तिमी र म,मायाको साथहरु मिठो मिठो
सगैँ बुनेका,पिरतीको बातहरु मिठो मिठो
गन्तब्य त हामी दुबैको एउटै थियो
घुम्तिहरुका ती यादहरु मिठो मिठो
कल्पनामा हराइ भबिष्य उनेथ्यौँ सगैँ
साथै सगाँलेका आशहरु मिठो मिठो
कहिले घुर्क्याइ नबोलि बस्दा तिमी
प्रियतमको कोमल हातहरु मिठो मिठो
तिमी बिना एक्लो हुँदा आज
स्मृतिका पिपल पातहरु मिठो मिठो
एउटै मुटु दुइतिर धड्किदा खेरि
भुलेका ती मातहरु मिठो मिठो
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

धेरै राम्रो प्रयास आशा जी गजल लेखाई मलाई त थाहा छैन पनि अरुको रचना पढ्न धेरै मजा आउँछ, लहै बधाई।
मिठो छ रचना! संरचनाका हिसाबले भने अलिक गजल नबनेको हो कि! मिलाऊँदा राम्रो गजल बन्ने छ।
ooo ho nikai ramro 6
"तिमी मेरो, म तिम्री
मायालुको साथ मिठो मिठो" मात्र कहाँ हो र ? गजल पनि निकै मिठो छ !