नारीहरुको महान् चाड तीजले नेपालीहरुको घर, आगँनमा रौनक थपिरहेको छ भने बिदेशी भुमीमा समय, परिस्थिती मिलाएर जोडका तोड उत्सवहरु मनाईरहेको त हामीले टि.भी, पत्रपत्रिका तथा इन्टरनेट बाट प्रत्यक्ष अप्रत्यक्ष देखिरहेका नै छौँ । चाडपर्वले मानिसहरुमा खुशीको माहोल बनाइदिनुको साथसाथै नेपाली परम्परा र सन्स्क्रितिको पनि जगेर्ना गरिरहेको हुन्छ तर हरितालिका तीज धार्मिक मान्यता मान्यता र परम्परागत दृष्टिकोण अनुसार बिशेष गरेर विवाहित महिलाहरुको लागि हो भनेर निरन्तरता दिईरहने क्रममा जहाँ सम्म विधुवा नारीहरुको सवाल छ , उनीहरुका लागि यो पर्व केवल "कागलाई बेला पाक्यो हर्ष न बिस्मात" भन्ने उखानसँग तुलना गरिन्छ । यधपी तीजको आफ्नै महत्व छ , विवाहित महिलाहरुले आफ्नो श्रीमानको उन्नति,प्रगती , सु-स्वास्थ्य र दिर्घायुको लागि निराधार ब्रत बसेर स्वच्छ समर्पणमा समर्पित गरेर आफुलाई गौरवान्वित महसुस गर्छन् तर यसको मतलव यो पनि होइन कि वा हुनुहुदैनथ्यो जव पतिको मृत्यु हुन्छ तव पत्नीले रङीन जीवनयापन बाट जीवनभर सन्यास लिएर अभागीनी को पगरी थमाएर सौभाग्य बिहिन एक अवला नारीमा उ गनिन पुग्नु ।
हो, यस्तै संकुचित सोचाई, अन्धबिश्वास , अव्यवहारिक रितिरिवाज र परम्पराहरुले बर्षौ देखि हाम्रो समाजमा अनि दैनिक व्यवहार र चालचलनमा जरा गाडीसकेको छ जसको असर आजको एक्काइसौँ शताब्दिमा पनि अछुतो रहन सकेको छैन भन्दा म पक्कै गलत नहुँला ।
नारीहरुको महान् चाड भएर पनि सम्पुर्ण नारीहरुलाई समान हक, अधिकार र स्वतन्त्रता दिएर प्रतिनिधित्व नगरिदाँ हाम्रो समाजले अझै आमुल परिवर्तन खोजिरहेको छ भनेर मैले महसुस गरेकी छु जसको चेतना व्यक्ति आफैँ भित्र बाट जागरुक भएर म, तपाई र हामी हुदैँ समाजमा समयसगैँ विस्तारै परिवर्तनका रङहरु थप्दै अझै प्रगतिको पथमा लम्किनुपर्छ र यसलाई हामी द्दारा नै लम्काइनुपर्छ भन्ने मेरो आफ्नै व्यक्तिगत अवधारणा रहिआएको छ त्यसैले तपाईं, हामी बाट नै परिवर्तनका नयाँ कदम चालौँ र अध्याँरोबात बाट उज्यालो तिर हिंड्ने प्रयास गरौँ जसलाई सानोतिनो भौतिक आकर्षणले मात्र आकर्षित नगरोस् , जो झिना मसिना आश्वासन र सस्तो बिज्ञापनको उदाहरण नबनोस् ।
यही आव्हानका साथ यहाँहरुको तीज बिशेष शुभ रहोस् भन्दै मेरो छोटो लेख यही नै बिट मारेँ । तपाईंहरुको प्रतिकृया, साथ र सुझावको प्रतिक्षामा ..
तीज आयो तीज आयो भन्छन् बरी लै
आउ साथी कम्मर मर्काइ नाचौँ बरी लै
दु:ख त जीवन्भरी, मरिलानु के छ र ?
हाँसिखुशी यसैगरी सम्झना साचौँ बरी लै
धर्ति,आकाश को कम ? नारी पुरुष बराबर
छहारी एउटै नेपाल,मिलिजुली बाचौँ बरी लै
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
2 weeks ago

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।