अतितसँग झुमेका पलहरु

Category:

स्रोत - गूगल
मान्छे एक ,
जीवन पनि त एउटै
छोड्नु छ आखिर उसरी नै
अन्त्य पनि त उस्तै ।।
तर ,
समयका झोकाँहरुमा
परिवर्तनशील आवश्यकता र मागहरुसगैँ
एउटै यात्रामा पनि हिंड्ने गोरेटाहरु फरक फरक
प्राप्तीको आधार त उही हार र जीतमा त हुन्छ,
तर एक जीवन हेर्ने अनेक आँखाहरु
र जीवन जिउने यावत धारणाहरुमा ,
भोगाइका कहानीहरु फरक फरक
छुट्टाछुट्टै जिजिबिषाका रुपहरुमा
हरेक पल्ट झाँगिदै गएका
भिन्दाभिन्दै आशा र विश्वाशहरुमा फरक ।

भन्छन् जीवन छोटो छ ,
टुगोँ नलागेका यी अनिश्चित यात्राहरुमा
रहस्यका पर्दाभित्र नै
अझै म बाँच्दैछु या जीवन बाँच्दैछ
तर,
यो साँझ डायरीको पानामा
सगाँलिएका सम्झनाहरुसँग भुल्दैछु
घटेका तितामिठा व्यतित कथाहरु ,
जो साक्षी छन् सत्यको, सजिवताको
त्यसैले होला आज पनि
उस्तै जिवन्त महसुस गरिरहेछु
र त फेरी अतितका कालखण्डहरुका
यादहरुमा हराईदिदाँ
यिनै शब्दहरु मनभरी उर्लिरहेछ
र पोखिरहेछु यही कोरा कागजमा ।
अनी यो गतिशिल समयसगैँ,
जीवनका यी अविस्मरणीय स्वर्णिम पलहरु
यसै नहराई जाओस् भनि
डायरीमा निरन्तर सजाईरहने प्रण गर्दैछु ।

Comments (3)

अहिले को बर्तमान जस्तो सुकै भए''नि ... विगत मा त्यसको अनुभूति अलिक छुट्टै लाग्दछ आशा जी !
नकारात्मक कुराहरु (आफुलाई नैरस्यता ल्याउने खाल्का) देखि बाहेक ...आफ्ना पलहरुलाई संगाल्न सके धेरै राम्रो हुने'छ !

तपाईँको कविता राम्रो लाग्यो । लेख्तै रहनुस् । यही स्तर राखिराख्न सक्नुभयो भने जीवनमा सफलताहरू ओइरो लाग्नेछन् ।

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

Post a Comment