नारी दिवस : मेरो बिचार र परिवर्तनका चाहनाहरु

5

Category:

अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा आफ्नै मनभित्र गुम्सिएका कुराहरु पोखेर एउटा लेख लेखेकी थिएँ तर कहिले ईन्टरनेटले साथ नदिदाँ र कहिले आफ्नै दिनचर्याको हतारोले यसै थन्केको थियो तर आज भर्खरै माई संसारको लेख पढेर मेरो चानचुने लेख ढिलै भएपनि पोस्ट नगरी चित्तै पो बुझेन । नारी दिवसमै सबन्धित यो लेख जसले बिशेष गरेर वृद्धा आमाहरुलाई र उहाँहरुको स्थितिलाई उजागर गर्न खोजिएको छ जो बिभिन्न परिवेशहरुबाट दिलशोभा जस्ती कोमल मनकी धनी,सेवामा समर्पित जीवन र बिशाल हृदय भएकी नारी समक्ष आईपुगेका छन् र जसलाई दिलशोभा दिदीको एकल प्रयासमा आफ्नै घरमा वृद्धा आमाहरुलाई सेवा प्रदान गरिरहनु भएको छ आजको ब्यस्त समय जहाँ मानिसहरुलाई आफ्नो भन्दा अरुको कुनै पर्बाह नै छैन तर उहाँले बिना कुनै स्वार्थ यही कार्यलाई नै निरन्तरता दिईरहनुभएको छ , उहाँको यस्तो महान् प्रयासको लागि उहाँप्रति मेरो हार्दिक सलाम र आभार ब्यक्त गर्दै यो मेरो सानो कच्चा गजल उनै  वृद्धा आमाहरुमा समर्पित -



आशाहरु कहाँ छन् र?भुँईका धुला भईसके
सप्नाहरु त कठै,  सवै उडी गैइसके

माया,मम्ता हुँदो हो त आमैको लागि वरै
मलाई कहाँ?उन्कै जहान्का लागि लईसके

उही दयालु दिलशोभा कै छहारीमा
आजभोलि गर्दै डाँडा माथिको घाम भईसके

मेरो लेख यसैको तलतिर जोडे है त -
नारी हकहित्,अधिकार्,सुरक्षा र समानताको लागि भलै धेरै गोष्ठि,सम्मेलन,कार्यक्रम्र र बिभिन्न खाले प्याकेजहरुका साथसाथै आमुल परिवर्तन आए  वा आउँला झैँ सैद्दान्तिक हिसाबमा ज्यादै मिठा र रसिला भाषणहरु जति नै भए पनि अझै हाम्रो देश, हाम्रो समाजमा महिलाहरुलाई हेर्ने दृष्‍टिकोणमा र उनीहरुको हकमा निर्णय गर्ने पुरुषप्रधान समाजमा अझै व्यवहारिक परिवर्तनका छाँटहरुले प्रबेश पाएको छैन। परिवर्तन नै भएको छैन भन्न चाँही अलिक नमिल्ला किनकी समयको माग र आवश्यकता अनुसार महिला वर्गले पनि अरुलाई देखेकै भरमा पनि आफुमा केही परिवर्तनहरु ल्याउन भरपुर कोसिस गरिरहेका हुन्छन्, चाहे त्यो ब्यक्तित्व बिकासमा होस् या व्यक्तिगत चाहनामा नै किन नहोस् र पनि झिना मसिना कुराहरुमा स्वेच्छिक ढंगले चल्न गर्न पाउने स्वतन्त्रता मिले पनि जब कुरा अलिक ठुलै बिषय बस्तुको हुन्छ, अलिक गतिलै निर्णय गर्नुपर्ने हो कि भन्ने भान् हुन्छ तव मानिसहरुको चेतनाले महिलाको स्थान गौणमा राखिन्छ किनकी त्यहीँ नेर पुरुष प्रधान मानसिकताले ठाउँ ओगटेको हुन्छ, पुरुष अनि महिला भन्ने भ्रम पैदा हुन्छ र महिलाको बिचार , सोच्ने शक्ति र दक्षतामा शंका गरिन्छ अनि प्रतिक्षाको बहानामा सधैं पछाडि राखिन्छ,

