिमीमा त्यो साहस रहेछ
तिमी जस्तै मलाई बनाएनौ किन
चाहना तिम्रो अर्कै रहेछ
आखिर मायाको ढोङ गरयौ किन
मानिस
आकाश बन्न खोज्छ मानिस
आफु उभिएको धर्तीलाई बिर्सन्छ
जुन बन्न खोज्छ मानिस समिपका ताराहरुलाई बिर्सन्छ
हिमाल बन्न खोज्छ मानिस
तराइका फाँटहरुलाई बिर्सन्छ
प्रकृतिको उपहार बन्न खोज्छ मानिस
आफ्नो सुन्दरतालाई बिर्सन्छ
सदाबहार बसन्त बन्न खोज्छ मानिस
सिरिषको आगमनलाई बिर्सन्छ
चौतारी बन्न खोज्छ मानिस
देउराली र भञ्ज्याङलाई बिर्सन्छ
सागर बन्न खोज्छ मानिस
झरना खोलाहरुलाई बिर्सन्छ
सर्बश्रेस्ठ बन्न खोज्छ मानिस
आफुभित्रको मानबीयता बिर्सन्छ
कर्तब्येनिस्ठ बन्न खोज्छ मानिस
इमान्दारिताको पाठ बिर्सन्छ
आदर्श बन्न खोज्छ मानिस्
आफु रित्तो भएको बिर्सन्छ
छुत्तै अस्तित्व बनाउन खोज्छ मानिस
चालेका पाइलाहरुलाई बिर्सन्छ
अबिरल सुख चाहन्छ मानिस
जिबनको उकाली उरालीलाई बिर्सन्छ
कृत्रिम मुस्कान देखाउँछ मानिस
मनभित्रको बेदना साटासाट गर्न बिर्सन्छ
सुन्दर बन्न खोज्छ मानिस
अन्तर रुपलाई बिर्सन्छ
सत्ये बन्न खोज्छ मानिस
झुट्को खेतीमा आफुलाई बिर्सन्छ
महान बन्न खोज्छ मानिस
बुद्धको उपदेशलाई बिर्सन्छ
राम बन्न खोज्छ मानिस
उो भित्रको रावणीयतालाई बिर्सन्छ
अमर बन्न खोज्छ मानिस
अपरिबर्तनीय् प्रकृयालाई बिर्सन्छ
जिबन जिउने होड्बाजीमा मानिस
जिबनको गहिराइ नै बिर्सन्छ
अर्काको खुट्टा तान्ने खेलमा मानिस
आफुले आँफैलाई नै बिर्सन्छ


