आत्म उद्घोष

Category:

उ एकतमासले आकाश तिर हेरिरहेछ
वादलको घुम्टोले सुर्यलाइ विस्तारै छोप्दै
रातलाइ स्वागत गर्दैछ ।
छिनछिनमा प्लेनका आवाजहरुले उ झस्किन्छे
एकहुल चरी हरु चिरविर गर्दै
वासस्थानतिर फर्किदैँ होलान् यतिखेर ।
टिलपिल रोशनी को उपस्थितिमा
सन्नाटाको वायुमण्डलभित्र हराउँदै
अनुत्तरित प्रश्नहरु सोधिरहदोँ हो, खोजिरहदोँ हो आँफैसँग ।


बुर्का भित्र मात्र लुकाइएको मुहारको मुल्य कहाँ हुन सक्ला ?
एउटा नोकरको परिचय त्यो भन्दा अरु केहि होला ?
कसैको डर र दवाबमा जीवन बचाँइनुको अर्थ बाँच्नु हो त ?
तर,
मान्छेको भुगोलमा मान्छेले मान्छेलाइ किन बुझ्दैनन् ?
स्वतन्त्रता सवैको अधिकार हो,
समानता ईतिहासदेखिको माग हो,
आफ्नै जैविक मान्यता र चाहना अनुसार
जीवन यापन गर्न पाउनु हरेक नगरिकको हक हो ।

त्यो कानुनले किन संसार भरि पूर्णता पाएन ?
बेलायत होस् कि भुटान, नेपाल होस् कि भारत
अन्यायमा पिल्सिनेहरु पिल्सि नै रहेछन्
गोरा र ठाकुरहरुले छात्ती फुलाइ नै रहेछन् ।

अहँ, उ आत्म समर्पण गर्न पटक्कै तयार भईन ।
सास फेर्नुकै निम्ती कसैको इसारामा नाच्ने पुतली उ भईन ।
उ जान्दछे,
जवसम्म उ आफुबिरुद्ध उभिएका पिसासुहरुसित डराउँछे ,
तवसम्म उ एक कैदी सरह हुन्छे
जसको आत्मा स्वत अस्तित्व र परिचयमा सधैं भड्किरहन्छ ।

त्यसैले,
आज उसका आफ्नै मुल्य र सिद्दान्तहरुका निम्ती घोर लडेर आएकी छे ।
उसको आत्म सम्मान उपर जितेर आएकी छे ।
जीवन बाँच्नुको वास्तविकता बुझेर आएकी छे ।
आज उ आफैंमा सच्चा बिजेता घोषित भएकी छे ।

Comments (2)

आशा जी लेखाइ निकै राम्रो छ तर यो कुनै राम्रो कथाको भूमिका जस्तो भयो ! बरु यसलाई कथाको रुप दिनु भएको भए बेस हुने थियो होला !
लामा लामा हरफहरुले कविताको स्वरुप नै बिगारिदिएको छ ! अलिक विचार गर्नु होला ! धन्यबाद !

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

Post a Comment