पुरुष हुनुको आडम्बर भन्दा माथि उठेर स्त्री जातिलाई स्थान दिलाउन पटक्कै चाहदैँन वा भित्रभित्रै आरिस सिर्जना हुन्छ । हो, त्यतिखेर नै सत्यको अगाडि असत्यको जीत हुन सक्छ र सहिको ठाउँमा गलत वस्तुले ठाउँ लिन सक्छ जसको परिणाम समयले गर्छ अनि त्यो हामीले भोग्नु पर्छ र शायद आउँदा नव पुस्ताले पनि।
मैले सवै महिलाले अवसर् पाउनु पर्छ भनेकी पनि होइन र सवै पुरुषहरु गलत छन् भन्न पनि पटक्कै खोजेकी हैन तर जहिलेदेखी हाम्रो समाजमा , हामीले गर्ने हर प्राकृतिक व्यबहारमा वा भनौँ कृयाकलापमा महिला र पुरुष बिच कुनै रङ , जाती , लिगं, भेद, भाषा र भेषभुषाको आधारमा कसैलाई भेदभाव गर्नुहुदैन र गरिनुहुदैन भन्ने कुराको जरैदेखि बिकास हुन्छ तव त्यहाँ जन्मेदेखि नै समानुपातिक रुपले दुवैले उस्तै अवसर पाइ आफ्नो कार्य क्षमता अनुसार आ-आफ्नी भबिष्य आँफैले नै निर्माण गर्न सक्ने वा कम्तिमा अनुमान लगाइ समयमै त्यसका उपायहरु खोज्न सक्षम हुन्छन जस्तो मलाई लाग्छ।

त्यसैले म अनुरोध गर्छु कि नारीको निम्ती आवाज केवल नारी दिवसको दिन आवाजमा मात्रै सिमित नराखी व्यबहारमा पनि उतार्ने कोसिस गरौँ र त्यो तपाईं, हामी आँफैबाट शुरु गरौँ र नारी आवाज अक्षरमा मात्र नभई हाम्रो कार्य कुशलताबाट अहिले सम्म चल्दै आएको यो पित्रुप्रधान वा पुरुष समाजमा जन्मिएको ग्रसित मानसिकतालाई परिवर्तन गर्न जोड गरौँ। जसरी थोपा थोपा पानी मिलेर समुद्र बन्छ त्यसरी नै आजको हाम्रो सानो सानो प्रयासले भोलिको दिनमा ठुलो परिवर्तन ल्याउन सकिन्छ । त्यसपछी मात्र हामीले हाम्रो सकारात्मक कोसिसको सकारात्मक फल अपेक्षा गर्न लायक हुन्छौँ । अन्त्यमा म पनि महिला बर्गमा नै परेकोले नारी दिवसको अवसरमा नारी आवाज मेरो तर्फ बाट पनि यहाँहरु माझ बाँड्दै मेरा बिल्कुलै ब्यक्तिगत भावनाहरुलाइ यहि नै बिट मार्न चाहन्छु र ढिलाईको लागि क्षमाप्रार्थी छु । 

अधिकारको ठेली होइन नारीलाई शिक्षा दिनुपर्छ
अंश दिने कानुन हैन समान अवसर दिनुपर्छ
 

किन ?

2

Category:

धेरैपछी एउटा रचना पोस्ट गरेकी छु नौलो ठाउँबाट, नयाँ माहोलमा यधपी परिष्कारको निकै जरुरत रहेको मैले महसुस गरेँ तैपनी सुझाब,सल्लाह र न्यानो साथको निम्ती फेरी हजुरहरुजो दैलोमा मैले घच्घच्याएकी छु, विश्वाश छ हजुरहरुको प्रेरणामा यो यात्रा निरन्तर अघी बढाउन सकुँ धन्यवाद ...

मन किन दुख्दैछ फेरी निष्ठुरीको यादमा
मुटु किन फुक्दैछ फेरी सम्झनाको साथमा

दुई आत्माको मेल भन्थे आँखा जुध्दाखेरी
भावना किन लुक्दैछ फेरी नजरको दोष्मा

बिर्सु भन्छु अतित लाई जरै देखी म त
आज किन पुग्दैछ फेरी हिजोको परिबेस्मा

बिशाल झैँ आकाशमा रंगिन इन्द्रेणी हरु
बादल किन झुक्दैछ फेरी आशुँको भेलमा

तिर्खाएर धाएकी थिएँ म, लक्ष्य एउटै लिई
प्यास किन सुक्दैछ मेरो सपनाको धर्तीमा

यात्रा हो जीवन भन्छन्, अघि बढ्नै पर्ने
पाइला किन चुक्दैछ फेरी संघर्षको बाटोमा

स्मरणमा बिदाईका पलहरु

4

Category:


