नरोउ नेपाल आमा
हे नेपाल आमा ! सुनेकी छु तिमी दिनहुँ रुन्छौ रे
तिम्रा सन्तानहरुले तिम्रो पुकार नसुनिदिदाँ
कति लाचार हुँदै हेरेउ होला तिमी
भाईभाईमा आपसी लडाईं भइरहदाँ
तिमी चिरा चिरा भइकन फाटी बाचेउँ होला
तिम्रो छातीमा सधैंजसो आन्दोलनको त्यो चर्को धुवाँ बल्दा
कति मन रोयो होला तिम्रो
तिमीलाई पटक पटक मरेको लास झै जलाईदा
कसरी तिमी छट्पटायौ होला एक्लै
तिम्रो छात्तीमा निरन्तर गोली,बारुद पड्किदा
कसरी सहयौ होला त्यो आमा हुँदाको पीडा
जसले तिम्रै ब्रक्षस्थलमा यसरी लात मारिदिदाँ
किन होला बुझेर पनि नबुझे जस्तो गरे तिम्रा सिदान्तहरु
र भड्किए कोलाहल,आशान्ती अनि अराजकता छर्न
कहाँ गल्ती हुन पुग्यो र तिम्रो भरणपोषण मा
त्यसैले त तम्सिए तिम्रो अस्तित्व चकनाचुर पार्न
कुन चाँही रगत मिसियो होला तिम्रो सन्तानमा
र त हिंडे लाज नमानि तिम्रो बिरुद्दमा
तिमीले पढाएका ती स्वाभिमानको पाठहरु
एउटा कुनामा फ्याँकी
कति सजिलै मानी चुम्छन् बरु बिदेशीका गोडाहरु
तिम्रो ईतिहासको बहादुर कथाहरु पलटन्नन् अब
पलटिन्छन् त मात्र दस बर्षे युद्दका ती क्रुर चित्रणहरु
देश चलाऊने हरुले पनि कहाँ अङाले र ?
तिम्रा मुल्य र मान्यताहरु
केबल स्वीकारे त आफ्नै स्वार्थका पोकाहरु
बिर्सिदैछन् हिजोका दिनहरुलाई
आश्वासनका ती बोलीहरुलाई
कुर्सीका घोर प्रेममा मग्न भैरहेकाहरु
आँज साचै साकार भए लक्ष्मी प्रसाद देवकोटाका यी शब्दहरु
"मै खाउँ,मै लाउँ सुख सयल वा मोज मै गरु
मै हासुँ, मै नाँच् अरु सबै मरुन दुर्बलहरु "
तर,
अब नरोउ नेपाल आमा
किनकि तिमी गलत हुन सक्दिनौ
तिमीले डोराएका हात हरु झुटो हुन सक्दैनन्
तिम्रा सबै सन्तानहरुले तिम्रो टाउकोमा टेक्न सक्दैनन्
अझै छन् यहाँ तिमीलाई अगाध प्रेम गर्नेहरु
तिम्रो आसुँहरुलाई पुछ्न हरतरह प्रयास गर्नेहरु
तिम्रो दुधका धारा मेटाउन समर्पित भैरहेका छन्
त्यसैले तिमी अझै अलिबेर पर्ख आमा,
तिम्रा कुशल सन्तानहरुले तिमीलाई पूर्ण बनाउन आईरहेछन्
चाहे उनीहरु क्षितिजपारी नै किन नहोस्
तर तिम्रो अस्मिताको लागि उनीहरु लड्दैछन्
आत्माभरि मात्र तिम्रो तस्बिर साँची अघी बढिरहेका छन्
चाहे त्यो शान्तिपूर्ण शब्दबाट होस् या साहित्य बाट
त्यसैले अब तिमी नरोउ नेपाल आमा
किनकि अझै तिम्रा सन्तानहरुले होस् गुमाएका छैनन ।।
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

Comments (0)
Post a Comment