मैले चाहे भन्दा धेरै,मैले मागे भन्दा ठुलो उपहार हौ तिमी ,
किनकी तिमी मेरो साथी,मेरो मनको साथी जिबनभरी..
जबजब म हड्बडाउँछु,तिमी त्यँहा हुँन्छौ सम्हाल्न मलाई,
मेरा कमजोरीहरु औल्याइदिन र मलाई राहत दिन..
बुझाउन मलाई अनि बाटोहरु देखाइदिन..
तिमी त हौ मेरो भरोसाको प्रतिमुर्ती,
जसरी तिमी हरेक दु:ख सुखमा त्यही हुँन्छौ ..
तिम्रो न्यानो सहानुभुति सहित देखा पर्छौ ..
जहिले म एक्लो महसुस गर्छु,
तिमिले एक्लोपनको आभास हुन दिदैनौ..
जब म थकित भैइ सपनाहरु धमिलो देख्न थाल्छु,
तिमीले सुनौलो आशाहरु जगाइदिन्छौ..
थाहा छैन म कसरी अभिब्यक्त गरुँ आँफैलाई,
तर तिमीले हजारौं बाटोहरु पहिल्याइदिन्छौ..
न त तिमीले मलाई हतास हुने मौका दिन्छौ,
न त निरास भैइ सुन्यमा कतै हराउन दिन्छौ..
तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,
मेरो सफल जिबनको सिढिँहरु बन्न सक्छौ..
तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,
अटल विश्वाश र संजिबनी हुन सक्छौ ..
त्यसैले त म भन्ने गर्छु तिमीलाई,
तिमीबिना शायद म अपुरो छु,अँधुरो हुनेछु..
केबल यस्तै भैरहनु,परिवर्तन नहुनु कहिलेपनि,
म तिमीलाई गुमाउन चाहन्न,
तिमी मेरो प्रत्यक पलहरुको साथी..
भौतिक रुपले हामीलाई अलग्याए पनि,
तिमी त्यही हुनेछौ मेरो आडमा..
तिम्रा न्यानो साथहरु त्यही हुनेछन,
हाम्रो मित्रताको हातहरु कहिले बदलिने छैनन् ..
म साँचै भाग्यमानी ठान्छु आँफैलाई,
तिम्रो आगमन मेरो लागि एउटा छुट्टै पहिचान ..
अपेक्षा गर्छु म तिमीबाट,हर कोणहरुबाट,
तिमी त हौ मेरो पाइला-पाइलाको साथी..
शब्दहरुमा आभार ब्यक्त गर्न सक्दिन म,
मेरो जिबनमा तिमी हुनुको अर्थ..
मात्र एउटा कामना छ अन्तर हृदय बाट नै,
तिमी नै भैइदेउ मेरो जनम्-जनमको साथी..
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

Asha ji Namaskar,
Sharai furchhan hai poem haru hajurlai. Sharai ramro poem lekhnu bhayachha. Shabai shathi hajurko poem ma baniya jastai hune bhaya ta kasto po hunthyo hola hai.
तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,
मेरो सफल जिबनको सिढिँहरु बन्न सक्छौ..
तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,
अटल विश्वाश र संजिबनी हुन सक्छौ ..
त्यसैले त म भन्ने गर्छु तिमीलाई,
तिमीबिना शायद म अपुरो छु,अँधुरो हुनेछु..
आशाजी अरु के भनुँ ?
साथी यस्तै होस्, साथीलाई यस्तै भन्न सकियोस !
आशा जी धेरै खुशी लाग्यो तपाईंको ब्लग हेर्न पाउँदा र यो नयाँ रुप मतलव सम्पुर्ण भावना नै साथीहरु प्रती समर्पित पाउँदा धेरै खुशी लाग्यो। हुन सक्छ हामी त्यो तपाईंको भावनाको कदर गर्न सक्छौं या सक्दैनौं तर ब्लगिङ दुनियाँमा तपाईंलाई स्वागत छ।
साथी त्यो हो एउटा साथीको आत्माभित्र छिर्न र उसको भावनालाई बुझ्न सक्छ।
साथी त्यो हो साथीको जलनमा संयमता अपनाई उसलाई सम्हाल्न सक्छ।
साथी त्यो हो जो जाजल्यमान सुर्य जस्तै प्रकाश दिन्छ र साथी त्यो हो जहिले सानो खहरे हैन सागर बनेर समेट्न सक्छ। यी हुन तपाईँप्रतीको साथीत्व भावना।
धन्यबाद।
करुण जी प्रतिकृयाको लागि धन्यवाद ।। त्यस्तो साह्रै चाँही नभन्नुस् है म त सिकारु भन्न रुचाउँछु आफुलाई ।
कृष्ण जी धेरै किन भन्नु पर्यो र तपाईंको अटुट साथ र मित्रताको शीतल छहारी भए यो नै काफी हुनेछ मेरो लागि र कामना गरौ सबैका लागि..
बि. जे. जी स्वागतको लागि धन्यवाद तपाईंलाई। तपाईंले मेरो भावनाहरुलाई कदर गरिदिनु भयो र कम्तिमा सोचिदिनु भयो, मेरो लागि एउटा उपलब्धी नै भन्नु पर्छ र अन्त्यमा तपाईंको मेरो लागि साथीत्वको भावना समर्पित गरिदिनु भएकोमा म तपाईंको ऋणी छु ।