2005 september 26 को दिनमा धेरै नयाँ आशाहरु र सपनाहरु बोकेर केही समयको लागि नेपालको भुमीलाई हात हल्लाउँदै इजराएलको कर्म क्षेत्रमा उत्रीएँ यो नै जीवनको पहिलो अनुभब थियो बिदेश यात्राको , प्लेन यात्राको त्यसैले होला त्रास, चिन्ता र कौतुहलताले मन खाइरहेको थियो । शायद पहिलोपल्ट नै आफन्तहरुबाट बिछोडियर होला असाध्यै एक्लोपन महसुस भएको थियो तर पनि जीवन यात्रालाई अघि बढाउने क्रममा मनभित्र जे जस्तो भए पनि बाहिरी बातावरणसँग समायोजन गर्न मैले निकै प्रयास गरिरहेकी थिएँ । यसरी नै दु:ख सुख , बिछोड , परदेशी हुनुको पिडा बोध र बिदेशी आँगनमा सँगालेका स्वदेशी र बिदेशी मानिसहरुको बिभिन्न खालका अनुभबहरुलाई स्मरणमा गाँठो पार्दै आज करिब साढे चार बर्षको अवधि पछी फेरी नयाँ गन्तब्यस्थल तिर मेरा पाइलाहरु अघि सरिरहेका छन् । यही परिबेशमा ,रहनसहनमा, बानी व्यबहारमा यति लामो समय सम्म आबद्ध भईरहेकोले होला भौतिक रुपले सधैंभरिको लागि बिदा गर्नलाई मन बिक्षिप्त भईरहेको छ र पनि सत्य कुरा चाँही यही नै हो कि जीवन सदा एउटै बिन्दुमा अड्किरहदैन। जिन्दगी यात्रा हो, समय र परिस्थितिहरु यसका मोडहरु हुँन् र लक्ष्य अनि सपनाहरु यात्रालाई सजिवता दिलाउने तत्वहरु हुँन् । समय परिवर्तनशील छ , मान्छेहरु चेतनशील छन् यही अनुरुप आफ्नो भबिष्यलाई डोर्‍याउँदै चालिएका पाइलाहरुलाई मुर्त रुप दिन हरपल प्रयास गरिरहेका हुन्छन् । शायद यही नै पाईन्छ मान्छे हुनुको प्रकृति र यसैलाई भनिन्छ अर्थपूर्ण प्रयासमा जीवन जिउनुको सफल चित्रण। यही मान्छेहरुको हुलभित्र म पनि एउटा आधार खोजिरहेको मान्छे जसले कम्तिमा उभिने धरातल पाएकी छे । अब कहाँ , कसरी र के गरेर यात्रा शुरु गर्ने त्यो म मा भर पर्ने कुराहरु हुँन् । इजराएलको बसाइँले मलाई थुप्रै नयाँ कोणहरुबाट जीवन जिउन सिकायो, हिंड्न सिकायो जुन मैले पहिले देख्न असमर्थ थिएँ तव मलाई लाग्यो जब मान्छे चार भित्ता भन्दा बाहिर निस्केर गतिशिल संसारसँग आफुलाई तुलना गर्ने आँट गर्छ त्यसपछी मान्छेहरुले धेरै सम्भावित बाटाहरु भेट्टाउन सक्षम हुन सक्छन्  जहाँ उसले बिना सिमारेखा पूर्ण स्वतन्त्रतामा आफ्नो संसारलाई रंगिन बनाउन तल्लिन रहन्छन् । तर यहाँ आएर कति पाएँ, कति गुमाएँ त्यसमा कुनै गुनासो छैन मेरो तर इजराएल प्रबेशले मेरो जीवनमा महत्वपूर्ण ठाउँ राख्छ ।मलाई त बश लाग्दैछ मेरो जीवन बल्ल शुरु हुँदैछ संघर्षका श्रेणीहरु बन्दै नै छन् , अनुभबका बगेल्टिहरुसँग खेल्ने दिनहरु निर्माणाधीन छन् , जोखिमका चुनौतिहरुसगँ जुध्दै आफ्नो लक्ष्य र उदेश्यहरुलाई निरन्तरता दिने मौकाहरु सिर्जित हुँदै छन् । जीवनमा दोश्रो पल्ट नयाँ देश, भिन्न माहोल, फरक बातावरणसँग आफुलाई कतिको अनुकुल राख्दै यात्रालाई निरन्तरता दिन सक्छु या सक्दिन त्यो भोलिको दिनले बताउने नै छ मात्र यो विश्वाश छ कि चाहे जे जस्तो आँधी बेहरी किन नआओस्, घुम्तिहरुमा जति नै काँडाहरु बनेर बाटाहरुलाइ कठिन किन नबनाओस् तर म जीवनको परिक्षा दिन आशा,भरोसा र कर्म सहित सधैभरि तत्पर रहनेछु। भगवानसँग यही नै प्रार्थना छ , मलाई धर्य धारण दिने शक्ती दिनुहोस्, हरेक आरोह अबरोहसँग लड्ने सामर्थ्य दिनुहोस्। अन्तमा यहाँसम्म आईपुग्न मलाई प्रेरित गर्नुहुने इजराएलकै भुल्नै नसकिने व्यक्तिहरु र मेरा केही बिशेष मित्रहरु धन्यवादका पात्रहरु हुनुहुन्छ साथै मेरा सम्पूर्ण परिवार र चिरपरिचित साथीहरुमा म धेरै नै आभारी छु। उहाँहरुले म प्रति लागाउनुभएको गुन मैले शायदै अक्षरमा सिमित गर्न सक्छु इजराएलको भुमीलाई बिदा गर्दै विश्वको अर्को कुनाबाट छिट्टै नै भेट्ने बाचा सहित यहाँहरुलाइ अन्तिम कोशेलीको रुपमा सुम्पिदैँ सलोम इजराएल ...

