नेपालीहरुको महान् चाड शुभ विजयादशमी र दीपावलीको पावन अवसरमा मेरा ब्लगर मित्रहरु, फेसबुकका सारा चिर ,परिचित आदरणीय गुरुजन तथा मित्रहरु साथसाथै मेरो ब्लगमा भिजिट गर्नुहुने जान अन्जान मित्रहरु लगायत देश, विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा उतरोत्तर प्रगति, सु-स्वास्थ्य तथा सम्रिद्दिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
म पनि एक परदेशी भएकै नाताले यतिखेर यो विक्षिप्त मन शिशु गजल द्दारा यसरी पोखाएर यहाँहरुलाई समर्पित गरेकी छु ।
यो बर्षको दशैँले हामीहरु माझ सुख,शान्ती र थप उत्साह तथा एकता ल्याओस् ।हामी जे, जहाँ र जस्तो रहेपनि हामीहरुको समय सदा शुभ रहोस् , मेरो यही नै अनन्त कामना ...
दशैँको रमझम, पहेँलै धानहरु झुलेको बेला
हर्षोउल्लासमा नेपाली मनहरु खुलेको बेला
आमा नपर्खनु मेरो लागि,नसोधे है संगीहरु
यता म परदेशमा पागल झैँ एक्लै डुलेको बेला
मनभरी वेदनाका विरुवा रोप्दैछु म यतिखेर
उता मखमली सयपत्री ढकमक्क फुलेको बेला
दिनु है आशिर्वाद परदेशीलाई क्षितिज पारीवाटै
संघर्षको मैदानमा आँफैलाई सारा भुलेको बेला
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago


Happy Vijaya Dashami to all of you !
ल अहिले चाहि बल्ल कमेन्ट गर्न मिल्यो है आशा जी । ल यहाँलाई पनि यो दशैंको अवसरमा उन्नति, प्रगति र सफलताको शुभकामना व्यक्त गर्दछु ।
आशा जी यहाँ लाइ विजय दशमी र तिहारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना छ !
मार्मिक गजल !
म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।