गजल

Category:

जब रातहरु सन्नाटासगैँ ढल्दै जान्छ
तब जलन मुटुको झन बल्दै जान्छ ।।

अतितका तितामिठा सगाँलो हरुमा
एकल साँझ मन बिस्तारै गल्दै जान्छ ।।

स्वतन्त्र फक्रिन दिएनौ त के भयो र?
ऋतु अनुसार फुलहरु फुल्दै जान्छ ।।

बिचैमा साथ छोडि गए पनि मायालु
तैपनि यात्रा त जीवनको चल्दै जान्छ ।।

बामे सर्ने प्रयासमा धेरै चोटि लडेनि
जिउदैँ कयौँ घुम्तिहरु छल्दै जान्छ ।।

Comments (3)

मीठो गजल...

'बिचैमा साथ छोडि गए पनि मायालु
तैपनि यात्रा त जीवनको चल्दै जान्छ'

This shows your optimism towards life. Liked it...

aba tapaile BAHAR ma lekhnu hos

really nice gajal appreciate

Post a Comment