गजल

3

Category:

जब रातहरु सन्नाटासगैँ ढल्दै जान्छ
तब जलन मुटुको झन बल्दै जान्छ ।।

अतितका तितामिठा सगाँलो हरुमा
एकल साँझ मन बिस्तारै गल्दै जान्छ ।।

स्वतन्त्र फक्रिन दिएनौ त के भयो र?
ऋतु अनुसार फुलहरु फुल्दै जान्छ ।।

बिचैमा साथ छोडि गए पनि मायालु
तैपनि यात्रा त जीवनको चल्दै जान्छ ।।

बामे सर्ने प्रयासमा धेरै चोटि लडेनि
जिउदैँ कयौँ घुम्तिहरु छल्दै जान्छ ।।

बाँकी नै छ ..

2

Category:


बिशाल आकाशको एउटा सानो टुक्रा
मेरो पछ्यौरीको छेउ भित्र गाँठो पार्दै
त्यही मेरो स्वर्ग बनाउने हिम्मत पलाएको छ..
मनको गमलाभित्र सपनाको फुलबारीमा
निश्चिन्त फुलिरहने मेरा ब्यग्र इच्छाहरुलाई फलाउँदै फुलाउँदै
कोपिलामा रङ भर्न भरपुर प्रयासमा
मस्त निदाएका भावनाहरु गहिरो निन्द्राबाट झसँग ब्युँझिए झैँ
एक एक गर्दै जुर्मुराइ रहेछन् ..
तर ,
यसपाली चाँही सचेतमा आँखाहरु उघारिरहेछन्..
फेरी प्यारालाइसिस नहुने विश्वाश सहित ,
एउटा दरिलो अठोठ लिएर..
चेतनाको आगोहरु लिएर ..

एकै टुक्रा आकाशमा पनि बिना सिमा रेखा
यसैलाई खोज्न पाइलाहरु निरन्तर भौँतारिरहेछन्..
र त जति हिड्यौ उति नै नयाँ बाटाहरु निर्माण हुँदै जान्छन्..
भावनाहरु आकाशिदैँ उसरी नै रहरहरु उक्लिदैछन्..
इन्द्रेणीका रङ्हरु छर्दै जीवन रङमञ्चमा उत्रिदैँछन्..
त्यसैले ,
जति बाँचे भन्छु जीवन झन् गहिराइमा यो भासिदैँ जाँदा
मलाई लाग्दैछ ,
म मेरो आकाशभित्र सयर गर्न अझै सिगैँ यात्रा बाँकी नै छ..
मेरो मुल घर सम्म पुग्न कति झर्नु र उक्लनु बाँकी नै छ ..
जीवनलाई ठोस परिभाषित गर्न पुरै जीवन जिउन बाँकी नै छ ..

शुभकामना नयाँ बर्षको

5

Category:


२००९ लाई बिदा गर्ने क्रममा यो सालको अन्तिम कोशेलीको रुपमा केही लेख्ने प्रयास गर्दैछु। ब्लग तथा फेसबूकका छिमेकी मित्रहरुले भिन्दा भिन्दै रचनाहरुले नौलो अनुभुतिको आभास दिलाउँदै भलाकुसारी गर्ने ईन्टरनेट घरलाई सजाईसक्नु भएको छ र यस्तो देख्दा मलाई पनि इनर्जी नआएको भने होइन तर पनि के लेखुँ भन्ने दुबिधामा अल्झिरहेकी थिएँ। हुन पनि यी दिनहरुमा मैले पहिले झैँ सक्रिय रुपमा उपस्थित हुन सकिरहेकि छैन न त साथीहरुको रचनाहरुमा कुनै रेस्पोन्ड नै सकिरहेकी छु

फुर्सद छैन भनु भने भएकै हो , छ भनु भने आफुले चाहे जसरी समय मिलिरहेकै छैन र अप्डेट गरिरहन पुग्दो खुराकहरु तयार गर्न यहाँको बातावरणसँग त्यति समायोजन गर्न नसकिरहेको अवस्थामा कम लगाव र ध्यानको कमिले गर्दा रचनाहरुमा ह्र्‍ास आईरहेको महसुस मैले पनि गरेकी छु। अझ बिशेष गरी पछील्ला दिनहरु त झन शुन्यमै परिणत भए भन्दा नि फरक नपर्ला। आन्तरिक तथा बार्‍ह्य परिबेशले पनि आफ्नो सिर्जनशील क्षमतालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पारीरहेकै हुँदो रहेछ जुन म आँफैले ब्यक्तिगत रुपमा अनुभव गरेकी छु।

तर पनि आजको बिशेष साँझ, नयाँ बर्षमा उषाको नौलो लाली छर्ने जमर्को गर्दै यही कलम द्वारा नै शुभकामनाका शुभेच्छाहरु यहाँहरु समक्ष बाँड्दै नयाँ यात्रामा पाइलाहरु फड्को मार्दैछु । नव बर्षले सवैमा खुशी र उमंग ल्याओस्, उन्नति र प्रगतिको बाटोमा लकिरहने प्रेरणा मिलिरहोस् ,सवैलाई समानताको धरातलमा हक र अधिकार सहित स्वतन्त्र भई बाँच्ने धरातल मिलोस् अनि हामी सवैलाई रंगिन इन्द्रेणी छरिएको बिशाल आकाश मिलोस् जहाँ सपनाहरु सधैँ जन्मिरहन सकोस्, खेलिरहन सकोस् र आशाहरु सदा जग्मगाईरहोस् र साथै सवैमा भाईचाराको संचार भई एकतामा एउटै बगैँचाभित्र रङिबिरङी फुलहरुको बास्ना छर्दै शान्तसँग बाँच्न सकौँ, रमाउन सकौँ र मिलिजुली खुशीयाली मनाउन सकौँ ।नवबर्ष २०१० सालको यही नै मेरो हार्दिक मगंलमय शुभकामना ...

POEM: During Christmas !!!

2

Category:



Dark nights ,
Stars are sparkling over the sky
playing hide n seeks ..
So cold and wind ,
that whispers into my ears
of gingle bells,carols,gifts and santa clous ..
Winter and snowflakes ,
we always wait eagerly
let people feel cool within internal warmth..
And all the surprises And secrets that you bring
which makes us really exciting ..

I wonder how sweet will it be ,
my sensation leetting me feel with full of bliss
though my feets are shivering bcz of breeze..
But,
I know i'm in peace ..
Lets pray in the X'MAS eve ,
with all faith and respects wholeheartedly
for his kind and kin Mercy ..
to pour his hoiliness ..
to lighten our darkness ..
to bulid a confidence ..
to give us inspiration and courage ..
to create strength and patience ,
to encounter all kinds or trials of troubles ..
No matter what but ,
We do swear Not to give up ..

His Spirit is one ,
One in all ..
The holy cross, he was hanged
for the truth and justice ,
which we've been embracing and will be following the same paths
as long as the universe exists ..
In An Auspicious Moments of X'MAS ,
I wish you all for
Fresh air and pure breathe ,
being far from all those crossed eyed
to be in all knwon as Unity's Thread ..

Finally,
Its time to be together ,
For sharing happiness and cheer ..
A favourite season to make a fun and laugh ,
that will remain through out the life ..
Leaving our past behind ,
Begining of new journey ..
A joyful memories ,
holding love , new hopes and dreams ...